२६ जेठ २०८३, मंगलबार

गर्भवती छैनन् नेहा ! बेबी बम्पको फोटोले हंगामा

गर्भवती छैनन् नेहा ! बेबी बम्पको फोटोले हंगामा

गायिका नेहा कक्कडको तस्वीरलाई लिएर उनी गर्भवती भएको र छिट्टै आमा बन्न खबर आएको थियो । शुक्रबार दिनभर सामाजिक सञ्जालमा नेहाको उक्त तस्वीर भाइरल भएको थियो । 

के साच्चीकै नेहा गर्भवती भएकै हुन् त ? तस्वीरमा नेहाको बेबी बम्प स्पस्ट देखिन्छ । 

उक्त फोटो सार्वजनिक भएलगत्तै सबैले नेहा गर्भवती भएको अनुमान गरेका थिए । सोही अनुसार सैयौं अनलाइनमा उनी गर्भवती भएको खबरहरु आएका थिए । तर, अहिले नेहा गर्भवती नभएको बताइएको छ । 

जुन तस्वीरलाई लिएर खबरहरु आएका थिए कि नेहा आमा बन्नेवाली छिन् । वास्तवमा उक्त फोटो नयाँ म्युजिक भिडियोको हो । जहाँ उनी आफ्ना पति रोहनप्रीतका साथ देखिँदैछिन् ।

नेहाले समाजिक सञ्जालमा स्पस्टिकरण दिँदै म्युजिक भिडियोको तस्वीर भएको बताएकी छन् । उनले उक्त नयाँ म्युजिक भिडयोको नाम ‘ख्याल रख्या कर’ हो । २२ डिसेम्बरमा उक्त भिडियो रिलिज हुँदैछ । 

उनले तस्वीरको क्याप्सनमा लेखेको कुराले नै स्पष्ट हुन्छ कि उनी गर्भवती नभई आफ्नो गीतको प्रचार गरिरहेकी छन् । 

अक्टुबर २४ मा उनीहरुको बिवाह भएको थियो । कोरोना कारण विवाह धुमधामसँग हुन पाएन । तर, नेहा र राहनप्रीतका कैयौं भिडियो ट्रेन्डिङमा परेका थिए ।

विवाहपछि उनीहरु दुवै जना हनिमुनका लागि दुबई गएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्