×

NMB BANK
NIC ASIA

राजनीति छाडी साहित्यमा जमेका रोशन जनकपुरी : गिरिजाले सरकारी जागिर खोसे, नेतादेखि हकरसम्म बने !

मंसिर २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का ६२ वर्षीय अरबिन्दकुमार लालले जब साहित्यतर्फ रचनाहरू लेख्न थाले, उनले आफ्नो परिचय फेरे । 

Muktinath Bank

शुरूमा अरबिन्दकुमार ‘रोशन’ नामले साहित्यिक रचनाहरू लेख्ने गरेका उनले पछि आफ्नो नाम पूर्ण रूपमा फेरेर रोशन जनकपुरी राखे । खास गरेर उर्दू मिश्रित हिन्दी भाषाका गजल लेख्दा साहित्यिक नाम फेर्नु पर्छ भन्ने ठानेर आफ्नो नाम परिवर्तन गरेको उनी बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतका प्रसिद्ध सायर तथा गजलकारहरूले आफ्नो नामको पछाडि आफ्नो ठेगाना राख्ने गरेका थिए । मजरूह सुल्तानपूरी, साहिर लुधियानबी, फिराद गोरखपुरी लगायतका सायरहरूले आफ्नो नामको पछाडि ठाउँ विशेष जोडेका कारण आफू पनि प्रभावित हुँदै आफ्नो नामको पछाडि जनकपुरी राखेको उनी बताउँछन् । ‘विद्यालय, नागरिकता आदिमा मेरो नाम अरबिन्दकुमार लाल भएपनि घरको उपनाम रोशन थियो, जनकपुरको स्थानीय भएका कारण आफ्नो नाम मैले रोशन जनकपुरी राखें,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

उनका बुवा निर्भयशंकर लालले पनि कविता लेख्ने गरेका कारण कविता लेख्ने, गजल लेख्ने कामको शुरूआत बुवाबाट नै प्रेरित भएर भएको उनी बताउँछन् । शुरू–शुरूमा हिन्दी भाषामा नै रचनाहरू लेख्ने गरेका उनले पछि आफ्नो मातृभाषा मैथिलीमा नै रचनाहरू लेख्नुपर्छ भन्ने दृढ संकल्पित हुँदै मैथिलीमा थुप्रै कविता, गजल, कथा, गीत आदिको रचना गरेका छन् ।

Vianet communication
Laxmi Bank

मैथिली भाषामा लेखिएको गीत तथा गजल समेत जोडेर कुल १ सय गीत तथा गजल समेटिएको  ‘समय गीत’ कविता संग्रह उनले प्रकाशन गरेका छन् ।

नेपाल संगीत नाट्य प्रतिष्ठानको अनुसन्धानमूलक कृति ‘नेपालको प्रदर्शनकला क्षेत्र नम्बर २ ’ प्रकाशन गरेका छन् । प्रदेश नम्बर २ को सप्तरीदेखि पर्सासम्मको मैथिली, भोजपुरी, बजजिका, थारू, दनुवार, मगर, तामाङ, मारवाडी, मुस्लिम समुदायको गीत, संगीत, लोक गीत, नाटक, लोक नाटक आदिमा अनुसन्धानमूलक विषयहरू उक्त पुस्तकमा राखिएको उनले बताए । 

त्यसैगरी कृष्ण सेन इच्छुकको दीर्घ कविताहरू ‘बन्दी’ र ‘चन्द्रागिरि’लाई उनले मैथिली भाषामा अनुवाद गरेका छन् । मैथिली भाषामा १ सय भन्दा बढी गजल, १५ वटा लामो कथा तथा ५० वटा जति लघुकथाका साथै ४ सय जति कविता पनि उनले लेखेका छन् । 

उनका प्रायःजसो रचनाहरू प्रगतिवादी धारका जनवादी रचना हुने गर्छन् । ‘साहित्य रचना गर्दा जहिल्यै पनि सार्थक रचना हुनुपर्‍यो, परिवर्तनशील, गतिशील हुनुपर्‍यो र समग्रमा रचनाको केन्द्र भने मानिस हुनुपर्छ,’ जनकपुरी भन्छन्, ‘म आफ्नो प्रायः रचनामा मूल्य खोज्छु, पाठकले पढेपछि के लिएर जाने हो भन्ने कुराको ख्याल राखेर नै रचना गर्ने गर्छु ।’

कतिपय रचनाकारले समाजको वस्तुस्थितिलाई यथास्थिति चित्रण गरेर आफूलाई यथार्थवादी लेखकको रूपमा स्थापित ग्रे पनि आफू भने त्यो भन्दा पनि एक कदमअगाडि ‘समाजवादी यथार्थवाद’मा रमाउने गरेको बताउँछन् ।  समाजमा पछि परेका, पारिएका, समुदायको पक्षमा जहिल्यै पनि लेख्ने गरेका उनी आफूलाई समाजको यथार्थ चित्रणसँगै समाज कस्तो हुनुपर्छ र त्यसका लागि के कस्तो संघर्ष गर्नुपर्छ भन्ने दिशाबोध समेत गरिएको रचना लेख्ने गरेको बताउँछन् । 

‘प्रारम्भिक लेखनकालमा ममा पनि अस्तित्वको एउटा छटपटाहट त थियो, समाजमा यस्तो किन हुन्छ भनेर गुम्सिन्थें, परिणामस्वरूप मेरा रचनाहरू पनि अस्तित्ववादी हुन्थें,’ उनले भने, ‘रुसका लेखक म्याक्सिम गोर्कीको हिन्दी अनुवाद ‘माँ’ उपन्यास पढेपछि विचारमा रूपान्तरण हुँदै गयो ।’ 

हिन्दी भाषामा लेखिएको यस पालको ‘दिव्या ’, प्रेमचन्दको ‘गोदान’ लगायतका रचनाहरू पढेपछि आफू ‘समाजवादी यथार्थवाद’तर्फ अग्रसर भएको उनी बताउँछन् । 

हिन्दी भाषाका प्रसिद्ध व्यंग्यकार शरद जोशीका दुईवटा नाटक ‘एक था गदहा’, ‘अन्धोंका हाथी’लाई मैथिली भाषामा अनुवादको काम सकेर प्रकाशनको तयारीमा छन् । २०५८ सालमा उनलाई पारिजात सिर्जनशील पुरस्कार दिइएको थियो । उनी नै यस्ता पहिला साहित्यकार हुन्, जसले नेपालमा राष्ट्रभाषा नेपालीबाहिर राष्ट्रिय भाषामा कलम चलाएबापत पुरस्कार पाए । पछि मैथिली विकास कोषको डा. धीरेन्द्र साहित्य पुरस्कारका साथै २०७४ सालमा नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार उनले पाएका थिए । 

संघर्षपूर्ण त्यो जीवन

जनकपुरीको जीवनमा विभिन्न किसिमका घुम्ती तथा संघर्षहरू छन् । त्यसो त उनको राजनीतिमा पनि ठूलो योगदान छ तर उनी अहिलेको राजनीतिमा फिट हुन सकेका छैनन् । माओवादीको सशस्त्र संघर्षमा शुरूदेखि नै लागेका उनी अहिले भने अहिले स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रूपमा नै रहनु ठीक भएको बताउँछन् ।

माओवादीको जनयुद्धमा लागेका बेला उनले काठमाडौंको सडकको गल्ली गल्लीमा घर बनाउने मजदूरको रूपमा मजदूरीको काम गर्नुका साथै तरकारी बेच्ने, सुन्तला बेच्नेदेखि पत्रिका बाँड्ने हकरको कामसम्म गरेका रहेछन् । साथै जनयुद्धका लडाकूहरूलाई उत्प्रेरित गर्न क्रान्तिकारी गीतहरू लेखेर जोश भर्ने कामदेखि भूमिगतकालमा माओवादीले सञ्चालन गर्ने रेडियो समेत सञ्चालन गरेका रहेछन् । 

यस्तो छ उनको संघर्षका कथा 

जनकपुरीका बुवा निर्भयशंकर लाल कर्ण पुष्पलालको नेतृत्वमा गठित कम्युनिष्ट पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य थिए । तत्कालीन नेता विष्णुलाल मानन्धर र तुलसीलाल अमात्य निकट भएर उनका बुवा कम्युनिष्ट पार्टीमा काम गर्ने गर्थे । त्यसैले पनि पञ्चायतकालमा समेत उनको घरमा नेताहरूको आवागमन हुने गरेका कारण उनमा पनि राजनीतिक प्रभाव नपर्ने कुरै भएन । 

२०३२ सालमा एसएलसी दिएर खाली बसेका बेला नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनसँग आवद्ध भएर गाउँ–गाउँमा गई विद्यार्थीहरूको संगठन बनाउने काममा लागेको उनी बताउँछन् ।

२०३३ सालमा मानन्धर समूहको (नेकपा संयुक्त)को मूल कमिटीमा आवद्ध भए र थप पढाइका लागि जनकपुरको राराब क्याम्पसमा भर्ना पनि भए । तर, २०३६ सालको आन्दोलनको पृष्ठभूमि समेत तयार हुँदै गरेका कारण उनले आईएको पढाइ भने पूरा गर्न पाएनन् । ‘त्यति बेला पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लागेका पढाइ बीचमा नै अवरुद्ध भयो,’ उनले भने, ‘२०५३ सालमा आएर आईए पास गरें ।’

२०३६ सालको आन्दोलनपछि उनी नेपालगञ्जमा करारमा नेपाल खानेपानी संस्थानअन्तर्गत रहेको स्यालो ट्यूबबेलमा प्रोजेक्टमा खरदार पदमा जागिर गर्न थाले । पछि दाङको डिभिजन कार्यालयमा अस्थायी पदमा जागिर खाइरहेकै बेला लोक सेवा आयोगको जाँच दिएर खरदारमा उत्तीर्ण हुन पुगे । रुकुमको साझा विकास शाखामा उनी सहलेखापाल भएर २०४१ सालदेखि स्थायी जागिर गर्न थाले । तर, उनले स्थायी जागिर पनि आठ वर्षसम्म मात्र खान पाए । 

कर्मचारी भएका बेला उनी रुकुममा नेपाल निजामति कर्मचारी संगठनको जिल्ला कमिटीमा आवद्ध भएर कर्मचारी हक हितको कुरा गर्न थालेका थिए । २०४६ सालको आन्दोलनपछि कर्मचारीहरू आफ्नो तलब वृद्धिको माग गर्दै देशव्यापी आन्दोलन गरेका थिए ।

‘त्यति बेला अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावपछि बन्ने सरकारले कर्मचारीहरूको तलव बृद्धि गर्ने भनेर सहमति गरेका थिए,’ जनकपुरीले भने, ‘तर, निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको सरकारले सहमति अमान्य हुने भनेर भनेपछि प्रतिरोधमा फेरि देशव्यापी आन्दोलन उठेको थियो ।’

आन्दोलनमा लागेका सबै कर्मचारीहरूलाई कोइराला सरकारले अवकाश दियो, त्यसैमा उनी पनि परे । 

सरकारी जागिरबाट अवकाश पाएपछि २०४९ सालमा उनी काठमाडौं गए । त्यहाँ एउटा गार्मेन्टमा एकाउनटेन्टको रूपमा काम गर्दै गर्दा नेकपा एकता केन्द्र माओवादी पार्टीको रूपमा बन्ने क्रममा नै उनी त्यहाँको सेल कमिटीमा आवद्ध भएका थिए । पार्टीले जनयुद्धको तयारी गरिरहेको थियो । त्यसैले तराईबाट काठमाडौंमा काम गर्न गएका मोचीहरूलाई एकत्रित गर्दै सेल कमिटीमा आबद्ध गर्ने काम उनले भूमिगत रूपमा गर्न थाले । 

२०५२ सालमा जनयुद्ध शुरू भयो । उनी काम गर्ने गार्मेन्टका मालिकसँग उनको झगडा पर्‍यो । उनी बेरोजगार भए । एकातर्फ पार्टीको विभिन्न कामहरू गर्नुपर्ने, अर्कातर्फ रोजगारी पनि खोज्नुपर्ने चुनौती थियो । उनले कुनै काम पाएनन् । काठमाडौंमा बाध्य भएर घर बनाउने काममा प्रयोग हुने लेबरको रूपमा उनले लामो समय मजदूरीको काम गरेको उनी बताउँछन् । 

‘पछि त गल्ली गल्लीमा तरकारी बेच्ने, सुन्तला बेच्ने काम समेत गर्नुपरेको थियो,’ उनले भने, ‘त्यतिले पनि नपुगेपछि पत्रिका बेच्ने काम गर्नुपरेको थियो ।’

एक दिन पत्रिका बेच्दै गरेका बेला बेला साहित्यकार धिरेन्द्र प्रेमर्षिले उनलाई देखे । त्यतिबेला प्रेमर्षि आश्चर्यचकित भएका थिए । किनभने जनकपुरमा हुने गरेको कवि गोष्ठी, साहित्यिक कार्यक्रमहरूमा प्रेमर्षि र जनकपुरीबीच भेटघाट हुने गरेको थियो ।

दुवैजनाले एक अर्कालाई चिन्ने गर्थे । प्रेमर्षि त्यति बेला काठमाडौंमा कामना प्रकाशनको नेपाली फिल्मी म्यागेजिनमा काम गर्थे । ‘उनले पत्रिका बेचिरहेको देखेपछि मलाई कामना पत्रिकाको कार्यालयमा लगेर सम्पादकसँग भेट गराउनु भयो,’ जनकपुरीले भने, ‘त्यसपछि मैले एउटा डमी समाचार लेखेर देखाएँ, अनि केही दिन त्यहीँ स्ट्रिन्जर भएर काम गरें ।’

पछि उक्त समूहले नेपाल समाचारपत्र प्रकाशन गरे पछि त्यसको जनकपुर संवाददाता भएर काम गर्न उनी जनकपुर फर्किए ।  जनकपुर फर्किएको केही दिनपछि स्थानीय पत्रिका जनकपुर एक्सप्रेस र जनकपुर टुडेमा काम गर्न थाले ।

‘पत्रकारिता सँगसँगै भूमिगत माओवादी पार्टीका लागि पर्चाहरू छाप्ने, दस्तावेजहरूको प्रकाशन गर्नेदेखि शहरमा आउने माओवादीहरूका लागि शेल्टरको व्यवस्थापन गर्ने लगायतका शहरिया कामहरू गर्न थालेको थिएँ,’ उनले भने, ‘नेपाल सरकारसँग माओवादीको पहिलो शान्ति वार्ता भंग भएपछि प्रशासनले पनि मलाई माओवादी भनेर चिनिसकेका कारण फेरि भूमिगत भएँ । ’

२०५९ सालदेखि २०६२ सालसम्म देशका विभिन्न भूभागमा खास गरेर पहाडी भागमा भूमिगत भएर काम गरेका उनलाई पार्टीले सांस्कृतिक विभागको मध्य क्षेत्रको क्षेत्रीय इञ्चार्ज बनायो । सांस्कृतिक टोलीलाई राजनीतिक रूपले प्रशिक्षण दिने कामका साथसाथै माओवादीले त्यति बेला सञ्चालन गरेको रेडियो जनगणतन्त्र नेपालको समेत मध्य इञ्चार्ज भएर काम गरेको उनी बताउँछन् । मैथिली भाषामा समाचार लेख्नेदेखि वाचन गर्ने काम उक्त रेडियोमा गरेको उनले बताए । 

‘पछि भूमिगत कालमा नै पार्टीले भूगोलमा काम गर्नुपर्छ भनेर रौतहट जिल्लाको इञ्चार्जको जिम्मेवारी दिएर रौतहट पठाएको थियो,’ उनले भने, ‘त्यसको १ वर्षपछि शान्ति सम्झौता भएपछि खुला हुँदा धनुषाको इञ्चार्ज भएर काम गरें ।’

माओवादीमा हुँदै गर्दा मिथिला राज्यको सेक्रेटरीको भूमिका निर्वाह गरेका थिए । पार्टी विभाजन भएपछि मोहन वैद्य समूहतर्फ लागेका उनी केही वर्षपछि उक्त पार्टी पनि परित्याग गर्दै स्वतन्त्र वामपन्थीको रूपमा बसे । अहिले उनी राजनीतिभन्दा आफूलाई साहित्यमा नै ठीक लागेको बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x