×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि परेको छ । सरकारको सिफारिशमा एक साताअघि राष्ट्रपतिद्वारा संसद् विघटन भइसकेको अवस्थालाई लिएर कांग्रेसभित्र दुई धार विकसित भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर गैरसंवैधानिक काम गरेकोमा कांग्रेसमा दुईमत छैन । तर वैशाख १७ र २७ गते गरी दुई चरणमा चुनाव घोषणा भइसकेको अवस्थामा कांग्रेस आन्दोलनमा अल्मलिन नहुने मत बलियो बन्दै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी नेपालको शासन प्रणाली कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच चेक एण्ड ब्यालेन्सको सिद्धान्तमा आधारित रहेकाले न्यायपालिकामा प्रवेश गरेको विषयलाई लिएर कांग्रेसले सडक तताउन नहुने धारणा राख्छन् ।  


Advertisment
Nabil box
Kumari

'ओलीले गैरसंवैधानिक तरिकाले संसद् विघटन गरेका हुन्,' भण्डारीले लोकान्तरसँग भने, 'सरकारले चालेको कदम न्यायपालिकामा प्रवेश गरिसकेपछि त्यसको फैसला कुर्ने धैर्यता राख्नुपर्छ । यदि न्यायपालिकाले गरेको फैसलामा असन्तुष्टि देखिने हो भने जनतामा जानुपर्‍यो । लोकतन्त्रमा जनता नै सबैभन्दा ठूलो न्यायपालिका हो ।'

Vianet communication
Laxmi Bank

गत बुधवार बसेको कांग्रेसको केन्द्रीय समिति बैठकमा पछिल्लो अवस्थालाई लिएर चर्काचर्की नै भएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाबीच आन्दोलनमा जाने कि निर्वाचनको तयारी गर्ने भन्नेमा बहस भएको थियो ।

देउवा अदालतले फैसला नगर्नेबेलासम्म चुप बस्ने मनस्थितिमा देखिएका छन् भने पौडेल किन्तुपरन्तु नभनीकन सडक आन्दोलनको नेतृत्व गर्नुपर्ने पक्षमा देखिएका छन् ।

यद्यपि शुक्रवार बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका पक्षमा निर्णय गर्‍यो । बैठकले पुस १३ गते सोमवार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद् विघटनका विरुद्धमा प्रदर्शनमा गर्ने निर्णय गरेको थियो ।

ओलीसँगको हिमचिमपछि, नैतिक संकटमा देउवा

केन्द्रीय समिति बैठकमा आन्दोलनको मोर्चा सम्हाल्नुपर्छ भन्ने चर्को आवाज आएपछि देउवा १३ गते देशव्यापी प्रदर्शन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हुन् । कांग्रेसभित्र सभापति देउवा र प्रधानमन्त्री ओलीबीच हिमचिम बढेको चर्चा चल्ने गरेको छ ।

'प्रधानमन्त्री र राष्ट्रपति दुवैले गैरसंवैधानिक क्रियाकलाप गरिसकेपछि कांग्रेस निशर्त आन्दोलनमा जानुपर्थ्यो,' पौडेल पक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, 'तर कुन्नी किन हो, हाम्रो सभापति आन्दोलनको नाम नै लिन चाहनुहुन्न । ओलीसँगको बढ्दो हिमचिमपछि उहाँले आफूलाई प्रतिपक्षी होइन, सत्तापक्षी नै ठान्न थाल्नुभएको हो कि !'

उनले राजनीतिक दल आन्दोलनबाट नै माथि उठ्ने हुनाले कांग्रेसले सडक कब्जाको रणनीति अपनाउनुपर्ने बताए । 'नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक दल, संविधानको निर्माता र रक्षक कांग्रेस हो,' उनले भने, 'संविधानमाथि अतिक्रमण हुँदा कांग्रेस नबोले को बोल्ने हो ?'

ओलीले कतिपय संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि देउवानिकटका व्यक्ति छनोट गरिसकेका छन् । त्यसैले देउवालाई ओलीविरुद्ध सडकमा उत्रन नैतिक संकट परेको छ भने आन्दोलनको नेतृत्व गर्नुपर्ने दबाब पनि पार्टीभित्रैबाट आएको छ ।

देउवाको त्यो संसद् विघटनको सिफारिश, जसबाट पूरै देशले पीडा भोग्यो !

संसद् विघटनपछि देश कहाँसम्म पुग्छ र दु:ख पाउँछ भन्ने प्रश्नको सही जवाफ देउवाबाहेक अरू कसैले दिन सक्दैन ।

२०५९ साल जेठ ८ गते राति त्यतिबेलाका प्रधानमन्त्री देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहसमक्ष प्रतिनिधिसभा विघटन सिफारिश गरेका थिए ।

कारण उही थियो, पार्टीभित्रको आन्तरिक किचलो ।

अहिलेको संसद् विघटनको कारकतत्वका रूपमा ओलीले पनि पार्टीको आन्तरिक किचलोलाई नै देखाउँदै आएका छन् ।

पार्टीकै अर्को पक्षलाई तह लगाउन सकिने निष्कर्षका साथ देउवाले संसद् विघटन गरेपछि राजाले प्रत्यक्ष शासन आफ्नो हातमा लिएका थिए ।

निर्वाचित सरकारलाई अपदस्त गर्नुका साथै ज्ञानेन्द्रले जनताका मौलिक हकको समेत अपहरण गरेका थिए, त्यसबाट पार पाउन देशले जनआन्दोलनको सहारा लिनुपरेको थियो ।

कांग्रेस वृत्तमा देउवाको त्यो चरित्र र ओलीको अहिलेको चरित्र उस्तै भएकाले देउवा चुप बसेको हुन सक्ने लख काटिएको छ । यसबारेमा कांग्रेसका नेताहरूले प्वाक्क मुख फोर्न नसके पनि भित्रभित्र कुरा गरिरहेका छन् ।

प्राथमिकता आन्दोलन कि चुनावको तयारी ?

प्रधानमन्त्री ओलीले कांग्रेसभित्र अन्तरविरोध पैदा गर्ने हिसाबले नै अबको ४ महिनामा चुनाव गर्ने प्रस्तावका साथ संसद् विघटन सिफारिश गरेका हुन् भन्नेमा कांग्रेस प्रस्ट रहेको पूर्वमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी बताउँछन् ।

निर्धारित मिति (फागुन ७,८ र ९ गते) महाधिवेशन हुन नसक्नेमा कांग्रेसका नेताहरू ढुक्क छन् तर मिति परिवर्तन भने गरिएको छैन । देउवाले संकटकालीन अवस्थालाई देखाएर आफ्नो कार्यकाल थप लम्ब्याउने चलखेल गरेको आरोप वरिष्ठ नेता पौडेलले यसअघि नै लगाइसकेका छन् ।

वैशाखमा आम निर्वाचनको मिति घोषणा भएपछि कांग्रेसभित्र पहिल्यै देखिएको अन्तरविरोध थप घनीभूत भएर आएको छ ।

निर्वाचनको तयारी नगरीकन आन्दोलनमा जाने हो भने ठूलो लोकतान्त्रिक दल जनतासँग डराएको सन्देश जाने र निर्वाचनको तयारी गर्ने हो भने ओलीले चालेको असंवैधानिक कदमलाई वैधता दिएको सन्देश जाने दुई थरी अन्तरविरोधमा कांग्रेस फसेको छ ।

केन्द्रीय सदस्य जोशी भन्छन् – 'ओलीको कदमविरुद्ध निशर्त आन्दोलनको मोर्चा सम्हाल्नुपर्छ । निर्वाचन हुने भो भने निर्वाचनमा पनि जानुपर्छ । तर अहिलेको प्राथमिकता आन्दोलन हो ।'

कांग्रेसले १९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । आन्दोलन कि निर्वाचन तयारी ? भन्ने प्रश्नमा थप छलफल १९ गते बस्ने केन्द्रीय समितिमा हुने मुख्य सचिव कृष्ण पौडेल बताउँछन् ।

'कांग्रेसले आन्दोलनमा जाने भनेर निर्णय गरिसकेको छ,' पौडेलले लोकान्तरसँग भने, 'निर्वाचनको तयारी पनि सँगसँगै गरेर अघि बढ्नुपर्ने विषयमा कुराकानी भइरहेको छ । यसबारेमा १९ गते बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुन्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x