×

NMB BANK
NIC ASIA

शहरी मन्त्री श्रेष्ठ र यातायात मन्त्री नेम्वाङले गरे तीनथाना–किर्तिपुर जोड्ने पुलको अवलोकन

पुस ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री वशन्त नेम्वाङले चन्द्रागिरी नगरपालिकाको विकास निर्माणको योजनाको अवलोकन गरेका छन् । 

Muktinath Bank

दुवै मन्त्रीले शुक्रबार निर्माणाधिन अवस्थामा रहेको तीनथाना र किर्तिपुर जोड्ने निर्माणाधिन पुल र चन्द्रागिरी नगरपालिका–१५ निर्माणाधिन भेराडिल खाइके साकुरा पार्कको अवलोकन गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अवलोकनको क्रममा दुवै मन्त्रीले एक वर्षदेखि सुस्त भैरहेको तीनथाना–किर्तिपुर जोड्ने पुलको निर्माण द्रुत गतिमा गर्न निर्देशन दिएका थिए । सो अवसरमा निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका इन्जिनियरले यो वर्षको अन्त्य सम्ममा पुलको निर्माण भैसक्ने बताएका थिए । 


Advertisment
Nabil box
Kumari

मन्त्री नेम्वाङले कुनैपनि बहानाबाजी नगरी यो वर्षको अन्त्यसम्मका सिलान्यास गर्नेगरी तयार गर्न निर्देशन दिनुभएको थियो । शहरी विकासमन्त्री श्रेष्ठले नयाँ वर्षसंगै पुलको शिलान्यास भैसक्नेगरी तयार गर्न निर्देशन दिए । 

Vianet communication
Laxmi Bank

वि.सं. २०७८ साल अघि उद्घाटन गर्नेगरी द्रुतगतिमा काम शुरु गर्नुस, कामदार कम देखिएको छ जुनसुकै हालतमा यो वर्षे नकटाउनुस–निर्देशन दिने क्रममा मन्त्री श्रेष्ठले भने । 

दुवैमन्त्रीले सरकारले शुरु गरेको विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका थिए । ‘कुनै बहाना बनाउन पाइदैन, तोकिएकै समयमा पुल निर्माण गर्नैपर्छ–निर्देशन दिने क्रममा दुवै मन्त्रीको एउटै स्वर थियो । उनीहरुले नया वर्षमा तीनथाना र किर्तिपुरका बाटोमा मोटर गुड्नुपर्ने बताएका थिए ।

पार्कको अवलोकन गदै मन्त्रीद्धयले यस्तो भीरालो र डरलाग्दो स्थानमा पार्कनिर्माण गरेर वडा र स्थानीयले साहसी काम गरेको बताए । 

भीराला र पहिरोजाने क्षेत्रलाई व्यवस्थित गरी २७ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क चन्द्रागिरी नगरपालिका–१५ वडाको गौरबको योजना भित्र पर्छ । पार्कको बारेमा जानकारी गराउदै वडा अध्यक्ष उत्तमबहादुर रावतले यो पार्कको गुरुयोजना तयार गरी थप विकास गर्नुपर्ने बताए  । उनले भने,‘यहा जापानबाट ल्याइएको ५० वटा साकुरा फूलका बोट छन् ।’

‘ढुंङ्गे भीरलाई व्यवस्थित गरी बुढादेखि बच्चा सम्मलाई हुनेगरी व्यवस्थित बस्ने र खेल्ने क्षेत्रको विकास गरेका छौ । अब पार्कको विकास गर्न योजना तयार गरी बजेट व्यवस्थापन गर्न आग्रह गरेका छौं,’ मन्त्रीद्धयसंग पार्कको विषयमा जानकारी गराउदै अध्यक्ष रावतले भने  । 

अवलोकन भ्रमणमा शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह, वागमती सभ्यता एकिकृत विकास समितिका कार्यकारी अधिकृत नवराज प्याकुरेल  सहितको मन्त्रालयको उच्च स्तरीय टोली सहभागि भएका थिए ।

पार्कभित्र जिपल्याण्ड,स्पाइरल स्टेयर,थियटर, मिनिरेल लगायतका मनोरञ्जनका सामाग्री तयारीगर्ने क्रममा रहेको अध्यक्ष रावतको भनाइ थियो । 

शहरी विकास मन्त्री श्रेष्ठले वडा अध्यक्ष र सबै वडावासीको अथक प्रयासले चन्द्रागिरीमा आकर्षित पार्क निर्माण हुन सकेको बताउदै थप विकास आवश्यक रहेको बताए । भौतिक योजना मन्त्री नेम्वाङले सुन्दर पार्कलाई थप विकास गर्न सरकारले सहयोग गर्ने बताए । 

विष्णुदेवी मन्दीरको विकास निर्माण र गुरुयोजनाको विषयमा छलफल गर्न शहरी विकास मन्त्रालयका सचिव र उच्च स्तरीय टोली सहित विष्णुदेवी मन्दीर परिसर पुगेका मन्त्री श्रेष्ठले ऐतिहासिक विष्णुदेवी मन्दीरको गुरुयोजना तयार गरी विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने बताए । उनले भने, ‘यो धार्मिक र सांस्कृतिक क्षेत्रलाई व्यवस्थित  रुपिमा विकास गर्नु आवश्य छ ।’ 

खोलाको दोभान, घाट, ड्याम निर्माण लगायतका विषय समेटेर गुरुयोजना बनाइ अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

मन्त्रालयका सचिव डा. सिहले एतिहसिक विष्णुदेवी मन्दीर क्षेत्रको डिपिआर तयार गरी विकास निर्माण र योजनाका कामलाई क्रमबद्ध रुपमा अघि बढाईने बताए । उनले भने,‘पार्क र खोला किनाराको समेत योजना बनाएर विकास गर्नेछौ । पार्कको तत्काल योजना बनाएर कार्यान्वयन चरणमा जानेछौँ ।’

मन्त्री श्रेष्ठले तीनथाना गढी र बुद्धपार्कको निरीक्षण गरी सबै क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए । 

उनले चन्द्रागिरी नगरपालिका १५ वडाका गौरब र अन्य योजनाको बारेमा जानकारी लिएपछि अवलोकनमा गएका थिए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x