२६ जेठ २०८३, मंगलबार

संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै प्रचण्ड–नेपाल पक्ष

संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै प्रचण्ड–नेपाल पक्ष

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेर चुनावको घोषणा गरेको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज मंगलवार देशभर प्रदर्शन गर्दैछ ।

केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले देशव्यापी आन्दोलन गर्न लागेको हो ।

आज बिहान ११ बजेदेखि देशभर विभिन्न ठाउँमा प्रदर्शन हुनेछ ।

राजधानी काठमाडौंका विभिन्न ठाउँमा विरोध स्वरूप जुलुस निस्कने नेकपाका नेताहरूले जनाएका छन् ।

विभिन्न ठाउँका जुलुस भृकुटीमण्डपमा पुगेर नेकपा नेताहरू प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

यसअघि सोमवार नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी (जसपा) ले समेत देशव्यापी प्रदर्शन गरिरहेको छ ।

नेकपाभित्र विवाद चर्किंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्