×

NMB BANK
NIC ASIA

लोकान्तर खोज

वडाध्यक्षकै सिफारिशमा खतरनाक जालसाजी, जीवित व्यक्तिको मृत्युदर्ता बनाएर जग्गा बिक्री !

पुस १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोही मानिस जीवित नै छ, तर ऊ मरिसकेको भनेर सरकारी कागजात तथा अभिलेखमा प्रमाणित गरिदियो भने के हुन्छ ? अझ उनको नाममा कायम रहेको जग्गा जमिन पनि उनको मृत्यु भएको भन्दै अन्य मानिसहरूको नाममा मालपोत कार्यालयबाट रजिस्ट्रेसन नै पारित भयो भने के हुन्छ ? त्यो त असम्भव हो, पत्याउन सकिने कुरा नै हुन्न । तर, त्यस्तो असम्भव चिज पनि धनुषामा सम्भव भएको छ ।  

Muktinath Bank

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ की पद्माकुमारी कार्की अहिले पनि जीवित नै छन् । तर, उनी भौतिक रूपमा जीवित रहेपनि सरकारी कागजातमा भने उनको मृत्यु भइसकेको भन्दै स्थानीय तहले मृत्युदर्ताको प्रमाणपत्र नै जारी गरिदिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यति मात्र होइन, उनको नाममा रहेको जग्गा समेत भूमिसुधार तथा मालपोत कार्यालय धनुषाबाट अनाधिकृत व्यक्तिहरूको नाममा नामसारी समेत भइसकेको छ । एक जना मात्र होइन उनको नामको जग्गा अनाधिकृत व्यक्तिलाई सन्तान बनाएर रजिस्ट्रेसन पारित गरिएको छ र फेरि ती अनाधिकृत मानिस जो उनका हकवाला सन्तान बनेर आफ्नो नाममा जग्गा नामसारी गराएका थिए, उनीहरूले अन्य तेस्रो व्यक्तिलाई समेत जग्गा बिक्री गरेर नामसारी गरिदिएका छन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ लबटोली बस्ने पद्माकुमारी कार्कीको नाममा रहेको १४ कठ्ठा १० धुर जग्गा भूमिसुधार तथा मालपोत कार्यालय धनुषाबाट २०७७ साल असार १४ गते दुर्गा माया तथा शिवनकुमारी खत्रीको नाममा संयुक्त नामसारी गरिएको छ ।

उनीहरूको नाममा आएको उक्त जग्गा २०७७ साल भदौ २२ गतेमा ताप्लेजुङ चारसीबोट– ६ बस्ने बुद्धिमान लिम्बूको नाममा लिखत पारित गरिएको छ । जबकि जग्गाधनी पद्माकुमारी कार्की अहिले पनि जीवित नै छिन् तर पनि उनको मृत्युदर्ता प्रमाणपत्र समेत स्थानीय गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ७ र ८ का वडाध्यक्षहरूले सिफारिस गरेको आधारमा मालपोत कार्यालयले रजिस्ट्रेसन गरिदिएको रहस्य खुलेको छ । 

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका कार्यालय प्रमुख वासुप्रसाद कोइरालाका अनुसार गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ७ र वडा नम्बर ८ का वडाध्यक्षसहित सरजमिन मुचुल्कामा संलग्न व्यक्तिहरू, लिखत पारित गरिदिने र लिने, वारेस तथा लेखापढी व्यवसायी समेतले कीर्ते कागजातहरू तयार गरी गैरकानूनी तरिकाबाट उक्त कीर्ते काम गराएका हुन् ।

गैरकानूनी काममा संलग्न भएका सबै व्यक्तिहरूलाई आवश्यक कानूनी कारवाही गर्नका लागि २०७७ मंसिर १९ गते नै जिल्ला प्रहरी कार्यालय धनुषालाई लिखित रूपमा पत्र पठाइसकेको कोइराला बताउँछन् । 

यसरी भयो जालझेल तथा कीर्ते  

कोइरालाका अनुसार गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ८ गरी दुवैै वडामा पद्माकुमारी कार्की नामका व्यक्ति छन् । वडा नम्बर ८ की पद्माकुमारी कार्कीको श्रीमान (पति) केदारबहादुर कार्कीको मृत्यु भइसकेको छ । त्यसैगरी वडा नम्बर ७ मा बस्ने पद्माकुमारी कार्कीको पनि श्रीमान (पति) कृष्णबहादुर कार्कीको मृत्यु भइसकेको छ । दुवै पद्माको श्रीमान्को मृत्यु भएको भनेर दुवै वडाका वडाध्यक्षहरूले मृत्युदर्ता प्रमाणपत्र समेत जारी गरेका छन् । 

वडा नम्बर ७ बस्ने पद्माकुमारी कार्कीको मृत्यु भएको छैन तर वडा नम्बर ८ की पद्माकुमारी कार्कीको भने मृत्यु भइसकेको छ ।  वडा नम्बर ८ की पद्माको मृत्यु २०७५ मंसिर ८ गते भएको, उनको श्रीमान केदारबहादुर कार्कीको मृत्यु २०६६ भदौ २३ गते भएको तथा उनका जेठो छोरा राम कार्कीको २०७७ जेठ १ गते मृत्यु भएको तथा कान्छो छोरा विजय कार्कीको समेत २०६८ वैशाख २८ गते मृत्यु भएको भनेर वडा नम्बर ८ का वडाध्यक्ष तथा वडासचिवले मृत्यु दर्ताको प्रमाणपत्र जारी गरेका छन् ।

त्यसपछि मृतक पद्माको हक पाउने भनेर उनकी जेठी बुहारी दुर्गा माया र कान्छी बुहारी शिवनकुमारी खत्रीले उक्त जग्गाको नमसारीका लागि मालपोत कार्यालयमा २०७७ असार १४ गते निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा मृतक पद्माका नाति युवराज कार्कीले समेत उक्त जग्गा आफ्नो आमा दुर्गा माया र काकी शिवनकुमारी खत्रीको नाममा गर्न मञ्जुरनामा गरेका थिए ।

त्यसका साथै गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गणेशकुमार सिंहले २०७७ चैत ९ गते मृतक पद्माका श्रीमान केदारबहादुर कार्की र निजको गाउँका कृष्णबहादुर कार्की नाम गरेका व्यक्ति अरू कोही नभएर एउटै व्यक्ति रहेको भनेर प्रमाणित गरेर जग्गा नामसारी गरिदिनका लागि सिफारिश सहितको पत्र मालपोतमा पुगेको थियो । जबकि उक्त नाता प्रमाणित नै गलत थियो । ती दुवै व्यक्ति फरक–फरक हुन् ।

केदारबहादुर कार्की वडा नम्बर ८ की मृतक पद्माका मृतक श्रीमान हुन् भने कृष्णबहादुर कार्की वडा नम्बर ७ की जीवित पद्माकी मृतक श्रीमान हुन् । 

वडाध्यक्ष सिंहले गरेको सिफारिशका आधारमा मालपोत कार्यालयले वडा नम्बर ७ की पद्माको जग्गा वडा नम्बर ८ की मृतक पद्माको दुईजना बुहारीहरू दुर्गामाया र शिवनकुमारी खत्रीको नाममा २०७७ साल असार १४ गते नामसरी गरेको थियो । यसरी ती दुईजना महिला तथा वडाध्यक्ष सिंहले किर्ते कागजात तयार पारेर भूमिसुधार कार्यालयबाट अरुको सम्पाति आफ्नो नाममा नामसारी गराउन सफल भएका थिए । 

नामसारी गराउने बेला वडाध्यक्ष सिंह मालपोत कार्यालयमा समेत आफैं उपस्थित भएर दुवै नाम भएको व्यक्ति एकै रहेको तथा वडा कार्यालयबाट त्यसअघि भएका सम्पूर्ण सिफारिसहरू पनि सही हो भनेर बताएका थिए ।  त्यसपछि ती दुवै महिलाले फेरि उक्त जग्गा ताप्लेजुङका बुद्धिमान लिम्बूको नाममा २०७७ भदौ २२ गते अधिकृत वारेसनामामार्फत् नामसारी गराएका थिए ।

जग्गा खरिद गरेका ताप्लेजुङका लिम्बूले उक्त जग्गाको स्वामित्व लिन गएपछि मात्र उक्त जग्गा उनको नभएर वडा नम्बर ७ की पद्माकुमारी कार्कीको रहेको भन्ने कुरा खुलेको थियो । जीवित पद्मा कार्कीका कान्छो छोरा सदनकुमार कार्कीले विरोध गर्दै उक्त जग्गा आफ्नो भएको, आफूले कहिल्यै बिक्री नै नगरेको भनेर प्रतिवाद गरेपछि मात्र वडा नम्बर ८ की पद्माकुमारी कार्कीका बुहारीहरूले कीर्ते कागजात तयार पारेर मालपोत कार्यालयबाट नामसारी गराउन सफल भएको खुलेको थियो ।

त्यसपछि २०७७ मंसिर १४ गते सदनकुमार कार्कीले उक्त जग्गा जालसाजी तथा छल गरी अन्यत्र नामसारी गरेको हुँदा उक्त जग्गा कुन व्यक्तिले नामसारी गराई लगेको हो सोको खोज तलासी र अनुसन्धान गरी जग्गा रोक्का गरी जग्गा बदर गरी पाउन भन्दै मालपोत कार्यालयमा निवेदन दर्ता गराएका थिए । 

‘उक्त निवेदन आएपछि के भएको रहेछ भनेर छानबिन गर्दा वास्तवमा गलत भएको रहेछ भन्ने कुरा अनुसन्धानबाट पनि खुल्यो,’ मालपोत प्रमुख कोइरालाले लोकान्तरसँग भने, ‘जब हामीले छानबिन गर्न थाल्यौं त्यसपछि वडाध्यक्ष सिंहले २०७७ मंसिर १६ गते गाउँमा हल्लाखल्ला भएपछि मात्र उक्त जग्गा वडा नम्बर ७ की पद्माकुमारी कार्कीको भएको तथा भूलवश उक्त सिफारिश गरिएको भनी कानूनबमोजिम कारबाही गरी उक्त जग्गा रोक्का राख्न सिफारिश पठाएका थिए ।’ 

उक्त नामसारी निर्णयमा कानून अनुसार चाहिने सबै कागजात, निवेदकले पेश गरेको कागजात, मञ्जुरनामा, मृत्युदर्ता प्रमाण पत्र सहित वडाध्यक्षले पठाएको सिफारिशका साथ पूर्व सिफारिशहरू समेत सही रहेको भनेर वडाध्यक्ष सिंहले कार्यालयमा आफैं उपस्थित भएर स्वीकार गरेको आधारमा मालपोत कार्यालयले रजिस्ट्रेसन गरेको कोइराला बताउँछन् । 

वडा नम्बर ८ र ७ का वडाध्यक्षहरूले गरेको सिफारिस, मुचुल्का संलग्न व्यक्तिहरू तथा नाता प्रमाणित प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र जारी गरिएका व्यक्ति यस कार्यालयबाट झूटो जालसाज सरोकारवाला भई श्रेस्ता उतारको प्रतिलिपि लिने व्यक्ति तथा २०७७ साल भदौ २२ गतेमा लिखत पारित गरी जग्गा लिने, दिने र अधिकृत वारिस समेतलाई प्रचलित कानूनबमोजिम कडा कारवाही गरी पाऊँ भनेर मालपोत धनुषाका ८ जना कर्मचारीहरूले संयुक्त रूपमा २०७७ मंसिर १९ गते मलपोत अधिकृतलाई प्रतिवेदन बुझाएका छन् ।

उक्त प्रतिवेदनका आधारमा जग्गा रोक्का राखी संलग्न सबैलाई कारवाही गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा लिखित पत्र नै पठाएको कोइरालाले बताए । 

उक्त पत्रका आधारमा प्रहरीले छानबिन शुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार उक्त घटनाको अनुसन्धान तथा छानबिन जारी छ ।

‘प्रतिवादीहरू सबैको पहिचान भइसकेको छ, प्रतिवादी धेरैजना छन्, सबै अहिले फरार भएका छन्,’ मिश्रले लोकान्तरसँग भने, ‘संगठित अपराध तथा ठगी समेत गरेर दुईवटा फरक–फरक मुद्दा दर्ता भएर छानबिन जारी छ, फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरीलाई व्यापक रूपमा परिचालन गरिएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x