२६ जेठ २०८३, मंगलबार

कंगनालाई बलात्कार र ज्यान मार्ने धम्की (भिडियोसहित)

कंगनालाई बलात्कार र ज्यान मार्ने धम्की (भिडियोसहित)

बलिउड अभिनेत्री कंगना रनौले आफूलाई बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की आएको बताएकी छन् ।

शनिबार उनले किसान आन्दोलनबाट बारे बाेल्दै बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी हुन् । 

उनले दिलजीत दोसाँझ र प्रियंका चोपडाप्रति पनि कटाक्ष गरेकी छन् । कंगनाले आफ्नो ट्वीटर एकाउन्टमा एक भिडियो पोस्ट गरेकी छन् ।

जसमा उनले भनेकी छन्, ‘पछिल्ला १०÷१२ दिनदेखि मलाई इमोस्नल र मेन्टल अनलाइन तनावको सामना गर्नुपरिरहेको छ । बलात्कार र ज्यान मार्ने धम्की आइरहेका छन् । यसकारण मलाई आफ्नो देशसँग केही सवाल गर्ने अधिकारी छ ।’

किसान आन्दोलनबारे कुरा गर्ने अभिनेत्री कंगनाले पूरा राजनीतिबाट प्रेरित रहेको दाबी गरेकी छन् ।

उनले भनिन्, ‘यसमा कुनै शंका छैन कि पूरा आन्दोलन राजनीतिबाट प्रेरित छ । आतंकवादीले पनि यसमा भाग लिन शुरु गरिसकेका छन् । मैले पञ्जावमै आफ्नो स्कुल पढाई गरेकी हुँ ।’

उनले पञ्जावका ९९ प्रतिशत खालिस्तानीले देशसँग प्रेम गर्ने बताएकी छन् ।

उनले अघि भनिन्, ‘म राम्रो जान्दछु कि पञ्जावका ९९ प्रतिशत खालिस्तान चाहँदैनन । उनीहरु देशलाई विभाजनतर्फ लैजान चाहँदैनन् । उनीहरु देशसँग माया गर्दछन् ।’

salt training

कमेन्ट गर्नुहोस्