राजावादीलाई डा. बाबुराम भट्टराईको प्रश्न : फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै आन्दोलनरत राजावादीलाई प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने भनेर प्रश्न गरेका हुन् ।


Advertisement

उनले लेखेका छन्, ‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्नः २४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, बेरोजगारी, भ्रष्टाचार, जातीय/क्षेत्रीय/लैंगिक विभेद, पराधीनताको फोहर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?’

देशका विभिन्न ठाउँमा राजावादीको प्रदर्शन भइरहँदा डा. भट्टराईले लगातार त्यसको विरोधमा सामाजिक सञ्जालमा लेख्दै आएका छन् । शनिवार राजावादीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्