×

NMB BANK
NIC ASIA

जापान जाने सपना तुहिएपछि दाजुभाइ नै कृषिमा, गर्छन् महिनामै लाखौंको आम्दानी

पुस ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जापान जाने सपना तुहिएपछि सम्मर र ज्ञान खत्रीको जीवनले चार वर्षअघि एकाएक नयाँ मोड लियो । पाँच वर्ष मलेशियामा बिताएर घर फर्केका खत्री दाजुभाइ रोजगारीका लागि अझ राम्रो देश जान चाहन्थे ।

Sagarmatha Cement
Muktinath Bank

जिन्दगी सोचेझैँ कहाँ छ र ? जापानका लागि बन्नै लागेको काम अन्तिममा आएर बिग्रियो । काठमाडौँ धाउँदाको सास्ती र खर्च उस्तै । पटकपटकको प्रयास बिफल भएपछि खत्री दाजुभाइले विदेशको मोह सधैँका लागि त्यागे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँ फर्केपछि बिनाइलम बस्न मनले मानेन । दुई भाइ मिलेर नयाँ अठोट लिए–गाउँमै केही गर्ने, स्वरोजगार बन्ने । गलकोट नगरपालिका–१ दुदिलाभाटीका खत्री दाजुभाइको चिनारी अहिले सफल उद्यमीका रुपमा छ । “विदेशको रहर नभएको होइन, कोशिस पनि गरियो, उताको काम नभएपछि कृषितिर लाग्यौँ”, ३० वर्षीय ज्ञानले भने। जापानको चक्करमा पैसा पनि डुबेको उनले सुनाए । विदेशको जति कमाइ नभए पनि कृषि व्यवसायबाट आफूहरु सन्तुष्ट रहेको ज्ञानले बताए ।


Advertisment
Nabil box
Kumari

‘खत्री कृषि तथा पशुपालन फार्म’ले उनीहरुलाई आत्मनिर्भर मात्र बनाएको छैन, इज्जत पनि दिलाएको छ । भाटी बजार नजिकै काउलेमा सञ्चालित फार्ममा झण्डै रु ३० लाख लगानी भएको ज्ञानका दाजु ३५ वर्षीय सम्मरले बताए । पच्चीस रोपनी क्षेत्रफलमा रहेको फार्ममा तरकारी खेती, कुखुरा र माछापालन गरिएको छ ।

Vianet communication
Laxmi Bank

फार्मको उत्पादनबाट मासिक रु डेढ लाख बढी कमाइ हुने गरेको सम्मरको भनाइ छ । फार्ममा लेयर्स जातका २५ सय कुखुरा छन् । कुखुराले दैनिक एक हजार अण्डा दिन्छन् । एउटा अण्डा फुटकर रु १५ र थोकमा रु साढे १२ मा बिक्री हुन्छ ।

यस्तै कमन, ग्राफ, राहु, असलालगायत माछापालन गरिएको छ । अहिले दश हजार माछाका भुरा पोखरीमा हुर्किरहका छन् । तरकारी बालीतर्फ मौसमअनुसारको खेती हुन्छ । तीन वटा पूर्ण बन्द प्लाष्टिक घर (टनेल) मा गोलभेँडा, बन्दा, काउली, सिमी, भेण्टा, साग, काँक्रालगायत उत्पादन हुने सम्मरले बताए ।

“नर्सरी बनाएर प्याज, काउलीका बिरुवा पनि बेच्छौँ”, उनले भने, “उब्जाउ माटो र सिँचाइको पनि सुविधा भएकाले तरकारी राम्रो फल्छ ।” फार्मको सबै उत्पादन गलकोटकै हटियालगायतका बजार क्षेत्रमा खपत हुन्छ । उत्पादन दिन सके बजारको कुनै अभाव छैन । तरकारी खेती थप विस्तार गर्ने योजनामा खत्री दाजुभाइ छन् ।

फार्मको जग्गा आफ्नै मामाको भएकाले नियमित भाडा तिर्नु पर्दैन । छेवैमा रहेको गौँदीखोलाबाट बाह्रैमास सिँचाइ पुग्छ । नजिकैबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग गएकाले उत्पादनलाई बजार पु¥याउन सहज छ ।

ठाउँको छनोट, संरचना र व्यवस्थापनका दृष्टिबाट पनि फार्म नमूनायोग्य छ । फार्ममा दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आवश्यक पर्दा दैनिक ज्यालादारीमा थप कामदार राख्ने गरिएको सम्मरले बताए । ऋणधन गरेर फार्ममा लगानी गरिए पनि राज्यका निकायबाट यथोचित सहयोग पाउन नसकेको उनको गुनासो छ ।

गत आवमा नमूना कुखुरा फार्मका लागि गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले रु दुई लाख ५० हजार अनुदान उपलब्ध गराएको थियो । यस्तै खोर सुधारका लागि गलकोट नगरपालिकाले रु ३५ हजार बजेट दिएको सम्मरले बताए । वडामार्फत माछापालनका लागि दुई पटक गरी रु ४० हजार बजेट आएको उनको भनाइ छ ।

अनुदान सहयोग बढेमा कृषिमा थप लगानी गर्न खत्री दाजुभाइ तयार छन् । “कृषिमै भविष्य देखेर लागेका छौँ, अझै धेरै गर्नुपर्ने छ”, ज्ञानले भने, “आफ्नै ठाउँमा, घर परिवारसँग खुशीसाथ बसेर काम गर्न पाउनु नै हाम्रो खुसी, सन्तुष्टि हो ।” उनले अरुको देशमा खर्चने श्रम र पसिना आफ्नै माटोमा सिञ्चित गर्न पाउँदा गौरव लाग्ने गरेको सुनाए ।

फार्मको छेउछाउ बाँझो पल्टिएको जग्गामा अलैँचीखेतीसमेत गरिएको सम्मरले बताए । उहाँका अनुसार फार्मबाटै माछामासु बेच्ने प्रबन्ध पनि मिलाइएको छ । खत्री दाजुभाइको लगन र मेहनत देखेर छिमेकी दङ्ग पर्छन्, फार्म हेर्न आउने आगन्तुकले प्रशंसा गर्छन् । दाजुभाइ नै काममा उत्तिकै खट्छन् । “दुई भाइ नै विवाहित छौँ, घरपरिवारबाट पनि व्यवसायमा ठूलो साथ, सहयोग छ”, सम्मरले भने। रामबहादुर थापा, रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x