नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताएका छन् । अपाङ्ग दिवसको अवसरमा आज ह्वीलचियर वितरण गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारणअनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताए ।
अपाङ्गता महासङ्घ, स्थानीय तह तथा सरोकारवाला निकायले डिजिटल प्रविधि प्रयोग गर्नका लागि अपाङ्गता भएका व्यक्तिलाई आवश्यक तालिम तथा अन्य प्राविधिक सहयोग गर्नुपर्ने उहाँको धारणा थियो । सो अवसरमा मन्त्री गुरुङले शारीरिकरूपमा अशक्त २३ महिला र ३५ पुरुषलाई सहाराको रूपमा ह्वीलचियर वितरण गरे ।
लोकान्तर संवाददाता