राष्ट्रिय सभाका एक सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण

फाइल फोटो

राष्ट्रिय सभाका एक सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय सभाको सातौं अधिवेशन शुरू हुन लाग्दा गरिएको कोरोना परीक्षणमा एक सांसदसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ ।


Advertisement

कोरोना परीक्षणका लागि सांसदहरू कर्मचारीहरूको स्वाब नमूना बिहीवार संकल गरिएको थियो ।

राष्ट्रिय सभाको अधिवेशन आज अपराह्न ४ बजे शुरू हुँदैछ ।


Advertisement

सातौं‌ अधिवेशनअन्तर्गत आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्