×

NMB BANK
NIC ASIA

जनतामा लोडसेडिङको त्रास

झ्याप्प झ्याप्प बत्ती जाने समस्या – लोडसेडिङको पूर्वाभ्यास कि प्राधिकरणको असक्षमता ?

पुस १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय विभिन्न कारण देखाउँदै विद्युत कटौती गर्न थालेपछि विद्युत प्राधिकरण आलोचित बनेको छ ।

Muktinath Bank

प्राधिकरणका प्रवन्ध निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै बत्ती जाने दर बढेपछि उपभोक्ताहरू आक्रोशित भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ आफ्नो ४ वर्षे कार्यकाल सकेर औपचारिक रूपमा गत भाद्र २९ गते विदा भएका थिए ।


Advertisment
Nabil box
Kumari

कुलमान बाहिरिएको समय भाद्र २९ देखि पुष १६ गतेसम्म प्राधिकरणले विद्युत कटौतीको ४९ वटा सूचना निकालेको छ ।  प्राधिकरणले विभिन्न कारण देखाउँदै ३ महिना १६ दिनको अवधिमा ४९ पटक विद्युत कटौतीको सूचना सार्वजनिक गरेको हो । 

Vianet communication
Laxmi Bank

यद्यपी बिनासूचना विद्युत जाने दर पनि कम छैन ।

प्राधिकरणको वेबसाइटमा देखाइएको विवरण अनुसार, गत वर्ष २०७६ फागुन २२ गतेदेखि भाद्र २९ सम्ममा जम्मा २४ वटा विद्युत कटौतीबारे सूचना जारी भएका छन् ।

माथिल्लो तथ्यांकले पनि विद्युत कटौतीको पछिल्लो अवस्था झल्काउँछ ।

कत्तिको आउँछ गुनासो ?

विद्युत कटौतीको दर बढेसँगै विद्युत प्राधिकरणप्रतिको असन्तु्ष्टि पनि बढ्न थालेको छ । उपभोक्ताहरू फेरि पनि ‘लोडसेडिङ’ हुने हो कि भन्दै प्रश्न उठाउन थालेका छन् ।

प्राधिकरणले गुनासो सुन्नका लागि ‘११५०’ नम्बरमा फोन गर्ने प्रणाली राखेको छ । त्यो नम्बरमा दिनको ५/६ वटा गुनासा आउँछन्, जुन गुनासो विद्युत कटौतीबारे हुने गर्छ । यो गुनासोको संख्या १० बजेदेखि दिउँसो ४ बजेसम्मको मात्रै हो ।

यो समयमा प्राधिकरणका कर्मचारीले गुनासो सुने पनि यसबाहेकको समयमा भने उपभोक्ताले गुनासो गर्नै पाउँदैनन् । प्राधिकरणकै कर्मचारीका अनुसार, १०–४ बजेसम्मको समयमा टेलिफोनमा कुरा गर्न कर्मचारी भएपनि त्यसबाहेकको समयमा गुनासो सुनिँदैन ।

प्राधिकरणका एक कर्मचारीले भने, ‘गुनासो आउने संख्या त धेरै नै हुन्छ, तर फोन १०–४ बजेसम्ममा मात्र उठ्छ । त्यसकारण अफिस टाइमबाहेक अन्य समयमा आउने गुनासोबारे जानकारी हुँदैन ।’

प्राधिकरणको नियत कि अक्षमता ?

विद्युत प्राधिकरणले पछिल्लो समय बिनाकारण बत्ती काट्न थालेपछि प्राधिकरणको अस्तित्वमाथि नै प्रश्न उठ्न थालेको छ । पछिल्ला दिनहरूमा भइरहेको अत्याधिक विद्युत कटौतीपछि प्राधिकरणको नियत वा अक्षमता भन्ने विषयमा बहस हुन थालेको छ ।

यसैबीचमा प्राधिकरणले भने बारम्बार विद्युत कटौती गर्नु नियत र अक्षमता दुवै नभएको दावी गरेको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिना विद्युत कटौती गर्नु प्राधिकरणको नियत नभएको दावी गर्छन् । लोकान्तरसँग उनले भने, ‘विद्युत कटौती गर्नु प्राधिकरणको नियत पनि हैन र अक्षमता पनि ।’

उनले पूर्वाधारको विकास भइनसकेको हुँदा जनअपेक्षा पूरा गर्न नसकिएको उल्लेख गरे । उनले भने, ‘नेपालको विकास त्यस्तो पनि भइसकेको छैन, निरन्तर आपूर्ति भइरहोस् । यहाँ बत्ती गइहालेमा अर्कोबाट बत्ती पठाउने पूर्वाधार विकास भएको अवस्था छैन । तर जनअपेक्षा भने यस्तै रह्यो ।’

नेतृत्व नहुँदा काममा बाधा ?

कुलमान विदा भएसँगै प्राधिकरण नेतृत्व विहिन छ । यस बीचमा दुई जना निमित्त प्रमुख पाइसकेको छ । कुलमान बिदा भएसँगै भदौ ३० गते सरकारले निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको थियो ।

पछि कात्तिक २३ गते उर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालयले हितेन्द्र देव शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । २ निमित्त कार्यकारी निर्देशक पाएपनि प्राधिकरणले कुलमान बिदा भएसँगै कार्यकारी निर्देशक पाएको छैन, नेतृत्व निमित्तमा सीमित भएको छ ।

नयाँ निमित्त कार्यकारी निर्देशक आएसँगै कर्मचारी व्यवस्थापनका लागि केही सरूवा लगायतका काम गर्दा त्यसको असर पनि विद्युत कटौतीमा देखिन सक्ने इञ्जिनीयर अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक डाक्टर हरि पण्डित बताउँछन् । लोकान्तरसँग उनले भने, ‘केही हदसम्म नयाँ नेतृत्वको कामले पनि असर पार्न सक्छ, कर्मचारी सरुवा लगायतका व्यवस्थापनका कामले पनि असन्तुष्टिहरू सिर्जना हुन सक्छन् ।’

उनले सबै कर्मचारी मिलेमा मात्रै काम राम्रो हुने बताउँदै बिनाजानकारी बत्ती जानुको पछाडिको कारण यो पनि हुन सक्ने उल्लेख गरे । उनले भने, ‘माथिदेखि तलसम्म सबैले आ–आफ्नो काम गर्ने हो भने सिस्टम चल्छ ।’

प्रवक्ता तिम्सिनाले भने नेतृत्व नहुँदा काममा बाधा भएको नदेखिएको बताउँछन् ।

उनले भने, ‘हिजोकै कर्मचारी छन् । १०/१२ हजार कर्मचारीले काम गरिरहेका छन्, हिजोकै सिस्टमले काम गरिरहेको छ, अनि कहाँ रह्यो त बाधा ?’

उनले कुलमान घिसिङ नेतृत्व रहेकै समयमा भएको सिस्टम नै अहिले चलिरहेको बताउँदै उनले नेतृत्व नहुँदा काम नै रोकिने भन्ने अवस्था नहुने बताए ।

कस्तो छ माग र आपूर्तिको अवस्था ?

कोरोना महामारीका कारण आर्थिक वर्षका शुरूका समयमा उद्योगधन्दाहरू चल्न सकेनन् । यद्यपी अहिले बिस्तारै बजार चलायमान हुँदैछ । उद्योग धन्दाहरू विस्तारै सञ्चालनमा आउन थालेपछि विद्युतको माग बढ्न थालेको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिना पछिल्ला दिनमा करीब १३ सय ५० मेगावाट विद्युत आपूर्ति भइरहेको बताउँछन् । समय अनुसार तथ्यांकमा केही थपघट हुने भएपनि त्यस्तो धेरै अन्तर नरहेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले माग तथा आपूर्ति बराबर अवस्थामा छ, हामीले माग बराबरकै विद्युत आपूर्ति गर्न सकिरहेका छौं ।’

उनले विगतका समयमा माग बढी हुने अवस्था रहेपनि अहिले त्यस्तो नभएको सुनाए ।

उनले भने, ‘लोडसेडिङको अवस्थामा डिमाण्ड बढी हुन्थ्यो र लोड काटेर म्यानेज गर्नुपर्ने अवस्था थियो । तर अहिले त्यस्तो अवस्था छैन । माग जति छ, त्यति नै विद्युत प्रवाह भइरहेको छ ।’

चिसो समयमा बढ्दो हिटर तथा अन्य विद्युतीय सामाग्रीको प्रयोग बढेको भन्दै क्षमताभन्दा बढी लोड हुँदा पनि कुनै कुनै समयमा आकस्मिक रूपमा बत्ती काटिने समस्या आउने गरेको उनी बताउँछन् ।

विद्युत प्राधिकरणको रेडिमेड जवाफ :सुदृढिकरण र मर्मतसम्भारका लागि कटौती

बारम्बार विद्युत कटौती हुने गरेपछि प्राधिकरणले बेलाबखत स्पष्टिकरण दिने गरेको छ ।

विद्युत कटौतीबारे प्राधिकरणका अधिकांश स्पष्टिकरणमा भनिएको हुन्छ, ‘विभिन्न कारणले विद्युतका पोलहरू सार्न, पूराना संरचनाहरू मर्मतसम्भार गर्न तथा बदली गर्ने काम लागि विद्युत कटौती भएको हो ।’

प्राधिकरणका प्रवक्ता तिम्सिनाले आगामी दिनमा विद्युत प्रवाहको अवस्था राम्रो बनाउन तथा प्रणालीको सुदृढिकरण गर्नका लागि काम गरिएको भन्दै यसलाई यसरी नै बुझ्नुपर्ने बताउँछन् । उनले भने, ‘अहिले बेला बेलामा बत्ती गइरहनुको कारण भनेको नै सुदृढिकरण र मर्मतसम्भारका लागि हो, यो बिस्तारै कम हुँदै जान्छ ।’

उनले बेलाबखत विद्युत नेपालमा मात्र नभई अन्य मुलुकमा पनि जाने गरेको समेत सुनाए । उनले भने, ‘कसले किन विरोध गरे ? त्यतातिर नजाऔं, तर हामीले राम्रो सोचका साथ काम गरिरहेका छौं, शंका गर्ने ठाउँ छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x