असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
‘खोप भटाभट आउँदैछन्, सास र आश दुवै आएको छ मेरो ।’ मैले उसलाई बिहान हुन लागेको संकेत गरेँ ।
‘तिम्रो आशा तिमी आफैँ राख ! कुरो बुझ्नु छैन ?’ उसले निकै बुझेझैँ गर्यो ।
‘बुझ्नुपर्ने कुरा नै के छ र ? अमेरिका र जर्मनीका कम्पनी फाइजर र बायोंटेकले खोप लगाउन शुरू गरे । मोडेर्नाले पनि शुरू गर्दैछ । अक्सफोर्ड/एस्ट्राजेनेकाले पनि स्वीकृति पायो । चीनका ५ खोप र रुसको स्पुत्निक भी पनि लाखौँ पाखुराभित्र पसिसके । अरू कम्पनी पनि रातदिन लागेका छन् ।’ मैले छोटकरीमा बताएँ ।
‘अमेरिका र जर्मनीले किन माइनस ७० देखि ८० डिग्री तापक्रममा राख्नुपर्ने खोप बनाए थाहा छ ? सबै खोप आफुले मात्र लगाउन यस्तो रणनीति अपनाएका हुन् । मोडेर्नाले महंगो मूल्य राखेको जनता लुट्न हो । अक्सफोर्डको खोप बेलायतले क्याप्चर गरेको छ । चीन र रुसका खोपको भर छैन । क्लिनिकल ट्रयालमा कति मान्छे मरे, त्यसको खै लेखाजोखा ? कति मान्छेको स्नायु प्रणालीलाई असर गर्यो ? सीमित मान्छेमा गरेको परीक्षणले प्रमाणित हुनै सक्दैन,’ उसले टेबुल ठोक्यो ।
बोल्ने पालो मेरो थियो । तर उही बोल्यो – ‘खोप सुरक्षित भएको भए किन बालबालिकामा परीक्षण गरेनन् ? किन गर्भवती, सुत्केरी र गम्भीर रोगका बिरामीमा परीक्षण गरेनन् ? यस्तो जोखिम समूहलाई खोप नलगाएपछि अरूले पाखुरा किन दुखाउने ?’
मैले भनें – खोप निरन्तर अनुसन्धानको विषय हो । प्रभावकारिता बढाउँदै तथा पार्श्वप्रभाव घटाउँदै जाँदा खोप परिष्कृत हुँदै जान्छ । केही समयपछि बालबालिकाका लागि पनि खोपको अनुसन्धान हुन्छ ।’
‘तिमीलाई थाहा छ, खोप केले बन्छ ? गर्भपतन गराएका शिशुको फोक्सोबाट बन्छ ।’ अकल्पनीय कुरा गर्यो ।
‘त्यो असत्य हो । कुनै पनि खोप उत्पादन प्रक्रियामा भ्रुण कोशिकाहरू प्रयोग हुँदैनन्। कोरोना भाइरसको अनुवंश अर्थात प्रोटिन प्रयोग गरेर फाइजर र मोडेर्नाले खोप बनाएका छन् भने अरू कम्पनीले निस्क्रिय कोरोना भाइरसलाई रुघाखोकी लगाउने भाइरससँग मिलाएर खोप तयार गरेका छन् ।’ मैले प्रतिवाद गरें ।
वेटर कागजकलम बोकेर हाम्रो टेबुलमा आयो ।
‘मैले हनी विथ लेमन टी खाने । अनि तिमीले ?’
उसले वेटरलाई भन्यो – ‘दुई बोत्तल बियर, दुई प्लेट मोमो, एउटा साँधेको पिनट ल्याऊ !’
‘दिउँसै बियर खाने र भन्या ?’
उसले भन्यो – एउटा कुरा बुझिराख, यो फाइजर र मोडेर्नाको खोप छ नि, ती आरएनए भ्याक्सिन हुन् । ती खोप लगाएपछि हाम्रो डिएनए नष्ट हुन्छ । आम नरसंहारका लागि यी खोप ल्याइएको हो ।’
मैले भनें – त्यो कुरा गलत हो । यी खोपले हाम्रो इम्युन सिस्टमलाई कोरोना भाइरस चिनाउन र तीसँग लड्न तालिम दिने काम गर्छन् ।
‘तिमीलाई थाहा छ, यो महामारी फैलाउने, गरीब, बुढाबुढी तथा रोगीलाई मार्ने अनि जनसंख्या नियन्त्रण गर्ने बिल गेट्सको षड्यन्त्र हो । यो खोपमा फाइब जी माइक्रो चिप्स राखेका छन् । यसको रिमोट कन्ट्रोल उनीहरूको हातमा हुन्छ । उनीहरुलाई जुन बेला महामारी फैलाउनु छ, एक क्लिकमा तमाम गर्न सक्छन् ।’ उसले षड्यन्त्रको सिद्धान्त सुनायो ।
मैले प्रतिवाद गरें – ‘तिमी पूरै गलत छौं । बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनले गाभीमार्फत् अल्प विकसित ९२ देशका लागि अर्बौं डोनेसन दिएर नि:शुल्क वा एकदम सस्तो मूल्यमा खोप उपलब्ध गराउँदैछ । बिल गेट्सले आफूले कमाएको नब्बे प्रतिशत रकम सामाजिक काममा खर्च गरेका छन् ।’
‘बल्ल ठाउँमा आयौ । कोही किन अर्बौं डलर खर्च गर्छ ?’ ऊ आफ्नो दृष्टिकोणमा ठिंग उभियो ।
उसले भन्यो – ‘सय वर्ष पहिले फैलिएको स्पेनिस फ्लुमा रोगले पाँच करोड मान्छे मरेका थिए भने खोपले ५० करोड मान्छे मरेका थिए ।’
मैले भनें – ‘गलत । त्यो बेला इन्फ्लुएन्जाको कारण महामारी फैलियो कि ब्याक्टेरियाको कारण भन्ने थाहा थिएन । त्यसैले अमेरिका र बेलायतले ब्याक्टेरियाविरुद्धको खोप दिएका थिए । त्यो खोपले काम नगरे पनि खोपका कारण मान्छेको मृत्यु भएको थिएन । अमेरिका र बेलायतको नियत सही थियो ।’
मैले भनें – ‘मृत्युको मुख्य दुई कारणहरू थिए, प्रारम्भिक फ्लु संक्रमण वा भाइरसको कारण शुरू भएको ठूलो प्रतिरक्षा प्रतिक्रियाबाट फोक्सोलाई तरल पदार्थले भरेर धेरै मान्छेको मृत्यु भएको थियो ।’
उसले वेटरलाई बोलाएर भन्यो – ‘दुई बोत्तल बियर, दुईवटा सेकुवा र एउटा चिकेन चिल्ली ल्याऊ त !’
‘कोरोना भ्याक्सिनको डरलाग्दो कुरो अर्कै छ । यो खोप लगाएपछि महिलालाई बन्ध्याकरण हुन्छ । बच्चा नजन्मेपछि तथा बुढाखाडा मरेपछि जनसंख्या स्वत: नियन्त्रण हुन्छ ।’
‘कहाँबाट लिन्छौं हँ यस्ता नचाहिने कुरा ? कतै तिमीलाई गहिरो फ्रस्ट्रेसन त छैन ?’
उसले एक गिलास बियर स्वाट्ट तानेर भन्यो – ‘अमेरिकामा युगभले १६४० जनामा सर्भे गरेको थियो । ती मध्ये २८ % ले विश्वास गरेका छन् कि बिल गेट्सले खोपमार्फत् माइक्रोचिप्स राख्न चाहन्छ । ती मध्ये ४४ % रिपब्लिकनले यो दाबीलाई सत्य ठानेका छन् ।’
उसले भन्यो – ‘चुरोट मगाऊँ ?’
मैले भनें – ‘अहिलेसम्म पिएको छैन ।’
उसले आफ्नो लागि चुरोट मगायो ।
रुफटप रेस्टुरेन्टबाट हेर्दा बाटोमा भीड खुब हतारमा देखिन्थ्यो । अलिअलि साँझ पर्न लागेको थियो ।
चोकको भीड हेर्दा यस्तो लाग्थ्यो नेपालमा कोरोना महामारी सर्लक्क सकियो ।
उसले एस्ट्रेमा चुरोटलाई कच्याककुचुक गर्दै भन्यो – खोप आओस् नआओस्, मलाई त बाल । म खोप परीक्षण गर्ने गिनीपिग हुन चाहान्नँ । मेरो शरीर, मेरो अधिकार, मेरो स्वतन्त्रता । कसैले जबर्जस्ती खोप लगाउन पाउँदैन, बुझ्यौ ?’
‘कस्तो हावा कुरा गर्छौ यार ? खोप पाउन सजिलो ठानेका छौ ? के खोप उनीहरूका लागि लगाउने हो ? आफूलाई के ठानेका छौ ? तिमी खोपको कुनै गिन्तीमा पर्दैनौ । पायौ र मन लाग्यो भने लगाऊ, नत्र नलगाऊ । म त जसरी पनि लगाउँछु । खोप लगाउँछु, अनि एक वर्षको घाटा उठाउने र यो वर्षको नाफा कमाउने गरी काम गर्छु ।’ मैले दृढता व्यक्त गरें ।
‘त्यो असुरक्षित र काम नगर्ने खोपमाथि के-के हुन्छ हेर्दै जाऊ ! खोपको चोरी, डकैती, विभेद, भ्रष्टाचार । त्यति मात्र हैन खोप वितरणमा हुने विभेद तथा भ्रष्ट्राचारको कारण धेरै देशका सत्ता ढल्नेछन्, धेरै भ्रष्टले जुत्ताको माला लगाएर जेलमा बस्नेछन् ।’ उसले अर्को बियर थप्यो ।
‘पर्याप्त अनुसन्धान र परीक्षणविना हतारमा ल्याइएका खोपले धेरै मान्छेको मृत्यु हुनसक्छ, दीर्घकालीन पार्श्व प्रभाव हुनसक्छ । अहिले केही महिना प्रभावकारी भएपनि भाइरस म्युटेसन भएपछि यो खोपले काम नगर्न सक्छ । तसर्थ यो खोपलाई अपडेट गर्दै बुस्टर डोज लगाउनु पर्ने हुनसक्छ । अहिलेपनि ठूलो संख्यामा अमेरिकी तथा युरोपियनहरू यो वर्ष खोप लगाउन चाहेका छैनन् । पहिले स्वास्थ्यकर्मी र राजनीतिज्ञले लगाएर त्यसको नतिजा आएपछि मात्र आफूले लगाउने भनेका छन् । एउटा खोप स्थापित हुन चारदेखि दश वर्ष लाग्दछ । यो आपतकालीन खोप हो ।’ मेरो कुराले उसको मुहारमा सुर्योदय भयो ।
उसले फेरी बियर र चिकेन चिल्ली अर्डर गर्यो ।
‘मलाइ त पुग्यो यार !’
‘बाहुन भएर नि तीनवटा मात्र बियर खाने ? बाहुनको इज्जत नफाल न यार !’ उसले व्यंग्य गर्दै भन्यो - हेर बाबु, मैले मेरो शरीरमा जानीजानी बाहिरी विषाक्त पदार्थ, अम्लीय पदार्थ, रासायनिक पदार्थ, सुक्ष्म चिप्स तथा भाइरसलाई प्रवेश कदापि गराउने छैन । खोप गलत भयो भने रगत बाक्लो गराउने, अक्सिजन घटाउने, रगतमा संक्रमण गराउने तथा मृत्यु समेत हुनसक्छ । तिम्रो हकमा तिम्रो शरीर, तिम्रो स्वास्थ्य, तिम्रो छनोट ।’
तल बाटोमा गाडीको भीड बढिरहेको थियो । मान्छेहरू पेट पाल्ने कर्म गरेर घर फर्किंदै थिए । ट्राफिक प्रहरीले फोक्सोमा अनेक गाडीबाट निसृत कालो धुँवा सेवन गरिरहेका थिए । धुलो उस्तै उडेको थियो । टेलिभिजनमा भने विकासको मूल फुटिरहेको थियो ।
उसको गफ अझै सकिएको थिएन । ऊ मुडमा थियो ।
‘तिमी आफैँ भन, साधारण रुघा, जनै खटिरोजस्ता सामान्य रोगको सयौंवर्ष खोप पत्ता लगाउन नसक्नेले रातारात कसरी कोरोना भ्याक्सिन बनाए ? हेर, यो जनसंख्या नियन्त्रण गर्ने, पेन्सन भुक्तानी घटाउने, इन्योरेन्स कप्लक्क खाने र संसारको पैसा बाँसको पात बटुलेझैं बटुल्ने ठूलो खेल हो ।’ उसलाई बियर लागेपनि तर्कले आफ्नो ठाउँमा खुट्टा टेक्दै थिए ।
मैले उसलाई भनें – ‘हेर, तिमी ठूलो भ्रममा छौं । विज्ञानको गतिशीलतालाई बुझ्ने प्रयत्न गर । एउटा साँचो कुरा के हो भने न्यून गुणस्तर र मिथ्या खोपले बजारमा कब्जा जमायो भने विनाशकारी कदम हुनसक्छ । त्यसले महामारीलाई झन् बढावा दिनेछ । ठूलो कमिसनमा काम गर्न अभ्यस्त हाम्रा शासक तथा प्रशासकले जस्केलोबाट नक्कली खोप नल्याउलान् भन्न सकिँदैन । यिनीहरूले स्वास्थ्य उपकरण खरिदमा आफ्नो औकात देखाइसकेका छन् । त्यस्तै खोपहरू नयाँ हतियार बन्नेछन् । खोपको कारण शक्तिशाली राज्यहरूले भू-राजनीतिक प्रभावलाई नियन्त्रण गर्न खोज्नेछन्। हामीले चीनको खोप किन्ने कि भारतको ? यो प्रश्न स्वास्थ्यसँग मात्र जोडिएको छैन ।’
‘जाऊँ यार रात पर्यो ।’ मैले उसलाई अनुरोध गरें ।
उसले भन्यो – ‘कति वर्षपछि भेट भएको भन त ? हतार नगर, म तिमीलाई घर पुर्याइदिन्छु । कोरोनाले गर्दा प्रहरीले मापसे चेक गर्दैन ।’
मैले भनें – ‘मापसे चेक हाम्रै लागि गर्ने हो । म ट्याक्सीमा जान्छु, तिमी पनि गाडी यहीँ राखेर ट्याक्सीमा जाऊ ।’
उसले बियर र चुरोट मगायो ।
उसले चुरोटको धुँवा उदाउँदै भन्यो– ‘कोरोना खोप अहिले धनी र शक्तिशाली देशको पकडमा छ । जुन कम्पनीको हेर्यो, अमेरिका, बेलायत, क्यानाडा लगायतका देशको बूकिङमा छन् । क्यानाडाले आफ्नो जनसंख्यालाई पाँचपटक दिन पुग्ने खोप बूकिङ गरिसकेको छ ।
बेलायतले जनसंख्याभन्दा ३ गुणा बढी खोप अर्डर गरेको छ । बीबीसीमा सुनेनौं, १४ प्रतिशत धनी देशले ५३ प्रतिशत खोप बूक गरिसकेका छन् । गरीब देशका जनताले खोप पाउन वर्षौं लाग्छ । यस्तै हो भने नेपालजस्ता अल्प विकसित देशमा बढीमा १० % ले मात्र खोप पाउँछन् ।’
मैले भनें – ‘कोभ्यास सुविधामा नेपालमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्याका लागि खोप आउँछ । त्यसपछि १७ % जनताका लागि अर्को चरणमा आउँछ भन्ने सैद्धान्तिक कुरा छ ।’
उसले भन्यो – ‘३ % स्वास्थ्यकर्मी र जेष्ठ नागरिकका लागि आउँछ, १७ % त्यति सजिलै आउनेवाला छैन । त्यो सीमित खोप शासक, प्रशासक, ब्यापारी र आसेपासेको पाखुरामा पुग्छ । देखाउनका लागि केही स्वास्थ्यकर्मी र आफन्त जेष्ठ नागरिकलाई दिन्छन् । महामारीमा भ्रष्टाचार गर्नेको मनमा कहिल्यै हरि हुँदैन । अहिलेको ताल हेर्दा नेपालमा आउने खोप यत्ति हो । अनि के हुन्छ थाहा छ ? भारतबाट ब्ल्याकमा किनबेचको व्यापार चल्छ । उस्तै परे टिटानस सुइको बाहिर कोरोना भ्याक्सिन लेखेको स्टिकर आउँछ ।’
मैले भनें – ‘त्यो स्तरको पाप त गर्दैनन् होला । सरकारको तयारी शून्यभन्दा माथि नै छ । ३ करोड नेपालीलाई पुग्ने खोप ल्याउनका लागि त्यो अनुसारको भण्डारण, परिवहन, सुरक्षण, खोप केन्द्र निर्माण, खोप लगाउने तालिम, खोप लगाउने मापदण्ड, त्यसको अनुगमन लगायतका धेरै विषयमा तयारी गर्नुपर्दछ । त्यसपछि सरकारले भारत वा चीनसँग प्रधानमन्त्री स्तरमा छलफल गरेर खोप बूक गर्नुपर्छ । विश्वभर खोपको भोकमरी चलेको छ । कसैले नि:शुल्क दिन्छ र लगाउँला भनेर हामीले सपना देख्नु हुँदैन । सर्वसाधारणका लागि सरकारले किनेर नि:शुल्क खोप दिनुपर्छ । किन्न सक्ने नागरिकका लागि कम्पनी र मूल्य तोकेर निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ ।’
उसले मुख बिगारेर भन्यो – ‘सरकारले के गर्छ थाहा छ ? कमिसनका लागि हामीले नै खोप खरिद गर्छौं भन्छ, अनि न आफूले ल्याउँछ, न निजीलाई दिन्छ । यहाँ भण्डारण, परिवहन, सुरक्षण आदिको अनुगमन हुँदैन । तापक्रम मिलेन भने खोप पानी हुन्छ । खोप ल्याउन त्यति सजिलो छैन । समयमा खोप पाउन नेपालले कि भारतका कम्पनीलाई खनखनी पैसा बुझाउनुपर्छ, कि चीनका कम्पनीलाई । कि सी जिनपिंगलाई कि नरेन्द्र मोदीलाई 'त्वमेव: माता च पिता त्वमेव:…' भन्नुपर्ने हुन्छ । चिट्ठी लेखेको भरमा खोप आउने कल्पना सोम शर्माको सातु जस्तो हो । यहाँका अधिकांश नेताले दुतावास धाएर वा व्यापारीलाई गुहारेर सुटुक्क खोप लगाएको शंका लागेको छ मलाई । खोप नलगाएका भए नाकमुनि मास्क लगाएर बैठक, सभा, भेटघाट किन गर्छन् ?’
उसले चिन्ता गर्यो – ‘हेर, मैले खोप कम्तिमा १ वर्ष लगाउँदिन । खोप लगाएर सुस्त मनस्थितिको भएँ भने ? मृत्यु भयो भने ? माइक्रो चिप्स घुसायो भने ? मेरी बूढीको बच्चा नहुने भयो भने ? तिमीले अघि भनेका थियौं नि, जबर्जस्ती गर्दैन भनेर । जबर्जस्ती गर्छ । खोपको प्रमाणपत्रविना प्लेन चढ्न, जागिर खान, यात्रा गर्न, भिसा लगाउन, फिल्म हल जान दिएन भने त्योभन्दा ठूलो जबर्जस्ती के हुन्छ ?’ उसले पुरानो कुरा दोहोर्यायो ।
मलाइ लाग्यो, उसलाई बियर लाग्यो । मैले भनें – ‘उठौं यार ! म खोप लगाउने, तिमी नलगाउने कुरामा हामी अडिग रह्यौं ।’
***
उसँग अर्को वर्ष अर्थात् २०७८ सालको मंसिरमा भेट भयो ।
उसले सोध्यो – ‘खोप लगायौ ?’
मैले भनें – ‘कहाँ लगाउनु ? आफैँ ज्वाइँ ल्याए, आफैँ ज्वाइँ खाए ।’
अनि तिमीले खोप लगायौ ?
उसले भन्यो – ‘म त उहिल्यै दिल्ली गएर खोप लगाएर आएँ ।’
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...