२७ जेठ २०८३, बुधबार

जाँदाजाँदै ट्रम्पले निकाले महान्यायाधिवक्ता बारलाई

मंसिर ३०, २०७७
जाँदाजाँदै ट्रम्पले निकाले महान्यायाधिवक्ता बारलाई

सोमवार अमेरिकी इलेक्टोरल कलेजको मतपरिणाम घोषणा हुँदै गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता विलियम बारलाई बर्खास्त गरेका छन् । 
 

क्रिसमसको बिदापछि बारले डिपार्टमेन्ट अफ जस्टिसको नेतृत्व नगर्ने घोषणा ट्रम्पले गरे । 

ट्रम्प र बारले हालैका हप्तामा शाब्दिक युद्ध गरेका थिए । बार राष्ट्रपति–निर्वाचित जो बाइडनका छोरा हन्टरमाथिको अनुसन्धानमा मौन रहेको अनि नोभेम्बर ३ मा भएको निर्वाचनमा व्यापक धाँधली भएको कुनै प्रमाण फेला नपरेको भनेकाले उनीसँग ट्रम्प असन्तुष्ट थिए । 

सोमवार अपराह्न अमेरिकाको इलेक्टोरल कलेजका प्रतिनिधिहरूले मत दिएर बाइडनको जीतलाई औपचारिकता दिएपछि ट्रम्पले बारलाई निकालेको भनी ट्वीट गरेका थिए । 
 

उपमहान्यायाधिवक्ता जेफ रोजेनले बारको ठाउँ लिनेछन् र रोजेनको ठाउँमा रिचर्ड डोनोग्वे आउनेछन् । 

बारले ट्रम्पलाई लेखेको पत्रमा राष्ट्रपतिको रूपमा ट्रम्पको चार वर्षको अवधि अत्यन्त सफल रहेको उल्लेख गरे जबकि उनी आफैं आधा अवधि मात्र महान्यायाधिवक्ता रहेका थिए । 

चुनाव हारेदेखि अहिलेसम्म ट्रम्पले रक्षामन्त्री र साइबर सुरक्षा प्रमुख लगायतका अधिकारीलाई बर्खास्त गरिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्