बैशाख २९, २०८०
संयुक्त अरब अमिरात (यूएई) का सईद राशेल अलमहैरी पुस्तक प्रकाशित गर्ने सबभन्दा कान्छा उमेरका व्यक्ति बनेका छन् । जम्मा ४ वर्ष २१८ दिन पुगेका सईदले दी एलिफेन्ट सईद यान्ड द बीयर नामक बालपुस्तक निकालेका छन् ।...
समाचारको शीर्षक पढेरै तपाई अचम्ममा पर्नुहुनेछ । आजसम्म यस्ता घटना सायदै कसैले सुनेको थियो होला ।
हाम्रो छिमेकी देश भारतमै यस्तो मशानघाट छ । जहाँ एकतर्फ चिता जलिरहेको हुन्छ, अर्कोतर्फ यौनकर्मी नृत्यमा मदहोस हुन्छन् ।
मणिकर्णिका मशानघाट यूपीको काशीमा छ । काशीका ८४ घाटमध्ये मणिकर्णिका सबैभन्दा मूख्य रुपमा अगाडि आउँछ ।
बताइन्छ कि यहाँको चिताको आगो कहिल्यै शान्त हुँदैन । किनकी कुनै न कुनैबेला यहाँ चिता जलिरहेकै हुन्छ ।
यसकारण नाच्छिन् यौनकर्मी
वास्तवमा मणिकर्णिका घाटमा वर्षमा एक पटक उत्सव हुन्छ । यो उत्सव चैत्र महिनाको नवरात्रीको सप्तमीमा हुन्छ ।
यो महोत्सवमा खुट्टामा घुँघरु बाँधेर नगर बधु, यौनकर्मी, नटराजको मूर्ति अगाडि रातभर नृत्यु गर्दछिन् । यो अनौठो साधना महत्सवको एक महत्वपूर्ण हिस्सा हो ।
मशानमा तिव्र आवाजको संगीतमा रातभर नाच्नु गाउनु सँधै एक चर्चाको विषय रहिआएको छ ।
सयौं वर्षदेखि चलिआएको छ परम्परा
मान्यताअनुसार यो महत्सव सदियौंदेखि चलिआएको छ । भनिन्छ नगरबधु या यौनकर्मी यसकारण नटराजको मूर्ति अगाडि नाच्छिन् कि अघिल्लो जन्ममा उनीहरु आफू नगरबधु नै बन्नु पाउँन् ।
सदियौं पहिले अकबरकालमा आमेर राजा सवाई मानसिंहका तर्फबाट त्यसबेलाकी मशहुर नर्तकीलाई दरबारमा कार्यक्रम प्रस्तुतिका लागि बोलाइएको थियो ।
मानसिंहले नै १५८५ मा मशान नजिक मन्दिर बनाएका थिए । मन्दिर मशानको बीचमा हुनाले कलाकारले त्यहाँ नृत्यका लागि अस्वीकार गरे ।
तर, राजाका तर्फउबाट पूरै शहरमा कार्यक्रमको घोषणा गरिएको थियो ।
यस्तोमा राजाले पूरै शहरका बदनाम गल्लीबाट नगरबधु र यौनकर्मीलाई बोलाए । जसले पूरै रात जमिन थर्काए । यसपछि नै यो परम्परा चलिआएको बताइन्छ ।
यस्तो पनि मान्यता
अर्को मान्यताअनुसार भगवान विष्णुले पनि हजारौं वर्षसम्म यही घाटमा भगवान शिवको आराधना गरेका थिए ।
विष्णुले शिवसँग वरदान मागे कि शृष्टिको विनासका समयमा काशीलाई नष्ट नगरियोस ।
भगवान शिव र माता पार्वती विष्णुको प्रार्थनाबाट प्रशन्न हुँदै काशी आएका थिए । त्यसबेलादेखि नै यहाँ मोक्ष प्राप्ती हुने मान्यता छ ।
संयुक्त अरब अमिरात (यूएई) का सईद राशेल अलमहैरी पुस्तक प्रकाशित गर्ने सबभन्दा कान्छा उमेरका व्यक्ति बनेका छन् । जम्मा ४ वर्ष २१८ दिन पुगेका सईदले दी एलिफेन्ट सईद यान्ड द बीयर नामक बालपुस्तक निकालेका छन् ।...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...