लंकेशका लागि सैफ तयार, उनले भने, ‘राक्षस बन्नलाई बहुत आनन्द आउनेछ’

साउथ फिल्म उद्योगका सुपरस्टार प्रभासको अपकमिङ फिल्म आदिपुरुषलाई लिएर अहिले जबरदस्त चर्चा चलिरहेको छ । बलिउडमा हालसम्मकै सबैभन्दा ठूलो फिल्म बताइएको आदिपुरुषलाई लिएर सबै उत्साहित देखिन्छन् । फिल्ममा बलिउड स्टार सैफअली खान लंकेशको भूमिकामा देखिने भएका छन् । 

सैफ लंकेशको भूमिकामा देखिने भएपछि फिल्मलाई बढी रहस्यमय तरिकाले हेरिएको छ । तानाजीमा नेगेटिभ रोल प्ले गरेका सैफले आफ्नो क्षमता देखाइसकेका छन् । अब फिल्म आदिपुरुषमा पनि लंकेशको भूमिकामा देखिनुले फिल्मलाई झनै रोचक रुपमा अगाडि बढाउने भएको छ । 
 


Advertisement

सैफ अली खानले आफैं पनि लंकेशको रोलका लागि खास तयारी गरिरहेको बताएका छन् । एक समाचार अनलाइनसँगको अन्तरवार्तामा सैफले लंकेशका लागि आफू उत्साहित भएको बताएका छन् । 

‘राक्षसको रोल प्ले गर्नमा बढी आनन्द आउनेछ । यस पात्रको भूमिकालाई केही रोचक बनाउनेछौं । सम्झाउन कोशिस गर्नेछौं कि आखिर रावणले सीताको अपहरण किन गरेका थिए,’ उनले भनेका छन् । 


Advertisement

सैफले लंकेशको भूमिका निभाउँदै गर्दा बदलाको भावानालाई लगातार याद गरिराख्ने बताएका छन् । फिल्मको तयारी गरे पनि यसको पोस्टर या उनको लुक अहिलेसम्म रिलिज भने गरिएको छैन । 

आदी पुरुषमा रामको भूमिकामा प्रभास देखिँदैछन् भने उनका लागि सीताको पनि खोजी गरिसकिएको छ । फिल्ममा अभिनेत्री कृति सेसनलाई सीताको भूमिकाका लागि अफर गरिएको छ । खबर अनुसार उनले उक्त रोलका लागि स्वीकृति दिइसकेकी छन् । 

पहिले सीताको भूमिकामा बाहुबलीमा देवसेनाको भूमिका निर्वाह गरेकी अनुस्का सेट्टीको नाम चर्चामा थियो । तर, पछि फिल्म मेकर्सले ठूलो रोलका लागि कृति सेसनको छनोट गरेका छन् । यसमा पहिले पानीपतजस्तै पिरियड फिल्ममा पनि कृतिले आफ्नो अभिनयको कमाल देखाइसकेकि छन् । 

यो मेगाबजेट फिल्मको सुटिङ शुरु गरेका छैनन् । तर, २०२२ मा यो फिल्म धेरै भाषामा रिलिज गर्ने तयारीका साथ योजना बनाइएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्