×

NMB BANK
NIC ASIA

विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहण

मंसिर २०, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्वतयारी थालिएको छ । विमानस्थल विस्तारमा जग्गा अधिग्रहणको समस्या जटिल रहेकाले सरोकारवालाले सर्वपक्षीय छलफल शुरु गरेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले करिब २५ देखि ३० बिघा जग्गा अधिग्रहण हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबारे प्राविधिक टोलीले विस्तृत अध्ययन गर्न बाँकी रहेको उहाँको भनाइ छ । प्रदेश सरकार र सङ्घीय सरकारबीच यही असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करिब ३०० मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो । जग्गा अधिग्रहणका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५०÷५० प्रतिशत बजेट खर्च गर्नेछन् । यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु ५० करोड विनियोजन गरेको छ ।


Advertisment
Nabil box
Kumari

स्थानीयवासीले विमानस्थल विस्तारमा आफूहरु बाधक नभएको तर उचित मुआब्जाको शर्त राखेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाले उचित मुआब्जाको ग्यारेन्टी नहुञ्जेल विमानस्थल विस्तारकार्य रोक्ने चेतावनी दिएका छन् । विमानस्थल विस्तारमा सबैभन्दा धेरै जग्गा अमरज्योति नमूना माविको पर्दछ ।

Vianet communication
Laxmi Bank

स्थानीयवासी रामप्रसाद उपाध्यायले रु एक अर्ब बजेटले विमानस्थल विस्तार गर्न नसकिने बताए । “चलनचल्तीको दरभाउभन्दा कम मुआब्जा दिए आयोजना अघि बढ्न सक्दैन्”, उहाँले भन्नुभयो, “विद्यालय, क्याम्पसको उचित व्यवस्थापनसँगै जनताले न्यायिकरूपले पाउनुपर्ने मुआब्जा पहिलो शर्त हो ।” त्यस्तै वीरेन्द्रनगर १२ का वडाध्यक्ष लोकप्रसाद चालिसेले प्रदेश र सङ्घीय सरकारले स्थानीयवासीको न्यायोचित व्यवस्थापन र मुआब्जाका विषयमा स्पष्ट योजना ल्याउनुपर्ने बताए ।

हाल एक हजार २५५ मिटर रहेको विमानस्थलको धावनमार्ग करिब एक हजार ५०० मिटर पुर्‍याइनेछ । सुर्खेत विमानस्थल साँघुरो हुँदा ४८ सिटे जहाज उडान र अवतरण हुन्छ । विमानस्थल विस्तार भए ७२ सिटे जहाज अवतरण हुने बताइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x