मन्त्रिपरिषद् पुनर्गठन छिट्टै– प्रवक्ता ज्ञवाली

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली पक्षको नेकपाका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् । 


Advertisement

‘मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ, केन्द्रीय कमिटी बैठक सकिएपछिको पहिलो काम यही हुन्छ,’ बिहीवार बालुवाटारमा बसेको नेकपा केन्द्रीय समितिको बैठकपछि ज्ञवालीले भने । 

प्रतिनिधि सभा विघटनको भोलिपल्ट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका ७ मन्त्रीले राजीनामा गरेका थिए । 

रिक्त ७ स्थानमा नयाँ मन्त्री थपेर पुनर्गठनको तयारी भएको नेकपा स्रोतले बतायो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्