×

NMB BANK
NIC ASIA

गत पुस ५ गते मन्त्रिपरिषद् बैठकबाट संसद् विघटनको सिफारिश लिएर बालुवाटारको बैठक हलबाट प्रधानमन्त्री बाहिर निस्किँदा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ओलीलाई कुरिरहेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

संसद् विघटनको सिफारिश भइसक्यो भनेर भित्र रहेका एक मन्त्रीले फोनमा म्यासेज गरेर प्रचण्डलाई पहिल्यै जानकारी गराएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निराश बनेर बाहिर कुरिरहेका प्रचण्डले ओलीलाई देख्नेबित्तिकै जुरुक्क उठेर भने – 'यत्रो अविश्वास किन कमरेड ? हामीसँग मिल्नुपर्ने सबै कारणहरू सकिइसकेका हुन् ?'


Advertisment
Nabil box
Kumari

ओलीको अनुहार पनि मलिन नै थियो । 'तपाईंहरूले मलाई घेराबन्दीमा पार्नुभयो । हामी मिल्नुपर्ने एउटा कारण बाँकी छ, त्यो हो निर्वाचन ! अब मिलेर चुनाव लडौं ।'

Vianet communication
Laxmi Bank

प्रचण्डले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिश नगर्न आग्रह गरे, तर ओलीले सुनेनन् । ओली राष्ट्रपति निवास लागे, प्रचण्ड आफ्नै निवास खुमलटार फर्के ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको सिफारिश आएको केही घण्टामै लालमोहर लगाइदिइन् । संसद् विघटनको सिफारिशमा लालमोहर लागिरहँदा यता बालुवाटारमा भने प्रचण्ड-नेपाल पक्षका बहुमत स्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको थियो ।

बालुवाटारमै बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीबाट कारवाही गर्ने निर्णय गर्‍यो । बालुवाटारमै एक भएको पार्टी बालुवाटारबाट नै विभाजित बन्यो ।

पार्टी एक रहँदा फूटका कारणहरू केलाएर दिन काट्ने नेकपाका 'कमरेड'हरू अब पार्टी विभाजित भएपछि कसरी एक हुन सकिएला भन्ने बहसमा व्यस्त देखिन्छन् । उपाध्यक्ष वामदेव गौतम अझै पनि पार्टीलाई एक राख्न सकिन्छ कि भनेर दुवै पक्षतिर खुलेका छैनन् । आफ्नो पक्षधरता स्पष्ट पारिसकेका केही नेताहरू पार्टीलाई पुनः जोड्ने कडी खोज्न थालेका छन् ।

निर्वाचनले नेकपा जोड्ला त ?

संसद् विघटनको सिफारिश गरेपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई निर्वाचनले मात्र नेकपा एक राख्न सक्ने तर्क गरेका थिए । त्यसो भए वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचनमा नेकपाका दुवै पक्ष मिलेर लड्ने सम्भावना छ त ?

प्रचण्ड-नेपाल पक्ष ओलीसँग निर्वाचन गराउने नियत नै नभएको बुझाइमा छ ।

'जम्मा ४ महिनाको समय तोकिएको छ, तयारी छैन । कोरोना महामारी हटिसकेको छैन । निर्वाचनका लागि बजेट चाहिने होला, कहाँबाट व्यवस्था गर्ने हो ? यी सबै कुराहरू विश्लेषण गर्दा ओली निर्वाचन होइन, थप प्रतिगामी कदम चालेर सर्वसत्तावादको अभ्यास गर्ने नियतका साथ अघि बढेका छन्,' प्रचण्ड-नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले टिप्पणी गरे ।

उनले निर्वाचन नै नहुने भएपछि निर्वाचनलाई देखाएर एक हुनुपर्ने कुनै कारण नरहेको प्रस्ट पारे ।

तर प्रधानमन्त्री ओलीनिकट मानिने नेता सुवासचन्द्र नेम्वाङ निर्वाचनबाहेक नेकपा जोड्ने रसायन अरू नभएको दाबी गर्छन् ।

'जनतासँग जाँदा मिलेर जाने हो भने नेकपा फुट्दै फुट्दैन नि !' नेम्वाङको तर्क छ, 'नेकपा जोगाउने एकमात्र रसायन निर्वाचन नै हो ।'

चिनियाँ पक्षको दबाब !

आइतवार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ एचै नेतृत्वको ४ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आयो । राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपाललाई उक्त प्रतिनिधिमण्डलले भेट गरिसकेको छ ।

नेकपाको विवादमा चिनियाँ चासो देखिएको यसपटक मात्र होइन । यसअघि पनि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले निकै दौडधूप गरिन् ।

चिनियाँ रक्षामन्त्री वेइ फेङ्गहेले पनि एकपटक नेपालको चक्कर लगाइसकेका छन् । तर नेकपालाई विभाजित हुन नदिन प्रयास गरिरहेको चीन यसपटक असफलजस्तै देखिएको छ ।

आइतवार विशेष विमानमार्फत काठमाडौं आएको ४ सदस्यीय प्रतिनिधिमण्डलको उद्देश्य नेकपालाई फेरि एक बनाउन सकिन्छ कि भन्नेमा केन्द्रित रहेकोमा दुईमत छैन ।

चीनले आधिकारिक रूपमा केही नबोलेपनि नेकपा एक रहेमा मात्र चीनको भू-राजनीतिक स्वार्थको रक्षा हुन सक्ने चीनको बुझाइ रहेको छ ।

स्रोतका अनुसार आज भएको प्रचण्डसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले पार्टी विभाजनको भित्री कारण के रहेछ भनेर थाहा पाउने प्रयास गर्‍यो ।

उनीहरूले नेकपालाई अझै पनि सग्लो शक्तिका रूपमा चीनले देख्न चाहेको सन्देश दिएर खुमलटारबाट बाहिर निस्के । त्यसपछि अर्का अध्यक्ष नेपाल निवास कोटेश्वरमा पुगेको उक्त प्रतिनिधिमण्डलले सोही चासो व्यक्त गरेका थिए ।

तर ओलीपक्षीय नेता नेम्वाङले विदेशी शक्तिकेन्द्रहरूको प्रयासलाई नेकपा जोड्ने 'रसायन'का रूपमा लिन नहुने बताउँछन् ।

'विदेशीहरूको चासो होला, त्यो उनीहरूको कुरा हो । तर आफ्नो थैली राम्रोसँग कस्न सके उनीहरूको चासोअनुसार छुट्टिनु पनि पर्दैन, मिल्नु पनि पर्दैन,' नेम्वाङले लोकान्तरसँग भने ।

सच्चिएर आए स्वागत गर्ने दुवै पक्षको भनाइ 

नेकपा विभाजन नहुँदै अधिकांश नेताहरूले पक्षधरता देखाएका थिए ।

विगत एक वर्षयता भएका बैठक-भेलाहरूमा एउटा पक्षले अर्को पक्षको बद्ख्वाइँ गरिरहेको देख्न पाइन्थ्यो । सामाजिक सञ्जालहरूमा एउटा पक्षले अर्को पक्षलाई भित्तैमा पुग्ने गरी लेख्थ्यो ।

अहिले नेकपाको आधिकारिकता र चुनाव चिह्नसम्बन्धी विवाद निर्वाचन आयोगमा छ । व्यावहारिक रूपमा दुवै पक्षले आ-आफ्नो चुलोचौको सम्हालेको भएपनि नेकपा कानूनी हिसाबले अहिलेसम्म एउटै देखिन्छ ।

दुवै पक्षले 'सच्चिएर आए' स्वागत गर्छौं भनिरहेको छ । बालुवाटारमा बसेको ओलीपक्षको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले प्रचण्ड-नेपाल पक्ष सच्चिएर आए एकजुट हुन सक्ने बताएका थिए भने कार्की ब्याङ्क्वेटमा बसेको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपाल दुवैले ओली सच्चिएर आए स्वागत गरिने वक्तव्य दिएका थिए ।

'गलत गरेको भए पो सच्चिनु ?' प्रचण्डपक्षीय एक नेता भन्छन्, 'आफैं गलत गर्ने । आफैंले संविधानको चीरहरण गर्ने, आफैंले पार्टी विभाजनका लागि ग्राउण्ड तयार गर्ने, अनि हामी सच्चिएर जानुपर्ने ? यो वाहियात तर्क हो ।'

अहिले पनि प्रचण्ड-नेपाल पक्षको नेकपामा ओली केन्द्रीय कमिटीमै रहेका छन् । उनलाई अध्यक्षबाट मात्र कारवाही गरिएको थियो ।

ओली पक्षको नेकपामा प्रचण्डलाई कार्यकारी अध्यक्षबाट मात्र हटाइएको छ ।

नारायणकाजी श्रेष्ठलाई ओली पक्षले प्रवक्ताबाट हटाएको छ । दुवैतिरका बाँकी नेताहरू दुवैतिरको नेकपामा पुरानै भूमिकामा छन् ।

नेकपा एक हुने अन्तिम रसायनसंसद्पुन:स्थपना ?

विघटन भएको संसद्को मुद्दा यतिबेला सर्वोच्चमा विचाराधीन रहेको छ । संवैधानिक इजलासमा संसद् विघटनका बारे गत शुक्रवारदेखि बहस शुरू भइसकेको छ भने सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । अदालतमा विचाराधीन रहेको विषयमा बाहिर सार्वजनिक टिप्पणी गर्नु त्यति वान्छनीय हुँदैन ।

यद्यपि प्रचण्ड-नेपाल पक्षले पुन:स्थापना हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ भने ओली पक्षका नेताहरूले संसद् पुन:स्थापना हुनै नसक्ने दाबी गरिरहेका छन् । यो बीचमा यदि सर्वोच्चले संसद् विघटन असंवैधानिक भएकाले कामकारवाही नियमित रूपमा अघि बढाउने आदेश दियो भने के हुन्छ ?

यो प्रश्नको जवाफ त्यति सहज छैन । तर संसद् पुन:स्थापना हुँदैमा विभाजित नेकपा पुनः एक हुन्छ भन्ने अनुमान पनि त्यति बलियो छैन ।

प्रचण्ड-नेपाल पक्षका एक स्थायी कमिटी सदस्य भन्छन् – 'संसद् पुन:स्थापना भयो भने प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावमार्फत र राष्ट्रपतिलाई महाभियोगमार्फत हटाउने हो । चोइटिएर गएको ओलीपक्षले गल्ती महशुस गर्ने, क्षमा याचना गरेर मूलधारमा नफर्केसम्म स्वीकार्न सकिन्न । संसद् पुन:स्थापना कानूनी विषय हो, नेकपाको विवाद राजनीतिक विषय हो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x