लम्बियो नेकपा सचिवालय बैठक, ३ घण्टादेखि बालुवाटारमा जारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक ३ घण्टादेखि बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार दिउँसो सवा १ बजेदेखि बसिरहेको सचिवालय बैठक सवा ४ बजेसम्म जारी छ ।


Advertisement

शनिवारको बैठकअघि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छुट्टै छलफल भएको थियो ।

मंसिर १७ गतेका लागि तय भएको सचिवालय बैठकमा भने ओली सहभागी नभएपछि बैठक औपचारिकतामा प्रवेशै नगरी स्थगित भएको थियो । 


Advertisement

कात्तिक २८ गतेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयमा एउटा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डका आरोपको खण्डन गर्दै प्रत्युत्तर जवाफ पठाएका थिए । २ वटा दस्तावेज पेश भएपछि नेकपा विवाद जटिल मोडमा पुगेको थियो ।

पार्टीका २ अध्यक्षसहित सबै नेता बोलिरहेका कारण बैठक लम्बिएको जनाइएको छ । दुवै अध्यक्षका प्रस्ताव छलफलका लागि तल्लो कमिटीमा लैजाने कि संयुक्त प्रस्ताव ल्याउने भन्नेबारे छलफल भइरहेको स्रोतको दावी छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्