
धनुषा । धनुषा जिल्लाको नगराइन नगरपालिका २ जटही स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीको टोलीले ७ लाख ३३ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने ५८ वर्षिया पुष्पदेवी ठाकुर र २९ वर्षिय अजितकुमार ठाकुर छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।