२६ जेठ २०८३, मंगलबार

अज्ञात समूहले गर्‍यो मोटरसाइकल र टौवामा आगजनी

पुस १३, २०७७
अज्ञात समूहले गर्‍यो मोटरसाइकल र टौवामा आगजनी
प्रतिकात्मक तस्वीर

लमजुङ बेंसीशहर नगरपालिका–२ मा अज्ञात समूहले छुट्टाछुट्टै २ मोटरसाइकल र २ वटा परालका टौवामा आगजनी गरेको छ ।

बोजबहादुर बरालको ग८प ९३३७ र सूर्यनाथ बराललको ग५प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा सोमवार बिहान आगजनी भएको छ ।   

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सूर्यनाथकै ग१ख २४७२ को बेंसीशहर नारायणगढ चल्ने माइक्रो बसमा समेत आगजनीले  सामान्य क्षति पुर्‍याएको जानकारी दिए । 

मोटरसाइकल जल्दै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले देखेपछि आगो तत्काल नियन्त्रणमा लिन सफल भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्