२६ जेठ २०८३, मंगलबार

राजनीतिक कोभिडबाट देशलाई मुक्त गर्न अध्यादेश ल्याइयोः सरकारका प्रवक्ता

राजनीतिक कोभिडबाट देशलाई मुक्त गर्न अध्यादेश ल्याइयोः सरकारका प्रवक्ता

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुक दुई वटा कोभिडबाट आक्रान्त भएको बताउँदै राजनीतिक कोभिडबाट देशलाई मुक्त गर्न अध्यादेश ल्याइएको दावी गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुुरुङले कोभिड भाइरसको महामारीले सबै क्षेत्र आक्रान्त भैरहेको अवस्थाबाट माथि उठ्न सबै क्षेत्र जुट्नुपर्ने बेलामा सरकारलाई काम गर्न नदिइ बन्धक बनाउन खोजिरहेका कारण त्यसलाई फुकाउन आवश्यक भएर नै सरकार अध्यादेश ल्याउन बाध्य भएको बताए ।

 बुधबार नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्रमा देखिएका समस्या र तिनका समाधन विषयमा छलफल गर्न आयोजित कार्यक्रममा उनले भने, “यो कोभिड भाइरस जस्तै फैलिरहेको गलत राजनीतिक परिपाटीको भाइरसको अन्त्य गर्न अध्यादेश ल्याइएको हो ।”

मन्त्री गुरुङले संवैधानिक आयोगहरु क्रमशः खाली हुदै जानु संविधान र लोकतन्त्रका निम्ती नै घातक हुने भएकोले संवैधानिक परिषदलाई क्रियाशील बनाउन बाटो खोल्न मात्रै अध्यादेश विकल्पको रुपमा अघि सारिएको स्पष्ट पारे ।
सरकारलाई निरङ्कुश भयो भन्दै अनिर्णयको बन्दी बनाउन चालवाजी रच्ने, सडकमा सरकार विरुद्ध विभिन्न मुकुट लगाउदै उतार्ने र देशलाई अस्थिरतातर्फ धकेलेर सरकारलाई असफल हैन, राष्ट्र र संविधानलाई नै असफल बनाउने षड्यन्त्रबाट मुक्त गर्न नै सरकारले बाध्यतावस कदमहरु चाल्नु परिरहेको मन्त्री गुुरुङले बताए ।

मन्त्री गुुरुङले आयोगहरु गठनका सम्बन्धमा निर्णय गर्न खोज्दा संवैधानिक परिषदलाई क्रियाशील हुने वातावरण बन्न दिएको भए त्यस्तो अध्यादेशको बारेमा सोच्ने अवस्था नै नआउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्