२७ जेठ २०८३, बुधबार

दमकमा यूएनएचसीआरले बनाइदियो खोप केन्द्रको भवन

पुस १४, २०७७
दमकमा यूएनएचसीआरले बनाइदियो खोप केन्द्रको भवन

दमककै विकट मानिने वडा नम्बर ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ ।

दमक–३ का वडाध्यक्ष नवीन बरालका अनुसार यूएनएचसीआरको करीब २९ लाख रुपैयाँको लागतमा ३ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो ।

खोप केन्द्रको भवन बनाउन दमक–३ स्थित नवजागरण टोलको भस्मेका स्थानीयवासी मनमाया तामाङ र छोरा जीवन तामाङले १५ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

नवनिर्मित खोप केन्द्र भवनको सोमबार उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खोप केन्द्रको भवनलाई निकट भविष्यमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

भवन उद्घाटन कार्यक्रममा यूएनएचसीआर दमकका प्रमुख माधव गौतम लगायतको उपस्थिति थियो । वडाध्यक्ष बरालका अनुसार सो खोप केन्द्र स्थापनापछि त्यस भेगका दमक र छिमेकी जिल्ला इलामको चुलाचुलीका स्थानीय करीब ५०० घरधुरीका बालबालिका र भुटानी शरणार्थी बालबालिकालाई नियमित खोप सेवा प्रदान गर्न सहज हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्