२६ जेठ २०८३, मंगलबार

तौल घटाउन कुन समयमा एक्सरसाइज गर्नुपर्छ ?

मंसिर ३०, २०७७
तौल घटाउन कुन समयमा एक्सरसाइज गर्नुपर्छ ?

शारीरिक अभ्यास गर्ने समयलाई लिएर अधिकांश मानिस अन्योलमा हुन्छन् । हरेकको आफ्नो मनचाहे समय हुनछ । 

केही मानिस बिहान छिट्टै उठ्न सक्दैनन । कोही मानिस उठे पनि सक्रिय महशुस गर्दैनन्, बिहान बिहानै एक्सरसाइज गर्नका लागि ।

केही मानिसहरु बिहानै एक्सरसाइज गरेपछि मात्रै दिनको शुरुवात गर्दछन् । 

तौलमा असर 

धेरै मानिसहरुलाई थाहा हुँदैन कि एक्सरसाइज गर्ने समयमा पनि तौलमा असर पर्छ ।

आउनुहोस् बिहान या बेलुका आखिर एक्सरसाइज गर्नका लागि कुन समय उपयुक्त हुन्छ ।

तौल छिटो घटाउन कुन समयमा गरिएको एक्सरसाइज फाइदाजनक हुन्छ त हेरौं जानकारी ।

बिहानको एक्सरसाइजको असर 

बिहानको समयमा एक्सरसाइज गर्नाले कैयौं फाइदा हुन्छन् । बिहान छिट्टै उठ्नाले तपाइँलाई दिनभरका लागि धेरै समय पनि मिल्छ ।

बिहानको एक्सरसाइजले शरीरमा एन्डोर्फिन हार्मोन बन्दछ । जो तनाव कम गर्दै दिमागलाई शान्त राख्दछ । यसबाट पूरै दिन राम्रो तरिकाले गुज्रिन्छ । 

बिहान एक्सरसाइज गर्नुको फाइदा

मेडिसिन एण्ड साइन्स इन स्टोर्टस् एण्ड एक्सरसाइजमा छापिएको एक अध्ययनअनुसार जो महिला बिहान उठेर ४५ मिनेटसम्म ब्रेक वाक गर्छिन् उनीहरुको ध्यान खाने वस्तुमाथि कम हुन्छ ।

यतिमात्रै होइन, महिलाहरु दिनभर एक्टिभ रहन्छन् । 

राम्रो निद्रा लाग्छ 

बिहान एक्सरसाइज गर्नाले मेटाबालिज्म पनि ठिक रहन्छ । यसबाट पूरा दिन क्यालोरी घटिरहन्छ ।

अध्ययनमा साँझ एक्सरसाइज गर्नेको तुलनामा बिहान एक्सरसाइज गर्नेलाई निद्रा राम्रो लाग्ने पाइएको छ । 


 
साँझ एक्सरसाइज गर्नुको फाइदा 

हेल्थलाइनको रिपोर्टअनुसार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म शरीरको तापमान सबैभन्दा धेरै रहन्छ ।

शरीरको बढ्दो तापमान मांशपेसीलाई बढी ताक पनि दिन्छ । यसको मतलब यो हो कि यस समय तपाइँको शरीर एक्सरसाइजका लागि सबैभन्दा बढी तयार हुन्छ । यसको फाइदा तौल घटाउन मिल्छ ।

 

शरीरलाई यस्ता फाइदा हुन्छन् 

दिउँसो र साँझको समय हृदयको गति र रक्तचाप आफ्नो सबैभन्दा कम स्तरमा हुन्छ ।

यसबाट स्वास्थ्यलाई नोक्सान हुने सम्भावना पनि कम हुन्छ र एक्सरसाइजको फाइदा मिल्छ ।

सुत्नुभन्दा ठिक पहिले एक्सरसाइज नगर्नुहोस् । यसले तपाइँको निद्रामा खराबी ल्याउनेछ । 

रूटिन बनाउन आवश्यक 

यद्यपि समयभन्दा जरुरी तपाइँलाई रुटिन बनाएर हरेक दिन एक्सरसाइज गर्नु राम्रो हुन्छ ।

तौल घटाउनका लागि नियमित रुपमा एक्सरसाइज गर्न जरुरी हुन्छ ।

यसबाट फिटनेस बनिरहन्छ । तनाव कम हुन्छ र शरीरमा कैयौं तरिकाले फाइदा पुग्छ । 


 

salt training

कमेन्ट गर्नुहोस्