×

NMB BANK
NIC ASIA

सन्दर्भ : नेकपा विवाद

प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने वातावरण बनेको छ : पृथ्वीसुब्बा गुरुङ [अन्तर्वार्ता]

मंसिर २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चुलिएको संकट समाधानका निम्ति दोस्रो पुस्ताका नेताहरूको दौडधूप चलिरहेको छ। तर पछिल्ला केही दिनमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आरोपप्रत्यारोपको श्रृङ्खला तीव्र भएपछि पार्टी विभाजनकै सन्निकट उभिएको राजनीतिक वृत्तमा चर्चा पनि चलिरहेको छ ।

Muktinath Bank

आइतवार बसेको स्थायी कमिटी बैठकमा ओली उपस्थित नभएपछि प्रचण्डको अध्यक्षतामा बैठक बस्यो । तर ओलीले पत्रमार्फत 'आरोपपत्र'मा छलफल हुने बैठकमा आफू उपस्थित नहुने अडान लिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओली पक्षका सबै स्थायी कमिटी सदस्य उपस्थित भएको बैठकमा ओलीमात्र उपस्थित नहुनुले ओली एक्लिएको सन्देश बाहिरिएको छ । यिनै विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पार्टीका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङसँग लोकान्तरकर्मी ईश्वर अर्यालले कुराकानी गरेका थिए ।


Advertisment
Nabil box
Kumari

प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश -

Vianet communication
Laxmi Bank

पार्टीभित्र प्राविधिक विषय समाधान हुन नसकेर बल्झिएको संकट हो कि राजनीतिक र सैद्धान्तिक बहसकै क्रममा पैदा भएको संकट हो ?

यो धेरै ठाउँमा भन्ने गरेको छु, यो लडाईंको कुनै सैद्धान्तिक आधार छैन । कुनै वैचारिक र दार्शनिक आधार छैन । कुनै राजनीतिक आधार छैन । खाली इगोको कुरा मात्र छ । केपी ओलीले एक्लै गर्‍यो, हाम्रो मानमनितो राखेन। हामीले पाएनौं भन्ने कुरा मात्र छ ।

एउटा प्राविधिक विषयको लडाईं हो । नेताहरूको सांस्कृतिक स्तरको स्खलन भएका कारणले उत्पन्न भएको इगो क्राइसिस हो यो ।

तर भदौ २६ गतेको स्थायी कमिटी बैठकले त पूरा कार्यकाल प्रधानमन्त्री चलाउने र महाधिवेशनसम्म अध्यक्ष पनि हुने कुराको सुनिश्चित गरेको थियो नि ! तर पनि ओलीले किन सुरक्षित महशुस गरिरहेका छैनन् त ?

प्रधानमन्त्रीले असुरक्षित महशुस गरेको होइन । तर तिमी असुरक्षित छौ भनेर बारम्बार सन्देश दिने काम भएको छ । उहाँले अहिले पनि भनिरहनु भएको छ नि, तिमीहरूले जे सुकै हर्कत गर, पाँच वर्ष प्रधानमन्त्री त म चलाउँछु । महाधिवेशनसम्म अध्यक्ष पनि मै रहन्छु ।

तर स्थायी कमिटीले प्रधानमन्त्रीकै पक्षमा निर्णय गरेको होइन र ?

अहिले प्रधानमन्त्रीले सरकार प्रमुखको हैसियतले स्थायी कमिटीका निर्णयहरू कार्यान्वयन गरेन भन्ने मात्र छ । एकपटक स्थायी कमिटीको निर्णयलाई फर्केर हेरौं न । के भनिएको थियो भने एउटा अध्यक्षले सरकार चलाउने, अर्को अध्यक्षले पार्टी र संगठन चलाउने । तर एउटा अध्यक्षले पार्टी चलाउँदै गर्दा अर्को अध्यक्षको सहमतिमा गर्ने र सरकार चलाउनेले पनि अर्को अध्यक्षको सहमति लिने ।

प्रधानमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ । तर संगठनको जिम्मा लिएको अध्यक्षले संगठनको काम किन नगरेको ? कमरेड प्रचण्डले त भोलिपल्टदेखि नै पार्टी एकताका कामहरू तत्काल पूरा गर्नतिर लाग्नुपर्ने होइन र ?

एउटा पार्टीको एकता र एकीकरणको अभियानलाई पूरा गर्ने कुरा थियो, अर्को एकताको महाधिवेशनको तयारी गर्नुपर्ने थियो ।

एकताका कामहरू के-के बाँकी छन् ?

केन्द्रीय सल्लाहकार परिषद् बनाउनुपर्ने थियो । दुईवटा धारबाट नाममा सहमति गरेर घोषणा गर्दिने त हो नि ! अनि जेष्ठ कम्युनिस्ट मञ्च बनाउनुपर्ने छ । निर्वाचन आयोग, अनुशासन आयोग, लेखापरीक्षण आयोग पूरा गर्नुपर्ने थियो । विभागहरू पूरा गर्नुपर्ने छ । अध्यक्ष, सचिव, इञ्चार्ज त छँदै छन्, बाँकी गर्नुपर्ने छ ।

आधाभन्दा बढी जनसंगठनको एकता बाँकी छ । इञ्चार्ज, सह-इन्चार्ज तोकेको छ । अध्यक्ष र सचिव तोकेको छ । अस्थिपञ्जर मात्र दिएको छ, मांशपेशी त पूरा गर्नुपर्‍यो । त्यो काममा प्रचण्डले एक सेकेन्ड पनि बिताउनुभएको छैन ।

अर्को कुराचाहिँ महाधिवेशनको तयारी गर्नका लागि दुवै पार्टीहरूको सदस्यता यकिन गर्नुपर्‍यो । तिनीहरूको नवीकरण गर्नुपर्‍यो । त्यसपछि महाधिवेशनका लागि दस्तावेज समिति यो हो, प्रतिनिधि तयारी समिति यो हो, आवास तयारी समिति यो हो, मञ्चको तयारी समिति यो हो भनेर तयारी गर्नुपर्ने हो । यो काम त भएकै छैन । कसैले प्रचण्डलाई यो काम किन भएन भनेर सोध्नुपर्ने हो नि !

केपी ओलीले काम गरेन भनेर मात्र भनेको छ, बसेको छ, यसरी हुन्छ र भन्या ?

बैठक बसेर औपचारिक निर्णय लिएको दिन पार्टी फूटको बिन्दु हुनेछ भनेर ओलीले भनेका छन् नि, एकीकरणका काम सम्पन्न हुन पनि बैठक बस्नुपरेन र ?

यो वाक्य मात्र नभन्नुस् न तपाईंले। अर्को दिशातर्फ गइहाल्छ नि ! पार्टीको विधानले दुवै अध्यक्षको सहमतिमा एजेन्डा तयार गरेर बैठक बस्नुस् भन्छ तर प्रचण्ड त्यसमा सहमत नहुने । एक्लाएक्लै चल्न खोज्ने र बहुमत देखाएर बैठक माग गर्ने ।

अहिले पार्टी सामान्य अवस्थामा छैन । अहिले त संक्रमण नै छ । संक्रमणकालीन अवस्थामा अल्पमत र बहुमत भनेकै छैन । बल मिचेर र टाउको गनेर बैठक बस्यो भने विभाजन हुन्छ भनेर ओलीले भनेको हो ।

प्रथम अध्यक्ष भनेर ओलीले आफैंलाई घोषणा गरेका छन् । कार्यकारी अध्यक्ष पनि मै हुँ भनेर भनेका छन् । तर एकताका काम भएनन् भनेर प्रचण्डमाथि आरोप लगाउने कस्तो तर्क हो ?

दुईवटा अध्यक्षले स्वीकारेको कुरा हो । प्रथम भन्ने कि नभन्ने अलग कुरा हो तर पार्टी वरीयतामा ओली पहिलो हो भनेर प्रचण्डले नै स्वीकारेको कुरा हो । सिनियर अध्यक्ष ओली नै हो । डेढ वर्षसम्म बैठकहरूको अध्यक्षता त ओलीले नै गरेको हो । प्रचण्ड जुनियर अध्यक्ष हो । दुईवटा अध्यक्षको प्रावधान नराखिकन एकता नहुने भएकाले दुई अध्यक्ष स्वीकारेको हो ।

माले र मार्क्सवादी मिल्दा मदन र मनमोहन दुवै अध्यक्ष हुनुभएको थियो र ? प्रजातान्त्रिक कांग्रेस र गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको कांग्रेस एकीकरण हुँदा देउवा र गिरिजा दुवै सभापति हुनुभएको थियो र ?

हाम्रोमा के भयो भने, एकता भड्काउने तत्वहरूले खेल्न खोजे । दुई अध्यक्ष भए एकता हुने, नत्र नहुने भनेपछि दुई अध्यक्ष राखेको हो । दुई जना अध्यक्षले पालैपालो सरकार चलाउने स्थितिमा एकता हुने नत्र नहुने भन्ने भयो । के हाम्रो विचारले त्यही भन्थ्यो त ?

जुन बेला पार्टी एकता गर्दै थियौं, भर्खर चुनाव सकेका थियौं । चुनावको परिणामले ७० र ३० देखायो नि ! ७० र ३० बराबर हो त ?

अध्यक्ष प्रचण्डले त आफूले त्याग गरेका कारण पार्टी एकता सम्भव भयो भनेका छन्, त्यसमा असहमति हो तपाईंको ?

२५-३० प्रतिशतको हाराहारीमा भएको पार्टीसँग एकता गर्दा केन्द्रीय र विभिन्न कमिटीमा ४० प्रतिशत दिनु प्रचण्डको उदारता हो कि ओलीको उदारता हो ? तुलना गर्नुस् न ! अहिले प्रचण्डले आधा पाएको प्रधानमन्त्री छाडेको भन्दै व्याख्या भइरहेको छ । प्रचण्डलाई धेरै त्यागी नेताको रूपमा चित्रित गरिएको छ ।

प्रचण्ड पनि गठबन्धनको नेतै हो तर ओलीको मुख हेर्नुपर्छ भनेर पार्टीका धेरै नेताहरूले भनेपछि प्रचण्डले गत सालको मंसिरमा आधा-आधा कार्यकाल छाडेको हो । त्यो प्रचण्डको एउटा सदासयता भने हो । त्यसलाई मान्नुपर्छ ।

नियुक्ति र भागबण्डामा कुरा मिले पार्टी मिलिहाल्छ भन्ने तपाईंको तर्क थियो । तर भागबण्डाले त संवैधानिक दायरा मिचेको हुँदैन र ?

संवैधानिक परिषद्को बैठकमा त हाम्रो पार्टीको निर्णय यो हो भनेर जाने होइन । बाहिर जेसुकै सहमति भएपनि त्यहाँ कार्यान्वयन गर्ने हो । उदाहरणका लागि जनजाति आयोगको अध्यक्ष ओलीले लिने भए ओलीले दिएको मान्छेलाई राख्ने हो । प्रचण्डको भागमा परेको नियुक्तिका लागि प्रचण्डले मान्छेको नाम दिने भनेको हो ।

प्रथम भन्ने कि नभन्ने अलग कुरा हो तर पार्टी वरीयतामा ओली पहिलो हो भनेर प्रचण्डले नै स्वीकारेको कुरा हो । सिनियर अध्यक्ष ओली नै हो । डेढ वर्षसम्म बैठकहरूको अध्यक्षता त ओलीले नै गरेको हो । प्रचण्ड जुनियर अध्यक्ष हो । दुईवटा अध्यक्षको प्रावधान नराखिकन एकता नहुने भएकाले दुई अध्यक्ष स्वीकारेको हो ।

तपाईंलाई ओलीनिकट नेता मानिन्छ । राजनीतिमा सक्रिय हुनुहुन्छ । नेकपाको नेता हुँदै गर्दा तपाईं प्रदेशको मुख्यमन्त्री पनि हो । पार्टी विवाद मिलाउन झण्डावाला गाडीमा चढेर हिँड्दा गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पूरा गर्न असहज हुँदैन ?

प्रदेशको काम ह्याम्पर भएकै छैन । आज प्रदेश फर्किँदैछु । राति दुई बजे पनि उठेर आउन सक्छु । स्रोत र साधन छन् । पार्टीको नेता भएरै म मुख्यमन्त्री भएको हो । मुख्यमन्त्रीका नाताले जनताको कामहरू धेरै गर्नुपर्छ ।

तर पार्टी कमजोर भयो, एकता भत्क्यो भने मेरो आधार पनि त खस्किन्छ नि ! सबै बेकार हुन्छ । त्यसैले पार्टीको काममा पनि उत्तिकै लाग्नुपर्छ । यता कति भूमिका निर्वाह गर्न सकिन्छ त्यो गर्नुपर्‍यो । मुख्यमन्त्रीका रूपमा कति भूमिका निर्वाह गर्नुपर्छ, त्यो पनि गर्नुपर्‍यो ।

प्रधानमन्त्री ओलीसँग तपाईको पछिल्लो भेटघाट कहिले भयो र के कुरा भयो ?

सोमवार नै भेट भएको थियो । पार्टी विभाजन हुन नदिने, दुई अध्यक्षबीचको संवादलाई अझ बढी घनिभूत बनाउने, दुवै अध्यक्षले त्याग गर्नुपर्ने लगायतका विषयमा कुराकानी भए । मैले मात्र जित्छु भन्ने हो भने अर्को पक्ष हार्न तयार नै हुँदैन । मुठभेडतिर परिस्थिति जान्छ भनेर सल्लाह दिएको छु ।

पार्टीलाई बचाएर लैजानुपर्‍यो। रुख भइरहेपछि सुन्तला त अर्को मौसममा फलिहाल्छ नि ! हिजो ओलीले जुन पत्र पठाउनुभएको छ, प्रचण्ड कमरेडले उतातिर आरोपपत्र नै एजेन्डा हुन्छ भनिरहनुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले म बैठकमा जान्न भन्नुभयो । हामीले तपाईं नगए पनि हामी जान्छौं भनेर मैले भनें ।

स्थायी कमिटी बैठकमा ओली मात्र अनुपस्थित हुनुले तपाईंहरूले उनको साथ छाडेको भन्ने अर्थमा बुझ्न थालिएको छ बाहिर । के भन्नुहुन्छ ?

हामीलाई त उहाँले बैठकमा जान रोक्नुभएन । उहाँले आफ्नो इथिकल कुराहरू उठाउनुभएको छ । आफूमाथि लागेको आरोप पत्रमाथि छलफल गर्ने बैठकमा उहाँ नजानु सही नै हो । दुई अध्यक्षबीच छलफल भएर सहमतिका आधारमा बैठक बोलाइएको पनि होइन । बलजफ्ती ढंगले एकतर्फी एजेन्डामा छलफल हुने बैठकमा उहाँ जानु हुँदैनथ्यो।

तर बाहिर मान्छेहरूले ओली बैठकमा गएनन् भनेर हल्ला चलाए । बैठकबाट भागे, पार्टीलाई असहयोग गरे भनेर देखाउनु भएको छ ।

अब २८ गते बस्ने स्थायी कमिटीमा प्रधानमन्त्री उपस्थित होलान् ? गएदेखि त्यसको आधार के ?

अस्ति बसेको स्थायी कमिटी बैठकले प्रचण्डको आरोप पत्रमाथि छलफल गर्ने भनेर एजेन्डा तय गरेको छैन । बरू पार्टीको संकट समाधानका निम्ति बैठक भनेर भनेको छ । त्यसले प्रधानमन्त्री पनि उपस्थित हुने आधार बनेको छ । प्रधानमन्त्री बैठकमा जानका लागि ढोका खुलेको छ । दुई अध्यक्षबीच पनि संवाद हुन थालेको छ ।

हिजोको बैठक अघि पनि उहाँहरूबीच कुराकानी भएको भन्ने छ । तर एजेन्डामा भने सहमति भएन ।

तपाईले प्रचण्डसँग कतिपटक भेट गर्नुभयो ?                        

मैले प्रचण्डलाई पछिल्लो समय भेटेको छैन । विवाद शुरू हुँदा एकपल्ट भेटेको थिएँ । हाम्रो टीमले नै कुराकानी गरिरहेको छ। त्यसैले जिम्मा लिएको छ । हाम्रो टीम त सल्लाहले काम गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x