×

NMB BANK
NIC ASIA

नेकपा विभाजन

नेकपा विभाजनले कार्याकर्तामा वितृष्णा : कोही तानातानमा, कोही राजनीति छाड्ने मूडमा !

पुस १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तीन वर्षअगाडि तत्कालीन एमाले र माओवादी केन्द्र पार्टी एकीकरण गर्ने घोषणासहित चुनावमा होमिँदा बुटवलका युवा व्यवसायी तथा नेकपा कार्यकर्ता यादव भण्डारीमा बेग्लै उत्साह थियो । 

Muktinath Bank

तर, एकता भएको २ वर्षमै पार्टी विभाजन हुँदा पार्टीप्रति उनमा वितृष्णा गहिरिएको छ । उनी निकै निराश भनेका छन्, र पार्टीका लागि गरेका कामहरू पनि पनि पश्चाताप लाग्न थालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लोकान्तरसँग भने, ‘देशमा स्थिर सरकार आयो । देशले गति लिनेछ । व्यावसायिक वातावरण बन्ने छ भन्ने सोचेको थिएँ । तर, कुनै पनि नेताहरू देशका लागि सोच्दा रहेनछन् ।’


Advertisment
Nabil box
Kumari

भण्डारीले थपे, ‘नेताहरूले व्यक्तिगत इगो र स्वार्थले देशलाई अप्ठ्यारोमा पारे । केपी शर्मा ओली र प्रचण्ड कुनै समूहले पनि राम्रो गरेनन् । नेताहरूले देशका लागि होइन, आफ्नो स्वार्थ, कुर्ची र पावरका लागि जनतालाई प्रयोग गर्ने रहेछन् । यिनीहरूदेखि वाक्क लाग्यो, अब देशमा केही हुनेवाला छैन ।’ 

Vianet communication
Laxmi Bank

नेकपा कपिलवस्तु नगर कमिटीका अध्यक्ष शंकर पाण्डे पनि अहिले नेकपाको झगडा र विभाजनप्रति निकै निराश छन् । राजनीतिबाटै संन्यास लिनुपर्छ कि के हो भन्ने उनलाई लाग्न थालेको छ । पार्टी विभाजन भएपछि उनलाई दैनिक ओली र प्रचण्ड समूहका १५ जनाभन्दा बढीले दैनिक फोन गरेर आफ्नो समूहमा आउन आग्रह गर्ने गरेका छन् । तर, उनी राजनीतिबाट बिदा लिने सोचमा पुगेका छन् । 

उनले लोकान्तरसँग भने, ‘२०४२ सालदेखि अखिलबाट राजनीति शुरू गरें । कति नेताहरूलाई जिताइयो । नेताहरूलाई दुईतिहाइ पुर्‍याउन जिल्लामा ज्यान दाउमा राखेर लागियो । अहिले नेताहरूले देशलाई यस्तो बनाए । अब यिनीहरूका गीत गाउनुभन्दा निष्क्रिय भएर आफू र परिवारका लागि केही गर्ने सोचमा पुगें ।’

युवा संघ नेपाल गुल्मीका पूर्व अध्यक्ष तथा नेकपा सचिवालय सदस्य कृष्ण भण्डारीलाई नेताहरूले कार्यकर्तामाथि गरेको खेलबाडले मानसिकता नै कताकता खलबल बनाइदिएको छ । 

पार्टीप्रति इमान्दार, बफादार र निष्ठावान कार्यकर्ता राजनीतिबाट नै पलायन हुनुपर्ने अवस्था नेताहरूले सिर्जना गरेको भण्डारी बताउँछन् ।

उनले भने, ‘नेताहरूले पार्टी एकीकरणलाई बेवास्ता गरी पार्टी फुटाउँदा धेरै कार्यकर्ता निष्क्रिय बनेका छन् । अहिले पार्टीप्रति मलाई पटक्कै सरोकार नै हुन छाड्यो । नेताहरूले जनजीविकाका एजेण्डा अन्त्य गरेर कुर्चीका लागि लडे । लामो समय राजनीतिमा लाग्दा आफ्नो उमेर र समयको नाश मात्र भएजस्तो लाग्न थाल्यो ।’ 

नेपाली कम्युनिस्टको ७ दशक लामो इतिहासमा पहिलोपटक आएको झण्डै दुईतिहाइ बहुमतलार्य नेताहरूले दुरुपयोग गरेको उनको गुनासो छ ।

नेकपा नेता/कार्यकर्ता अहिलेको राजनीति देखेर पार्टीबाट निष्क्रिय हुन थालेका छन् । देश, समाज र व्यक्तिगत जीवनमा कुनै परिवर्तन नआउँदा संगठन र राजनीतिप्रति निराश भएर राजनीति छाड्ने अवस्था देखिएको विश्लेषकहरू बताउँछन् । 

माओवादी र एमाले पार्टी एकीकरण हुँदा देशमा आर्थिक विकास र समृद्धि भित्रिन्छ भने विगतका घटना भुलेर पनि एकतालाई बलियो पार्नुपर्छ भन्ने मान्यता राखेका थिए । 

लेखक तथा राजनीतिक विश्लेषक दिल साहनीले नेपालमा कम्युनिस्ट राजनीतिमा लागेका सबै नेता कार्यकर्तालाई नेताहरूले धेरैपटक निराश बनाउँदा र वितृष्णा जगाउँदा अब देशमा कम्युनिस्टको लामो भविष्य नरहने दाबी गर्छन् ।

उनले भने, ‘नेपालमा कांग्रेस र कम्युनिस्टमा केही फरक छैन । उनीहरू सबै पूँजीवादी नै हुन् । नेपालमा त मैले कम्युनिस्ट नै छैनन् भन्छु । अवसरवादी र शक्तिको पछाडि दैडिनेलाई त यो ठूलो अवसर हो । तर, नेकपाका वास्तविक कार्यकर्तालाई नैराश्य र अन्यौल बनाए नेताहरूले ।’

जति अन्यौल बनाए पनि प्रधानमन्त्रीले चालेको असंवैधानिक संसद् विघटनका विरुद्ध नेपालका युवाहरू लाग्नुपर्ने अवस्था आएको साहनीको बुझाइ छ । 

लुम्बिनी प्रदेशमा कम्युनिस्टहरूको किल्ला मानिन्छ । पार्टी विभाजन हुँदा यहाँका प्रभावशाली नेताहरू पनि दुई खेमामा विभाजित भइसकेका छन् । 

पार्टी विभाजन भएकै अवस्थामा चुनावमा गए दुई नेकपाको हैसियत शून्यमा झर्ने चिन्ता कार्यकर्ताहरूमा छ ।

नेकपा प्रदेश सभा सांसद विष्णु पन्थी नेकपा अझै पनि मिल्नुको विकल्प नभएको बताउँछन् ।

‘पार्टी विभाजन कसैको हितमा छैन । अझै पनि मिल्न सकिने ठाउँहरू छन्, नमिले नेकपाको भविष्य अन्योलमा छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x