प्रदेश सांसद न्यौपाने ओली समूहमा लागे

बुुटवल। लुुम्बिनी प्रदेश सभाका रुपन्देही क्षेत्र नम्बर १ को (ख) निर्वाचत सांसद दधिराम न्यौपाने नेकपा (ओली समूह) मा लागेका छन् । उनी पूर्व माओवादीबाट प्रत्यक्ष निर्वाचित सांसद हुुन् ।

नेकपा विभाजित बनेसँगै अहिले सांसदहरु तानातानमा परेका छन् । प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू (प्रचण्ड माधव नेपाल) छाडेर ओली समूहमा लागेको लोकान्तरसँग स्वीकार गरे ।
प्रदेशसभामा ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन् । उनीसँगै पार्टीमा प्रदेशका उम्मेदवार अनुप बराल पनि नेकपा ओली समूहमा आएका छन् ।


Advertisement

 लुम्बिनी प्रदेश सरकारका मुुख्यमन्त्री शंकर पोखरेलले अहिले जोगाउन सांसद आफ्नो समूहमा तान्ने अभियान छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्