×

NMB BANK
NIC ASIA

हैट् ! नेताहरूले देश नै बर्बाद बनाए यार...

पुस १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । कुनै बेला हामी छुट्दैनौं, फुटाउन बाहिरी शक्ति लागिरहेका छन् भन्ने केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आरोपप्रत्यारोपमा व्यस्त छन् ।

Sagarmatha Cement
Muktinath Bank

कोरोना महामारीले आर्थिक रूपमा देश चौपट भइरहेको अवस्था छ । युवा पलायन झन् बढ्दो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग, कलकारखाना, व्यापार तथा व्यवसाय चौपट भइरहेको छ । आम नागरिकको जीवनस्तर अझै लयमा फर्किन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

‘सरकारको नेतृत्वमा पुगेकाहरू व्यक्तिगत स्वार्थका लागि बौलाइरहेका छन्,’ गायक प्रमोद खरेल भन्छन्, ‘एउटा कुर्चीका लागि यतिसम्म गर्न मिल्छ ? उनीहरू छुटोस्–फुटोस् । तर, किन आम नागरिकको पीडाबारे बेखबर भएको ?’

Vianet communication
Laxmi Bank

देशमा भ्रष्टाचार, हत्या हिंसा, बलात्कार, चोरीडकैती बढिरहेकोमा चिन्ता व्यक्त गर्दै गायक खरेलले राजनीतिक दलका नेतृत्वको व्यक्तिगत स्वार्थका कारण देश अगाडि बढ्न नसकेको प्रतिक्रिया दिए । 

‘अहिले फेरि सडकमा जुन चर्तिकला देखिएको छ त्यो जनताका कारण हो ? होइन, नेताहरूकै कारण हो,’ उनी थप्छन्, ‘कुर्चीका लागि त हो । आम नागरिकले बुझेका छन् । यदि चुनाव भयो भने अब नागरिकले अलिकति सोचेरै भोट दिनुपर्छ ।’

देशमा स्थायित्व होस्, केही वर्ष चुप लागेर काम गरोस् भनेर जनताले नेकपालाई स्पष्ट बहुमत दिएको भन्दै खरेलले नेपालका राजनीतिक दलहरू जनताको पक्षमा नभएर आफ्नो स्वार्थका लागि देशलाई बर्बादीतर्फ लैजान उद्धत रहेको बताए ।

उनले थपे, ‘हैट, नेपालका नेताहरूले देश बर्बाद बनाएर यार !’ नेपाली विदेशी शक्तिले निरन्तर हस्तक्षेप गरिरहेको उनले बताए ।

‘नेपालमा विदेशी शक्तिले निरन्तर हस्तक्षेप गरिरहेको छ,’ उनी थप्छन्, ‘तर, नेपालका सत्ता र प्रतिपक्ष दुवै उस्तै । खान पाए भयो ? हो, त्यसैले नेपालीहरू बिरक्तिएर हिँडेका हुन् ।’

कहिले दबाब, कहिले लोभलालचमा नेपालका नेताहरूलाई विदेशी शक्तिहरूले घुमाइरहेको गायक खरेलको तर्क छ ।

तपाईं एकपटक बाटोमा गएर कसैलाई सोध्नुस् त– ‘कस्तो राजनीति गरेको ?’ भनेर कसैलाई भन्नुस् त उसले के भन्छ, उनी नेपालको राजनीतिलाई व्यङ्ग्य गर्दै थप्छन्, ‘खासमा राजनीति धेरै राम्रो कुरा हो । देश, समाज र राष्ट्रलाई विकसित मुलुक बनाउनका लागि पनि राजनीति गर्नुपर्छ । तर, नेपालका नेताहरूका कारण राजनीतिको परिभाषा समेत बदलिएर फोहोरी शब्द घुसेको छ ।’

नेपालका कुनैपनि नेताहरूले देश/जनता र पुर्खाको शिर उच्च राख्ने काम नगरेको भन्दै गायक खरेलले विदेशका विभिन्न मुलुकमा पुगेका युवा पलायन हुनुका कारण पनि नेपालका नेताहरू नै दोषी छन्,’ उनी थप्छन्, ‘सधैँ राजनीतिबाहेक नेपालमा केही सुन्न पाइन्न, विकसित मुलुकमा यो चुनावका बेला मात्रै सुनिन्छ । न देशको विकास गरेको छ, न खुरुखुरु काम गरेको छ । कहिले जिन्दावाद, कहिले मुर्दावाद भनेर कहिलेसम्म युवाले मन बुझाउँछन् ?’

राजनीति, समाज, देश विदेशका युवाहरूको विषयमा नजिकबाट ख्याल राख्ने गायक खरेलले राजनीति नसुध्रिएसम्म देशको स्थिति सधैँ उस्तै रहने भन्दै खरेलले थपे, ‘राजनीति गर्ने नेताहरू बिन्ती छ, अब त व्यक्तिगत स्वार्थभन्दा माथि उठेर केही गर्नुस्, प्लिज ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x