×

NMB BANK
NIC ASIA

लुम्बिनी सरकार खतरामुक्त: नेपालपक्षीय सांसदले कित्ता फेर्दा अविश्वास प्रस्ताव गर्भमै तुहियो !

पुस १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरूको नेतृत्वमा रहेका प्रदेश सरकारविरूद्व पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याए पनि लुम्बिनी प्रदेशमा भने यस्तो प्रस्ताव आउने सम्भावना लगभग टरेको छ ।

Muktinath Bank

ओलीका विश्वास पात्र मानिने मुख्यमन्त्री शंकर पोखरेलविरुद्व अविश्वास प्रस्तावका लागि चाहिने एकतिहाइ (२२) सांसद समेत पुर्‍याउन नसक्दा प्रचण्ड–नेपाल समूहको अविश्वासको प्रस्ताव बीचैमा तुहिएको हो । पछिल्लोपटक माधव नेपाल निकट सांसदहरू नाटकीयरूपमा ओली खेमामा लागेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले हस्ताक्षर संकलन गर्ने हिम्मत गर्न सकेनन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । त्यसको आधा (एक चौथाइ) २२ सांसद प्रचण्ड–नेपाल समूहले पुर्‍याउन नसक्दा तत्काल अविश्वासको प्रस्ताव ल्याउन सम्भव नभएको नेकपाका एक सांसदले बताए । 


Advertisment
Nabil box
Kumari

पूर्व माओवादी सांसदहरू एकजुट रहे पनि माधव नेपाल समूहका नेताहरूलाई शंकर पोखरेलले आफ्नो समूहका भित्र्याएपछि अविश्वास प्रस्तावको योजना धकेलिँदै गएको छ । यहाँ सभामुख सहित २० सांसद पूर्व माओवादीका छन् । सभामुखलाई निर्णायक अवस्थामा बाहेक मताधिकार हुँदैन । 

Vianet communication
Laxmi Bank

माधव नेपाल समूहमा ३ जना सांसद समेत जोहो गर्न मुस्किल परेको छ ।

तर, पूर्व माओवादी निकट नेता आईपी खरेल एकतिहाइ पुर्‍याउन नसकेको भन्ने कुरा स्वीकार गर्दैनन् । ‘केन्द्रमा केपी ओलीले कुकर्म गरे पनि प्रदेशमा हामी वामपन्थी सहकार्य गरेर अगाडि बढौं भनेको हो । संख्या पुर्‍याउन नसकेको भन्ने होइन । त्यो, सरासर गलत हो । प्रदेश सरकारले सत्ताको ध्वाँस देखाए हामी पनि बल्ल अविश्वासको प्रस्तावतर्फ लाग्छौं । अहिले धेरै उत्तेजित हुनुपर्ने अवस्था छैन,’ खरेलले लोकान्तरसँग भने । 

प्रदेश सभामा रहेका ८७ सदस्यमध्ये नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना छन् ।

नेकपाका ६१ सदस्यमध्ये पूर्व एमालेका ४१ र पूर्वमाओवादीका २० सदस्य हुन् । मुख्यमन्त्री पोखरेलको सरकार ढालेर नयाँ सरकार गठनका लागि दाहाल–नेपाल पक्षलाई ४४ जना प्रदेशसभा सदस्य आवश्यक पर्छन् । 

मुख्यमन्त्री पोखरेलसँग ४० सांसद रहेकोमा ४ जना नेपाल समूहका सांसदहरू आफूतर्फ तानेर सरकार बलियो बनाउन लागिरहेको बताइन्छ ।

नेकपाका प्रदेशसभा सांसद दधिराम शर्मा ‘माधव’ ले तत्काल अविश्वासको प्रस्ताव ल्याउने योजना नरहेको दाबी गरे । ‘अन्य प्रदेशको विवाद प्रदेशसभा गठन हुँदा भएकाले अविश्वासको प्रस्ताव आएको हो । यहाँ प्रदेश सरकार बनाउन पनि विवाद थिएन । अहिले पनि विवाद र सरकारको फेरबदलतर्फ नलागौँ भनेर हामी अहिलेसम्म एकजुट नै छौं’ शर्माले भने । 

लुम्बिनी प्रदेश सरकारले मन्त्रीहरू थपघट गर्ने तयारी गरेको बताइन्छ ।

मन्त्रालय फुटाएर वा केही मन्त्री हटाएर भएपनि बहुमत पुर्‍याउने गरी मन्त्री थप्ने तयारीमा मुख्यमन्त्री रहेको स्रोतको दाबी छ ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले आवश्यकताका आधारमा मन्त्रिपरिषद् हेरफेर गर्ने विषय मुख्यमन्त्रीको हातमा रहेको बताए ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पार्टी विभाजनको असर प्रदेश सरकारमा नदेखिएको बताए । उनले सरकार र मुख्यमन्त्री शंकर पोखरेलका विरूद्धमा कोही नबोलेको बताए ।

चौधरीले भने, ‘पार्टी विभाजन भएपनि हाम्रो क्याबिनेट सौहार्दपूर्ण रूपमा चलेको छ । कसैलाई कारवाही गर्ने र कसैलाई मन्त्रीबाट निकाल्ने सोच र छलफल पनि भएको छैन । पहिला जस्तो थियो, पार्टीमा देखिएका असरपछि पनि त्यही रूपमा चलेको छ ।’

प्रदेशको क्याबिनेटमा अहिले प्रचण्ड–नेपाल समूहमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल छन् ।

अन्य सबै ओली निकट मन्त्रीहरू रहेका छन् । 

प्रदेश सरकारसँग कांग्रेस र जसपा पनि सन्तुष्ट छैन । उनीहरूले कुन समूहसँग सहकार्य गर्छन् भन्ने अहिले नै भन्ने सक्ने अवस्था छैन । 

प्रदेशको नामकरण र स्थायी राजधानी घोषणा गरेर गएको असोज २० गते प्रदेशको अधिवेशन अन्त्य भएको थियो । हिउँदे अधिवेशन कहिलेदेखि शुरू हुने भन्ने मिति तय भएको छैन ।

सरकारले सभालाई बिजनेस दिन सकेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x