
स्थानीय बजारमा मंगलवार पहेंलो धातु सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले ओरालो लागेको छ ।
प्रतितोला ७०० रुपैयाँले सोमवार उकालो लागेको सुनको मूल्य मंगलवार पुनः ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा सोमबार कारोबार भएको थियो ।
तेजाबी सुन सोमवार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा मंगलवार प्रतितोला ९३ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला ८०० रुपैयाँले घटेको छ ।
चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । प्रतितोला १ हजार ३१५ रुपैयाँमा सोमवार कारोबार भएको चाँदी मंगलवार भने १ हजार ३०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।