२६ जेठ २०८३, मंगलबार

भारतले भियतनामसँग संयुक्त जलसेना अभ्यास गर्ने, चीन सतर्क

पुस १०, २०७७
भारतले भियतनामसँग संयुक्त जलसेना अभ्यास गर्ने, चीन सतर्क

चीनसँग लामो समयदेखि सीमाविवाद चलिरहेको सन्दर्भमा उसलाई सन्देश दिन भारतले दक्षिण चीन सागरमा भियतनामसँग संयुक्त जलसेना अभ्यास गर्ने भएको छ । 

भारतका जलसेना अधिकृतहरूका अनुसार, शनिवार र आइतवार भारत र भियतनामबीच सम्पर्क तथा सहयोगसम्बन्धी अभ्यास हुनेछ । 

भारतीय जलसेनाको आईएनएस किल्टन नामक जहाजले मध्य भियतनाममा बाढी प्रभावित मानिसहरूलाई राहत सामग्री लिएर गएको छ । फर्किंदा ऊ यस अभ्यासमा सहभागी हुनेछ । 

भारतको रक्षा मन्त्रालयले आईएनएस किल्टनले १५ टनभन्दा बढी राहत सामग्री लिएर बिहीवार हो ची मिन्ह शहरको ना रंग बन्दरगाह पुगेको छ । त्यहाँबाट निस्केर जहाज २६ र २७ डिसेम्बरमा दक्षिण चीन सागरमा भियतनामी जलसेनासँग सम्पर्क र सहयोग सम्बन्धी अभ्यासमा भाग लिने भएको छ । 

चीनले दक्षिण चीन सागरमा सैन्य उपस्थिति बढाइरहेको बेलामा यो अभ्यास हुनु अर्थपूर्ण रहेको विश्लेषकहरू बताउँछन् । उक्त क्षेत्रमा चीनले कृत्रिम टापुहरू बनाएर लडाकू जेट र क्षेप्यास्त्र तैनाथ गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्