पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
पुस २४, २०७७
नेपालमा दुई छिमेकी मुलुकले प्रभावका लागि अनेकौं प्रयास गरेको घामजत्तिकै छर्लंग छ । प्रभाव नियन्त्रणको ताजा प्रयास उनीहरूको आफ्नो सुरक्षाका लागि हो भनी बुझ्नुपर्ने हुन्छ ।
ताजा घटनाक्रमलाई लिऊँ । प्रधानमन्त्री केपी ओलीले आफ्नै दलबाट सहयोग नपाएको भन्दै संसद् विघटन गरेपछि नेपालमा संवैधानिक संकटको स्थिति आएको बेलामा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो येचौको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ ।
प्रतिनिधिमण्डल काठमाडौं आउने निश्चित हुनेबित्तिकै भारतीय सञ्चारमाध्यमहरूले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको झगडा मिलाउनका लागि चिनियाँहरू आउन लागेको भनी प्रचार गर्न थाले । विभाजनको सँघारमा पुगेको नेकपालाई एकढिक्का राख्न उनीहरू आउन लागेको भनियो ।
यसैलाई आधार बनाएर उनीहरूले नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढेको भनी टिप्पणी गरे । हुन पनि यसअघि नेकपामा विवाद आउँदा चिनियाँ राजदूत होउ याङ्छीको सक्रियता बढेको थियो र त्यसलाई नेपालको आन्तरिक राजनीतिमा चीनको हस्तक्षेप भनिएको थियो ।
चीनले भारतीय पक्षबाट आफूमाथि लागेको आरोपको प्रतिवाद गर्दै नेपालमा स्थिरता कायम रहोस् भन्ने अभीष्ट मात्र लिएको बताउँदै आएको छ । क्वो नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणका विषयमा भारतीय सञ्चारमाध्यमले गरेको टिप्पणीको सन्दर्भमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले सोमवार बयान दिएका छन् ।
उनका अनुसार, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रतिनिधिहरूको नेपाल भ्रमण महामारी रोकथाम तथा नियन्त्रण, आन्तरिक शासनको अनुभव आदानप्रदान, विकासका लागि दुई देशबीचको सहकार्य तथा चीन र नेपालका राजनीतिक दलहरूबीचको सहकार्य थप गहिरो बनाउनका लागि हो ।
प्रधानमन्त्री ओलीका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपतिको शुभकामना सन्देश दिएको तथा नेपाल एक चीन नीतिमा अडिग रहेकोमा आभार प्रकट गरेको भनी सामाजिक सञ्जालमा लेखे ।
राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले नेकपा फुट्नुका कारणको बारेमा जिज्ञासा राखेको तर नफुट्नका लागि निर्देशन दिने काम नगरेको समाचारहरू पनि आइरहेका छन् ।
त्यसो त क्वो येचौ तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेकपा बन्नुभन्दा केही समयअघि नेपाल आएको र एकीकरणको पृष्ठभूमिका लागि भूमिका बनाएको चर्चा पनि छ ।
अनि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले गत नोभेम्बर २४ मा १९औं केन्द्रीय कमिटीको पाँचौं प्लेनरी बैठकको मर्मको अध्ययन तथा अवलम्बनका लागि आयोजना गरेको विशेष तालिममा अन्तर्राष्ट्रिय समुदायमा चीन र चिनियाँ कम्युनिस्ट पार्टीको सांगोपांग कथा भन्ने तथा चिनियाँ विशेषता सहितको समाजवादलाई बुझ्ने, पहिचान गर्ने र समर्थन गर्नेहरूको संख्या बढाउनका लागि कोशिश गर्ने भनी प्रस्ताव पारित गरेको थियो ।
त्यसै उद्देश्यका साथ चिनियाँ कम्युनिस्ट पार्टीले नेकपासँगको सम्बन्ध गहिरो बनाउन कोशिश गरेको हो । पोहोर साल नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सी चिनफिङ विचारधारा तथा चिनियाँ विशेषतासहितको समाजवादका विषयमा काठमाडौंमा कार्यशाला गोष्ठी समेत सम्पन्न भएको थियो ।
यसरी दुई पार्टीबीच सम्बन्ध विस्तारलाई आन्तरिक हस्तक्षेपको प्रयास भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न आफैंमा महत्त्वपूर्ण छ । अनि भारतीय सञ्चारमाध्यमहरूले चिनियाँ प्रतिनिधिमण्डलको आगमनलाई हस्तक्षेप भनिरहँदा रअ प्रमुख सामन्त कुमार गोयल र भाजपा विदेश विभागका विजय चौथाइवलेको भ्रमणलाई चाहिँ सद्भाव बढाउने प्रयासका रूपमा चित्रित गरिरहेका छन् ।
चिनियाँ प्रतिनिधिमण्डलले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको सराहना गरिरहेको र चीनले बारम्बार एक चीन नीतिमा अडिग गर्न आग्रह गरिरहेको सन्दर्भलाई नेपालले हलुकामा लिन मिल्दैन । अमेरिकी संसद्ले तिब्बत नीति तथा समर्थन ऐन पारित गरेर तिब्बतमा अमेरिकी उपस्थिति बढाउन खोजिरहेको सन्दर्भमा तिब्बतसँग सीमा जोडिएको मुलुकको भूमिमा चीनविरोधी गतिविधि नहोस् भन्ने चीनको स्वाभाविक चाहना हो ।
अमेरिकाले चीनमा खेल्नका लागि धेरै कार्ड नरहेको र तिब्बत कार्ड खेल्न खोजिरहेको भन्ने आकलन गरेको चीनले सुरक्षाका लागि वरपरका क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको स्पष्ट छ । भारतको लद्दाखमा चिनियाँ सेना कठ्यांग्रिदो जाडोमा भारतीय सेनाको सामना गरेर बस्नुको उद्देश्य पनि तिब्बत र सिन्ज्याङ जोड्ने राजमार्गको सुरक्षाका लागि हो ।
अनि हिजै मात्र भूउपग्रहीय तस्वीरहरूको अध्ययन गर्ने संस्था डेट्रेस्फाले भारतको उत्तर प्रदेशको बरेलीमा रहेको त्रिशूल एयरबेसमा भारतीय वायुसेनाको आईएआई हेरोन नामक ड्रोनको भूउपग्रहीय तस्वीर देखिएको भनी आफ्नो ट्विटर अकाउन्टमा लेखेको छ । एयरबेसको धावनमार्गमा देखिएको उक्त सैन्य ड्रोन चीन र नेपालको सीमाक्षेत्र नजिक गुप्तचर, निरीक्षण र सैन्य सर्वेक्षण मिसनको हिस्सा हुन सक्ने भनी उसले अनुमान गरेको छ ।
अर्थात् नेपालसँगको सीमामा भारतले आफ्नो सुरक्षाका लागि गुप्तचरी कार्य बढाएको देखिन्छ । अमेरिकासँग भारतले हालै गरेको बेका सैन्य सम्झौताले पनि सीमाक्षेत्रमा चिनियाँ गतिविधिको सूचना अमेरिकी भूउपग्रहबाट भारतले पाउने व्यवस्था मिलाउन खोजेको छ । यस क्षेत्रमा गुप्तचरी र प्रतिगुप्तचरीका सिलसिलाहरू बाक्लिन थालेको यसबाट पुष्टि हुन्छन् ।
त्यसो त भारतलाई पनि नेपालसँगको खुला सीमाबाट सुरक्षामा चुनौती रहेको स्पष्ट थाहा छ । त्यसैले अहिले निरन्तर भारतीय पक्षका शीर्ष अधिकारीहरूबाट भइरहेको भ्रमणमा सुरक्षा चासो नै व्यक्त भइरहेको छ यद्यपि आवरणमा राजनीतिक यथास्थिति र परिवर्तनको द्वन्द्व देखिएको छ । दुवै छिमेकीको सुरक्षा चासोलाई सम्बोधन गर्नुपर्ने चुनौती नेपालसमक्ष छ ।
सुरक्षा कायम गर्नका लागि गुप्तचरीको महत्त्वपूर्ण भूमिका हुने भएकाले नेपाली भूमिमा विभिन्न मुलुकका गुप्तचरहरूको सक्रियता बढेको जानकारहरू बताउँछन् । त्यसै सिलसिलामा चिनियाँ प्रतिनिधिमण्डलले पनि आफ्नै सुरक्षा सहचारी उपयोग गरेको र नेपाली सुरक्षाकर्मी अस्वीकार गरेको खबर आइरहेका छन् ।
शायद यसैलाई सन्दर्भ बनाएर चीन सरकारको मुखपत्र ग्लोबल टाइम्समा सोमवार प्रकाशित एक सामग्रीमा शांघाई एकेडमी अफ सोसल सायन्सेजमा रहेको इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सका रिसर्च फेलो हु झियोङको भनाइ उद्धृत गरिएको छ ।
हुले भनेका छन्, ‘चिनियाँ कूटनीतिकर्मी र भ्रमणमा रहेका अधिकारीहरूले नेकपाका राजनीतिकर्मीहरूसँग गरेको भेटघाटको निगरानी गर्नका लागि भारतले गुप्तचरहरू खटाएको भनी मैले नेपाली विद्वानहरूबाट थाहा पाएको छु ।’ उनले यसको पुष्टि गर्ने कुनै आधार नदिएको भए पनि नेपालमा विदेशी शक्तिकेन्द्रहरूको गुप्तचरी अभियान तीव्र बन्दै गएको यसबाट संकेत पाइन्छ ।
यस पृष्ठभूमिमा नेपालको परराष्ट्र तथा रक्षा मामिलाको संकथन निर्माणको कोशिश गर्ने भारतलाई अब चीनबाट ठूलै चुनौती आएको देख्न सकिन्छ । ग्लोबल टाइम्समा हुले स्पष्ट रूपमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा वा नेपालका अन्य राजनीतिक दलबीचको अन्तर्दलीय संवाद भारतको चासोको विषय हैन अनि चिनियाँ कम्युनिस्ट पार्टीले नेकपाको आन्तरिक विवादमा मध्यस्थता गरिरहेको छ वा यस्ता समस्या समाधान गर्ने विषयका अनुभव बाँडिरहेको छ भने त्यो तर्कसंगत र वैध छ भनी स्पष्ट पारेका छन् । आफ्नो सुरक्षामा जोखिम आउने गरी नेपालमा राजनीतिक अस्थिरता देखिएमा चीनले हस्तक्षेप गर्छ भन्ने संकेत यसबाट पाइएको छ ।
प्रभाव विस्तार तथा सुरक्षा सुनिश्चितताका लागि तयार पारिएको बेल्ट यान्ड रोड इनिसिएटिभमा नेपालले पनि हस्ताक्षर गरिसकेको सन्दर्भमा चीनले नेपालमा स्थिरता नै आफ्नो अभीष्ट बनाउन थालेको पनि बुझ्नुपर्ने हुन्छ ।
ग्लोबल टाइम्सको त्यसै सामग्रीमा फुदान विश्वविद्यालयमा इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजका प्राध्यापक लिन मिनवाङले बेल्ट यान्ड रोड इनिसिएटिभको साझेदार र छिमेकी भएको हैसियतमा नेपालको आन्तरिक परिस्थितिका विषयमा चिन्तित हुने वैध कारण रहेको र अन्तर्दलीय सहकार्य तथा आदानप्रदानमार्फत गरिने सहयोगलाई आन्तरिक मामिलामा हस्तक्षेप नभएको बताएका छन् ।
प्राध्यापक लिन र रिसर्च फेलो हुले जे भनेको भए पनि भारतसँग चीन पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न थालेको स्पष्ट छ । दुवै छिमेकीले सुरक्षामा आइलागेको सन्दर्भमा यस्तो हस्तक्षेप थप बढाउने र देश विदेशी शक्तिहरूको रणमैदान बन्ने सुनिश्चित छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...