×

NMB BANK
NIC ASIA

पदयात्राको गन्तव्य बन्दै ‘देवचुली डाँडा’

पुस ५, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : सामाजिक सञ्जाल
Premier Steels
Marvel

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा पदयात्राको गन्तव्य बन्दै गएको छ । जिल्लाकै सबैभन्दा अग्लो डाँडाका रूपमा रहेको देवचुलीमा अहिले दैनिक उल्लेख्यरूपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

Muktinath Bank

समुद्र सतहबाट एक हजार ९३४  मिटर उचाइमा रहेको देवचुली डाँडा पैदलयात्रामा रुचि हुनेहरूको रोजाइमा पर्न थालेको छ । पदैलयात्राका क्रममा देखिने प्राकृतिक छटाले यहाँ पुग्ने पर्यटकको मन प्रफुल्लित बनाउने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरियो वनले ढाकेका पाखा, दक्षिण क्षेत्रमा नवलपुरको राजमार्ग, वरपरका बस्ती र अविरल बगिरहेको नारायणी नदीको दृश्यले पदयात्राका क्रममा  हुने थकाइलाई बिर्साइदिन्छ ।  उत्तरतर्फ देखिने हिमशृङ्खला सुन्दरता झनै मनमोहक हुने गर्दछ । पहाडको टुप्पोमा पुग्दा माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला समीपमा देखिन्छन् । जसले यहाँ पुग्ने सबैलाई आकर्षित बनाउँदछ ।


Advertisment
Nabil box
Kumari

पदयात्राका लागि अहिले जिल्लाका आन्तरिक पर्यटकसहित चितवन, नवलपरासी पश्चिम, रुपन्देहीलगायत आसपासका ठाउँबाट यहाँ पर्यटक आउने गरेका छन् । देवचुली डाँडा पुग्दा निकै रमाइलो अनुभूति भएको मध्यविन्दुका सुवास खत्रीले सुनाए । “चढ्दा केही अप्ठ्यारो त हुन्छ नि, तर जब डाँडाको टुप्पोमा पुगिन्छ, त्यहाँबाट देखिने हिमशृङ्खला, पहाडका टाकुराले मनै आनन्दित बनाउँछ”, खत्रीले भने। यति लामो पदयात्रा पहिलोपटक गरेको बताउने उनले फेरि फेरि पनि आफू आउन लालयित भएको बताए ।

Vianet communication
Laxmi Bank

पूर्वपश्चिम राजमार्गको दलदलेबाट मुण्डे–पोखरी हुँदै जाँदा करिब २५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । बोझापोखरीसम्म २० किलोमिटरमा यातायातको सुविधा छ । त्यसपछि भने पैदलयात्रा गर्नुपर्ने हुन्छ । बोझापोखरीबाट करिब तीन घण्टाको पैदलयात्रापछि देवचुलीको टुप्पोमा पुगिन्छ । देवचुली टुप्पोबाट तनहुँ, पाल्पा, कास्कीलगायतका जिल्लाका भूभागसमेत अवलोकन गर्न सकिन्छ ।

दलदले मुण्डे–कीर्तिपुर हुँदै समेत देवचुली डाँडा पुग्न सकिन्छ । यो मार्ग भएर जाँदा करिब १६ किलोमिटर पर्छ । कीर्तिपुरसम्म सवारी जान्छ, त्यसपछि पैदलयात्रा शुरु हुन्छ । कीर्तिपुर हुँदै जाँदा करिब तीन घण्टाको पैदलयात्रा गरेपछि टुप्पोमा पुग्न सकिन्छ । बोझापोखरीमा आवासका लागि पर्याप्त होटल छन् । चुलीबोझामा मगर समुदायले सञ्चालन गरेको घरवाससमेत छ । देवचुलीको टुप्पोबाट सूर्योदयको दृश्य हेर्न जानेहरु अघिल्लो साँझ नै बोझापोखरीमा गएर बस्ने गर्दछन् । साँझ बस्नेहरु बिहानै पैदलयात्रामा निस्किन्छन् । सूर्योदयको दृश्य हेर्न आउनेहरु अघिल्लो साँझ नै बोझामा बास बस्ने गरेको स्थानीय भविलाल गाहामगरले बताए । अहिलेको समयमा दैनिकजसो ९/१० समूह साँझ नै बोझा आउने गरेको उनले बताए । यसले यस क्षेत्रको व्यापार–व्यवसायसमेत बढाएको गाहामगरले बताए ।

देवचुली डाँडाको पदैलमार्गमा समेत केही साना होटल रहेका छन् । सामान्य खाना र आवासको सुविधा छ । कोही राति यिनै साना होटलमा पुग्ने गर्दछन् । यसले बिहान थोरै हिँडेर पनि टुप्पोसम्म पुग्न सकिन्छ । देवचुली डाँडाको टुप्पो पुग्नुअघि तीनकन्या माईको मन्दिरसमेत रहेको छ । गुफाभित्र अवस्थित यस मन्दिरमा थारू समुदायले प्रत्येक वर्ष चैत पूर्णिमा दिन विशेष पूजा गर्ने गर्दछन् । यसै स्थानमा पाँच वर्षमा एकपटक कन्तरी माईको पूजा गर्ने चलनसमेत छ । तीनकन्या माईको मन्दिर रहेको गुफामा परापूर्वकालमा पाँच पाण्डव गुप्सवास बसेको समेत किंवदन्ती छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको देवचुली डाँडामा आवश्यक पूर्वाधार नहुँदा भने यहाँ पुग्ने पर्यटकले असहज महसुस गर्ने गरेका छन् । खानेपानीको समस्या, पर्याप्त विश्रामस्थल नहुँदा यात्रा केही असहज हुने गरेको यहाँ पुग्ने पर्यटकले गुनासो गर्ने गरेका छन् । पदमार्ग निर्माण गरी यसलाई व्यस्थित बनाउन सके यहाँ उल्लेख्यरूपमा पर्यटक आउने देवचुलीका स्थानीयवासी युवा राजु चापागाईँले बताए ।

देवचुली डाँडा जिल्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्र भएकाले यसको व्यवस्थापनमा काम थालिएको देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले बताए । लिफ्टमार्फत खानेपानी व्यवस्थापन गर्ने, पदमार्गको निर्माणलगायत योजना रहेको उनले बताए । पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश र सङ्घीय सरकारले यस वर्ष रु १० लाखका दरले बजेट विनियोजन गरेको उपप्रमुख तिवारीले बताए ।

गत वर्ष पनि प्रदेश सरकारले पदमार्ग निर्माणका लागि रु १० लाख विनियोजन गरेको थियो । सो बजेटबाट केही अप्ठ्यारो स्थानमा पदमार्ग र बाटो निर्माणको काम भएको उनले बताए । पर्यटनको प्रचुर सम्भावना रहेको देवचुली डाँडा गण्डकी प्रदेशभित्रका ११० पर्यटकीय गन्तव्यभित्र पर्दछ । प्रदेश सरकारले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यमा नवलपुरका १० गन्तव्यभित्र देवचुली डाँडा पर्दछ । दयाराम आचार्य,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x