कंगना झन विवादमा फस्दै, मिकाले भने, ‘अभिनय गर, यति देशभक्ति कहाँबाट जाग्यो ?’

अभिनेत्री कंगना रनौत पछिल्ला केही दिनयता निकै विवादित बनेकी छन् । किसान आन्दोलनमा सहभागी बृद्ध महिलालाई एक सय रुपैयाँको लालचमा आन्दोलनमा सहभागी भएको भन्ने टिप्पणी भएपछि अहिले उनको सर्वत्र आलोचना भइरहेको छ । 

उनको यो विवाद ट्वीटबाट शुरु भएको हो । अहिले राजनीतिक दलदेखि बलिउडका अन्य अभिनेताहरुले पनि उनको निकै बिरोध गर्न थालेका छन् । पहिलाका लडाइँमा जो कंगनाको साथमा थिए अहिले उनीहरुले पनि आलोचना गर्न थालेका छन् । 


Advertisement

दलजीत र गंगनाबीचमा मात्रै देखिएको लडाइँ अब कैयौं सेलीब्रेटी पनि जोडिएका छन् । हरेक ठूला स्टारले पनि कंगनाको बयान खण्डन गर्दै उनी र उनले प्रयोग गरेको भाषाको आलोचना गरेका छन् । 

यस्तै बलिउड सिंगर मिका सिंहले पनि कंगनालाई सोँचेर मात्रै बोल्न बताएका छन् । उनलाई लगातार सामाजिक सञ्जालमा बहस गर्ने कंगनाको बानी मन परेको छैन । 


Advertisement

उनको नजरमा कंगनाले अभिनयमा मात्र काम गर्न आवश्यक छ । मिकाले सुझाव दिँदै लेखेका छन्, ‘नानी तपाइँको उद्देश्य के हो । यो त बुझ्न सकिँदैन । तपाई होनहार र सुन्दर अभिनेत्री हुनुहुन्छ । अभिनय गर्नु न । तर, अचानक यति देशभक्ति त्यो पनि ट्वीटरमा !’

मिकाले एक ट्वीट थर्दै कंगनालाई यस्ता बयानबाजीका गर्नुभन्दा कुनै राम्रो काम गर्न सुझाव दिएका छन् । उनका अनुसार आफ्नो समूहले दैनिक ५ लाख मानिसलाई खाना खुवाइरहेका छन् । त्यही कंगनाले दिनमा २० मानिसलाई निःशुल्क खाना खुवाएमा ठूलो कुरा हुने मिकाले बताएका छन् । उनले अघि भनेका छन्, ‘सामाजिक सञ्जालमा बघिनी बन्न धेरै सजिलो छ । तर, यस्ता सामाजिक काम गर्न निकै गाह्रो ।’

जतिबेला कंगनाले आफूलाई जो कोहीले निशानामा लिइरहेको बताइन्, त्यसपछि नै मिकाको ट्वीट आएको हो । अहिले सबै उनको विरुद्धमा बोलिरहेका छन् । कंगनाले फिल्म माफिया आफ्नो पछि लागे उजुरी गर्दै हिँडेको लेखेकी थिइन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्