२६ जेठ २०८३, मंगलबार

निर्वाचन आयोगले भन्यो– ‘नेकपा विवादमा न्यायोचित निर्णय गर्छौं’

निर्वाचन आयोगले भन्यो– ‘नेकपा विवादमा न्यायोचित निर्णय गर्छौं’

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता विवादमा न्यायोचित निर्णय गर्ने बताएको छ ।

ऐनले दिएको अधिकार प्रयोग गरी तोकिएको अवधिमै विवादको निरुपण गर्ने आयोगले बताएको हो । 

आधिकारिकता दाबी गर्दै आयोग पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरूसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको अवधिअगावै विवादको निरुपण गर्ने विश्वास दिलाएका हुन् । 

‘निर्वाचन आयोगले यसलाई प्रचलित कानूनको परिधिभित्र रही अत्यन्तै न्यायोचित निर्णय दिनुपर्छ भन्ने कुरामा म यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु,’ थपलियाले भने । 

आयोगमा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले २०४७ सालमा बडो कष्टका साथ सूर्य चिह्न आफूहरूले पाएको भन्दै आयोगले विवेकसम्मत र न्यायोचित निर्णय गर्ने विश्वास लिए । 

त्यसअघि प्रचण्ड–नेपाल लगायतका नेताहरू माइतीघर मण्डलाबाट हिँड्दै निर्वाचन आयोग पुगेका थिए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पनि आधिकारिकता दाबी गरेपछि नेकपा विवाद निर्वाचन आयोगमा पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्