×

NMB BANK
NIC ASIA

सत्ताधारीको किचलो

सचिवालय बैठकमा 'बाझाबाझ'कै निरन्तरता, स्थायी कमिटी बैठकमा आउन ओली अनिच्छुक

जहाँ गएर छलफल गरेपनि मैले अध्यक्ष पनि छाड्दिन, प्रधानमन्त्री पनि छाड्दिन - ओली

मंसिर २०, २०७७

NTC
Sarbottam
तस्वीर - प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबूकबाट
Premier Steels
Marvel

शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित सचिवालय बैठकमा पनि नेताहरूबीच बाझाबाझ हुने क्रम रोकिएन ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पुरानै कुरा दोहोर्याएका छन् । बैठकको कुनै काम नभएको भन्दै आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीका लागि तय गरिएको स्थायी कमिटीमा ओलीले नआउने संकेत देखाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार सचिवालय बैठकअघि करीब आधा घण्टा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीबीच छुट्टै भेटवार्ता भएको थियो । भेटवार्ता बैठकमा आउने कि नआउने भन्ने मै केन्द्रित रहेको स्रोतले बताएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसपछि ओलीसमेतको सहभागितामा करीब सवा १ बजे बैठक शुरू भयो । बैठकमा सहभागी एक नेताका अनुसार साढे ३ घण्टा चलेको बैठकमा स्थायी कमिटी बैठक भोलि बोलाउने कि नबोलाउने भन्नेमै बितेको थियो ।

Vianet communication
Laxmi Bank

बैठकमा ओलीले पुरानै कुरा दोहोर्याएका थिए । 'ममाथि लगाइएको लान्छनायुक्त आरोपका विषयमा कुनै पनि कमिटीमा छलफल हुन सक्दैन । भोलि स्थायी कमिटी बैठक बस्नु भन्दा पहिला प्रचण्डले पेश गरेको आरोपपत्र फिर्ता हुनुपर्छ,' ओलीको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरलाई भन्यो ।

ओलीले यसो भनिरहँदा उनीइतर पक्षका नेताहरूले बैठकबाट भाग्न नमिल्ने तर्क गरेका थिए । ओलीले त्यसको प्रतिवाद गर्दै भने, 'त्यसो भए तपाईंहरूले जुनसुकै बैठकमा लगेर ती प्रतिवेदनहरूमाथि छलफल गराउनुस, मैले अध्यक्ष पनि छाड्दिन, प्रधानमन्त्री पनि छाड्दिन ।'

'सचिवालय बैठकमा पेश भएका दुवै अध्यक्षका प्रतिवेदनहरूमध्ये प्रचण्डको प्रतिवेदनमाथि स्थायी र केन्द्रीय कमिटीमा बहुमतले समर्थन हुने छनक पाएपछि ओली कमरेडले जसरी छलफल भएपनि आफूले राजीनामा नदिने अड्डी कस्नुभएको हो,' सचिवालयका एक सदस्यले भने ।

स्थायी कमिटी बैठक नै नबस्ने अडानमा ओली रहेपनि सचिवालयका बहुमत सदस्यहरूले आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नुपर्ने निष्कर्ष निकालेका थिए । सोहीअनुसार बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूलाई ब्रिफिङ गरेका थिए ।

बैठकमा कार्यदल बनाएर समस्या समाधान गर्ने विषय पनि उठाइएको थियो । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल'ले कार्यदल बनाएर विवाद समाधान गर्ने प्रस्ताव राखेका थिए । पार्टीको विवाद हुबहु स्थायी कमिटीमा पुग्ने हो भने सचिवालय असफल भएको सन्देश जाने भन्दै बादलले सचिवालय सदस्यहरूबाट नै कार्यदल बनाएर विवाद समाधान गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

बादलको प्रस्तावपछि प्रश्न उठ्यो – त्यसको नेतृत्व कसले गर्ने ?

जवाफ दिँदै बादलले भने, 'कमरेड वामदेवको नेतृत्वमै बनाउँदा हुन्छ ।' बादलको प्रस्तावमा महासचिव विष्णु पौडेलले पनि समर्थन जनाएका थिए ।

त्यसपछि उपाध्यक्ष वामदेव गौतम कड्किए । 'त्यस्तो कार्यदलको काम छैन । म बस्दा पनि बस्दिन । बरू मेरा पनि लिखित दस्तावेज छन्, मैले बैठकमै त्यो प्रस्तुत गर्छु,' गौतमको भनाइ उदृत गर्दै एक सचिवालय सदस्यले लोकान्तरलाई भने ।

प्रधानमन्त्री ओली पनि कार्यदल बनाउने विषयमा सकारात्मक देखिएको ती नेताले बताए । 'वामदेव कमरेडले नै कार्यदलको काम छैन, म बस्दिन भनेपछि कुरा सकियो । त्यसमाथि अधिकांश कमरेडहरूले स्थायी कमिटी बैठकबाट नै दुवै प्रतिवेदनको छिनोफानो हुनुपर्छ भन्ने अडान लिएपछि कार्यदलको कुरा लम्बिएन,' उनले भने ।

बैठकमा अध्यक्ष प्रचण्ड भने धेरै बोलेनन् । उनले अन्तिममा भोलि स्थायी कमिटी तोकिएकै समयमा पार्टी कार्यालयमा बस्ने भनेर प्रस्ताव राखे । बहुमत सदस्यहरूले हुन्छ भनेका थिए । भोलिको स्थायी कमिटी बैठकमा उपस्थित हुन प्रधानमन्त्रीले अरुची देखाएका छन् ।

शुक्रवार साँझ नै अध्यक्षद्वय ओली र प्रचण्डबीच टेलिफोन वार्तासमेत भएको थियो । आज बस्ने बैठक अघि केही समय छुट्टै भेट्ने विषयमा दुवै अध्यक्षबीच कुराकानी भएपछि नेकपाका धेरै नेताहरू आज केही न केही हुन्छ भन्दै उत्साहित भएका थिए ।

शनिवार करीब आधा घण्टा दुवैबीच एक्लाएक्लै कुराकानी भएपछि केही न केही सहमति भइसकेको हल्ला राजनीतिक वृत्तमा फैलियो । सचिवालय बैठक चल्दै गर्दा लोकान्तरसँग ओलीपक्षीय एक स्थायी कमिटी सदस्यले भनेका थिए, 'के हुन्छ, डिटेलमा तपाईंलाई पछि भनौला नि !'

तर सबैको अपेक्षाविपरित आज बसेको सचिवालय बैठक पनि बाझाबाझमै टुंगिएको छ ।

बैठक सकिएपछि प्रवक्ता श्रेष्ठले भने, 'औपचारिक बैठक पनि बस्छ र त्यो बीचमा अनौपचारिक भेटघाट पनि हुन सक्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x