×

NMB BANK
NIC ASIA

‘फूल बुट्टे सारी’को करोड भ्यूज कटेकोमा अग्रज कलाकारलाई सम्मान

पुस १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चर्चित ‘फूल बुट्टे सारी’ गीतले यूट्युबमा करोड बढी भ्यूज पाएको अवसरमा बुधवार अग्रज कलाकारलाई सम्मान गरिएको छ ।

Muktinath Bank

काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमा हलमा बुधवार आयोजित विशेष समारोहमा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ ।


Advertisment
Nabil box
Kumari

महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।  

Vianet communication
Laxmi Bank

गीतको लोकप्रियता भ्यूजले जति मापन गरिएला, त्योभन्दा हरेक उमेर समूहको व्यक्तिको जनजिब्रो झुण्डिएकोले गर्नेछ । हिजोआज सबै उमेर समूहले फूल बुट्टे सारी मन पराएको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बताए । 

कोरोनाको कहरका बेला सार्वजनिक भएका गीतले पाएको उचाइले सांगीतिक क्षेत्रलाई चलायमान गराएको श्रेष्ठको भनाइ छ । 

कलाकार मदनकृष्ण र राजबाबुले पनि ‘फूल बुट्टे सारी’ गीतको टीमलाई बधाई तथा शुभकामना दिए । ‘फूल बुट्टे सारी’मा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको छ । जसमा शब्द र संगीत राजनराज सिवाकोटीको रहेको छ भने एरेन्ज सञ्जीव बराइलीको छ ।

महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडिओलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । साथै दुवै गीतको मिक्सिङमा श्यामश्वेत रसाइली रहेको छ । 

महिला स्वरमा रहेको फूल बुट्टे सारीमा पल शाह र मालिका महत तथा पुरुष स्वरमा रहेको गीतको भिडिओमा सोना लिम्बु, आनन्द सिंह दनुवारलाई फिचरिङ गरिएको छ । बुधवार आयोजित कार्यक्रममा दुवै भर्सनको गीतको अडिओ तथा भिडिओका टीमलाई वरिष्ठ कलाकार मदनकृष्ण र गीतकार राजुबाबुको हातबाट सम्मान गरिएको थियो । 

महिला र पुरुष स्वरमा दर्शक र स्रोताको मन जित्न सफल फूल बुट्टे सारी गीत अब चाइल्ड भर्सनमा पनि आएको छ । विशेष समारोहको अवसरमा चाइल्ड भर्सनको फूल बुट्टे सारी गीत सार्वजनिक गरिएको छ । जसमा अरिष्मा सिवाकोटीको स्वर रहेको छ । 

पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछि अर्काे गीत ल्याउनेमा राजनराज सिवकोटी अग्रभागमा देखिन थालेका छन् । फूल बुट्टे सारी गीत १ दशकअघि ल्याएका राजनराजका पछिल्ला वर्ष एकपछि अर्काे गीतले सांगीतिक बजार तताउन थालेको छ ।

संगीत, शब्द र स्वरमा दख्खल राख्ने राजनराज सांगीतिक क्षेत्रका हस्तीका रूपमा देखापरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x