×

NMB BANK
NIC ASIA

कोरोना हिरोहरूको कथामा बन्यो ‘सिभिल सोल्जर्स’, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै (भिडियो)

मंसिर २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा कोरोनाविरुद्धको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरूको कथामा ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री फिल्म बनेको छ । 

Sagarmatha Cement
Muktinath Bank

‘भाग्यले बाँचेकाहरू’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरूको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ बनाएका हुन् । ‘सिभिल सोल्जर्स’ को कार्यकारी निर्माता तथा लेखक पनि उनी आफै रहेका छन् । नेपालमा आकस्मिक रुपमा भएको लकडाउन र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अबस्थामा पनि अनुकरणीय काम गरेका युवाहरूको कथामा ‘सिभिल सोल्जर्स’ केन्द्रीत रहेको निर्देशक तथा कार्यकारी निर्माता पाण्डेले जानकारी दिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो वृत्तचित्र फिल्म आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)मा रिलिज हुँदैछ । लकडाउनका बेला मानिसहरू घरमा थुनिएर बस्नुपरेका बेला निर्देशक पाण्डे र उनको टिम यो डकुमेन्ट्री बनाउन ब्यस्त थियो । यसलाई पुकार तिमिल्सिना र अबिनाश लामाले क्यामरामा कैद गरेका छन् । 


Advertisment
Nabil box
Kumari

काठमाडौँका रैथाने मनोजकुमार श्रेष्ठले ३७ वर्षको उमेरमा यस्तो सुनसान र पीडादायी परिस्थिति कहिल्यै पनि देखेका थिएनन् । एम्बुलेन्सले बिरामी बोक्न नमान्ने अनि मान्छे देखेर मान्छे तर्सिने परिस्थिति देखेपछि मनोज निजी कारलाई एम्बुलेन्स बनाउँदै सर्वसाधारण बिरामीहरूको सेवामा निस्किए । अरुको सेवा गर्दागर्दै उनी कोरोना संक्रमित भए । कोरोनाको रिपोर्ट पोजेटिभ आए पछि उनी आफै दंग परे, कुनै लक्षण नदेखिएकाले फाइल साटियो कि भन्ने आशंका समेत गरे । गभर्वती श्रीमतीलाई घरमै छाडेर आइलोशनमा जाँदा उनले भोगेका पीडादायक क्षण अनि कोरोनो जितेर फर्केपछिको उनको भोगाइ यो डकुमेन्ट्री फिल्ममा कैद गरिएको छ । 

Vianet communication
Laxmi Bank

यसैगरी, भक्तपुरकै अरुण सैंजु र राजेश गाइँजु लकडाउनकै दिनदेखि भक्तपुर अस्पतालमा रहेर कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका थिए । सरकारको आग्रहमा अरुण र राजेशले नेपालको पहिलो कोरोना संक्रमितको शव उठाएका थिए । नेपालको पहिलो मृत महिलाको शव जलाएर फर्केपछि अरुणले टोलबासीबाटै अपमानित हुनुुपरेको थियो । जीवनमा पहिलोपटक लास छुँदा डराएका राजेशले अरुणसँग मिलेर थुप्रै शवको व्यवस्थापन गरिसकेका छन् । अहिलेसम्म ३४ भन्दा बढीको शव ब्यवस्थापन गरिसकेका उनीहरूको प्रेरणादायी कथा, जंगलको उकुसमुकसपूर्ण एवं कहालीलाग्दो आइशोलेशन बसाईं र समाजले गरेको व्यवहारलाई फिल्ममा समेटिएको छ । 

‘समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यतिबेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयमसेवी युवाहरूको बिभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा देख्न सकिन्छ,’ निर्देशक पाण्डे भन्छन्, ‘सेना, प्रहरी र सरकारी चिकित्सकहरूको यस्ता संकटमा काम गर्ने आफ्नो दायित्व थियो । मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरूले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौं । आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुने हामीले विश्वास लिएका छौं ।’ 

साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति रहेको ‘सिभिल सोल्जर्स’को शारदा गैरे निर्मात्री रहेकी छिन् भने ईश्वर कोइरालाले दृश्य सम्पादन गरेका छन् । आशिष चित्रकारको संगीत रहेको ‘सिभिल सोल्जर्स’लाई योगेश पोखरेल, विन्देश दाहाल र शिवप्रसाद उप्रेतीले भाषा अनुवाद गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x