कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण डोटी र कैलालीका चुरे पहाडी क्षेत्रमा फलेका सुन्तलालगायतका फलफूलको सहज रुपमा बजारीकरण गर्न नपाउँदा किसान चिन्तित बनेका छन् ।
किसानका खेतबारीमा यतिबेला सुन्तला, मौसम, जुनार, कागती लटरम्म फलेका छन् । कोरोना भाइरसको जोखिमका कारण उत्पादन भएको फलफूल अपेक्षाअनुसार बजारीकरण नभएको भन्दै किसान चिन्तित देखिएका हुन् । यहाँका किसानको मुख्य आम्दानीको रुपमा सुन्तला, जुनार, कागतीखेती रहेको छ ।
कतिपय किसानले फलाएका सुन्तला, कागतीलगायतका फलफूल बजारसम्म लैजान नपाउँदा बोटमै कुहिएर जान थालेको गुनासो डोटीको बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलले बताए । “प्रसस्त फलेका सुन्तला, जुनार, कागती कोरोनाको जोखिमले गर्दा बजारसम्म लैजाने अवस्था नहुँदा बारीमै सुक्न र कुहिन थालेका छन्”, उनले भने, “यसपालीको मेहनत खेर जाने भयो ।”
कोरोनाको सन्त्रासले सहज रुपमा बजारीकरण हुन नसक्दा चिन्तित बनेका किसानले फलेका सुन्तलालगायतका कृषि उपजले स्थानीय गाउँ ठाउँमा मूल्य पनि पाउन नसकेपछि थप निराश भएका छन् । मुख्य नगदेबालीका रुपमा रहेको सुन्तला, कागतीलगायतका कृषि उपज समयमै बजारमा पु¥याउन र बिक्रीवितरणका लागि पहल गरिदिन किसानले स्थानीय तथा प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
उत्पादित कृषि उपजले बजार नपाउँदा व्यावसायिक कृषि खेतीबाटै जीविकोपार्जन गर्ने उद्देश्य लिएर खेती गरिरहेका किसानको मनोबल घट्दै गएको जोरायल गाउँपालिका–६ का सुन्तला उत्पादक किसान शेरबहादुर बोहरा बताउँछन् । उत्पादनस्थलसम्म पुग्ने सडकको सुविधाका साथै कृषि उपज सङ्कलन केन्द्रको अभावका कारण पनि किसानले उत्पादन गरेका वस्तुको सहजरुपम बजारीकरण गर्न समस्या सिर्जना भइरहेको बताइएको छ ।
यति बेला कोरोनाको जोखिम हुन सक्ने भन्दै अधिकांश ठाउँमा एक गाउँबाट अर्को गाउँसम्म आवागमन गर्न बन्द गरिएका कारणले पनि उत्पादित सुन्तलालगायतका कृषि उपज बजारसम्म पु¥याउन नपाइएको केआइसिंह गाउँपालिका–५ का श्याम जोशी बताउँछन् ।
डोटीमा बडिकेदार, जोरायल, केआइसिंह तथा बोगटान फुड्सिल गाउँपालिका सुन्तला, कागती, अमिलो, गहत, मास तथा भटमास उत्पादन हुने क्षेत्रका रुपमा चिनिँदै आएका छन् । उत्पादन क्षेत्र नजिक सङ्कलन केन्द्र, बजार, यातायात तथा बजारीकरणको अभावले किसानले उत्पादन गरेका मौसमी तथा बेमौसमी फलफूल तथा तरकारी खेर जाने अवस्थामा पुग्न थालेका कारण उत्पादित वस्तुको बजारीकरणका लागि पहल गर्न किसानले माग गरेका छन् ।
कृषि उपज सङ्कलन केन्द्रको अभाव र बजारीकरणको समस्याका कारण उत्पादन हुने सुन्तला, कागती, जुनारका अलावा, अदुवा, बेसार, लसुन, अमिलो, भटमासलगायतका कृषि उपजले उचित मूल्य नपाउने समस्या रहेको किसानकोे भनाइ छ । डोटीमा मात्रै वार्षिक रु एक करोड मूल्य बराबर सुन्तला, मौसमी र कागती बिक्री वितरण हुने गरेको अनुमान गरिन्छ ।
सुन्तला कागतीलगायतका कृषि उपजको बजारीकरण गर्न तथा उत्पादन हुने ठाउँमा नै सङ्कलन केन्द्रको व्यवस्थापनका लागि पहल भइरहेको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । “उत्पादित क्षेत्रमा कृषि उपज सङ्कलन केन्द्रका लागि विषेश पहल भइरहेको छ”, उनले भने, “उत्पादित बस्तु कुहिएर खेर जान दिदैनौँ ।”
निगालीको सुन्तला कैलालीको पहिचान
डोटीको दक्षिणी सीमासँग जोडिको कैलालीको चुरे पहाडको निकाली क्षेत्रले स्वादिलो सुन्तलाका लागि छुट्टै पहिचान बनाएको छ । खानमा निकै स्वादिलो हुने विशेषताका कारण निगालीको सुन्तलाले कैलालीको पहिचान बनाएको हो । तराईका शहर बजारका उपभोक्ताका लागि निगालीको सुन्तला पहिलो रोजाइमा पर्ने गरेको छ ।
निगालीमा उत्पादन हुने सुन्तला निकै स्वादिलो हुने भएकोले यसले कैलालीको पहिचान बनाएको स्थानीय प्रेम आचार्य बताउनुहुन्छ । सुन्तलाका बगैँचामा वर्षेनी सुन्तला थोकमा खरिद गर्ने व्यापारी पुग्ने गरेका भए पनि यस वर्ष कोरोनाको जोखिमका कारण व्यापारीको चहलपहल बढ्न नसकेको बताइएको छ ।
एउटै रुखमा पाँच क्वीन्टलसम्म सुन्तला फल्ने गरेको निगाली क्षेत्रमा मात्रै वार्षिक १०० टन भन्दा बढी सुन्तला उत्पादन हुने गरेको स्थानीय किसानको भनाइ छ । समयमै वर्षा नभएको वर्ष सुन्तलाको बोटका हाँगा पहेँलो भई सुक्ने र दानामा दाग लाग्ने रोगको समस्या पनि बेलाबखत देखिने गरेको छ ।
कैलालीको चुरे गाउँपालिकाको निगालीसहित आसपासका सहजपुर र खैराला क्षेत्रलाई सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । कृषि ज्ञान केन्द्रले स्थानीय किसानलाई विभिन्न प्राविधिक लगायतको सहयोग पुर्याउँदै आएको छ । व्यापारी तथा उपभोक्ता माझ निगालीको सुन्तलाको माग बढ्दै गएसँगै सो क्षेत्रमा वर्षेनी सुन्तलाखेतीको विस्तार पनि हुन थालेको छ ।
अहिले निगालीमा मात्रै व्यावसायिक रुपमा सुन्तलाखेती गर्ने किसान २०० भन्दा बढी पुगेका छन् । आफ्नो खेतमा ५३२ बोट सुन्तला रोप्नु भएका किसान आचार्यले भने, “एक किसानले वर्षमा सुन्तला बिक्रीबाट मात्रै कम्तीमा रु ५० हजारदेखि बढीमा रु छ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।”
उत्पादन क्षेत्रमा थोकमा प्रति क्वीन्टल रु पाँच हजारदेखि रु छ हजारमा खरिद बिक्री हुने सुन्तला धनगढी, अत्तरियालगायतका बजार क्षेत्रमा व्यापारीले प्रतिकिलो रु ११० देखि रु १२० मा बिक्री गर्ने गरेका छन् । अन्यत्रबाट ल्याइएको उन्नत जातको सुन्तला भन्दा स्थानीय जातको सुन्तला स्वादिलो एवं मिठो हुने हुँदा स्थानीय किसान आफै स्थानीय जातको सुन्तलाको बीउ तयार गरेर बोट रोप्ने गरेका बताइन्छ । सिद्धराज भट्ट/बिमलबहादुर विष्ट,रासस
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...