×

NMB BANK
NIC ASIA

बुटवलका व्यापारी सुरजप्रसाद पाण्डे प्रायः सधै व्यस्त रहन्छन् । २६ वर्षदेखि व्यापारमा जम्दै आएका पाण्डेले व्यस्ततासँगै आम्दामी पनि राम्रै गर्छन् ।

Muktinath Bank

दौडधूप र संघर्षबाट कमाएको पैसामध्ये पाण्डेले केही सामाजिक क्षेत्र, गरीब र विपन्नलाई मन खोलेर निर्धक्क सहयोग गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धन सम्पत्ति थुपार्ने र धनकै लागि मरिहत्ते गर्ने सामान्य चलनभन्दा केही पर रही उनले कमाएको केही प्रतिशत रकम परोपकारी काममा खर्च गर्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

युवा उद्यमी पाण्डेले हालै बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको भवन बनाउन १ करोड रुपैयाँ सहयोग गरेका छन् । अहिले आएर पाण्डेको जीवन ‘बिजनेश’सँगै विपन्नको सहायता र सामाजिक अभियानमा तल्लिन छ ।

Vianet communication
Laxmi Bank

उनी भन्छन्, ‘आर्थिक उपार्जन राम्रो भएकाहरूले केही हिस्सा रकम दुःखी र अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न छुट्याउनुपर्छ ।’

केही दिनअघि मात्रै पाण्डेले मिर्गाैला रोगबाट पीडित बुटवल उपमहानगरपालिका–११ देवीनगरका एक दलित परिवारको अस्पतालमा लागेको ७ लाख रुपैयाँ खर्च तिरिदिएका छन् । 

पाल्पाको अर्काे दलित परिवार पनि अस्पतालमा उपचार गरेको पैसा तिर्न नसकेर डिस्चार्ज हुन नसकेको थाहा पाएपछि पाण्डे आफैंले २५ हजार छुट गराई ५० हजार रुपैयाँ तिरिदिएर बिरामीलाई घर पठाइदिए । जहाँ अप्ठ्यारो पर्छ, त्यहाँ आर्थिक सहयोगसहित पाण्डेका हात पुगिहाल्छन् ।

‘भोलि कसले के जानेको छ र ? आम्दानीको कम्तीमा १० प्रतिशत रकम समाज सेवामा खर्चिने विचारमा छु, खर्चिंदै पनि आएको छु,’ उनले भने । उनी अटो पाट्र्सका थोक बिक्रेता हुन् । पाण्डेको बुटवलको मिलन चोकमा वेस्टर्न नेपाल अटो ट्रेडर्स प्रालि छ । 

उनले गर्व गर्दै भने, ‘म एउटा ‘बिजनेश मेन’ हुँ, थोरबहुत समाज सेवामा रस पनि छ । त्यसैले आफ्नो जीवन भोगाइसँगै केही रकम समाजमा खर्चिने योजना बनाएको छु ।’ 

आफूले अध्ययन गरेको बुटवलको ज्ञानोदय माविमा पाण्डेले विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि ५० हजार रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । 

पाण्डे सेवा समितिको भवन निर्माणको लागि ५ लाख रुपैयाँ सहयोग गरेका छन् । बुटवलकै गोलपार्कस्थित आश्रममा ६ लाख रुपैयाँ खर्च गरेर २ कोठाको भवन बनाइदिएका छन् । समाजसेवामा क्रियाशील रोटरी क्लबको ‘सेकेन्ड लेवल’सम्म पुग्नका लागि उनले २५ लाख रुपैयाँ दिएर सदस्य बनेका छन् । अन्य संघ संस्थाका भवनहरू निर्माणमा पनि उनको आर्थिक योगदान उत्तिकै छ । 

मनकारी पाण्डे भन्छन्, ‘समाजसेवामा गरेको खर्च त गणना गर्ने होइन । हालसम्म मैलै २ करोड रुपैयाँजति समाजसेवा, अप्ठ्यारोमा परेकाहरूको लागि खर्चिए । अझै पनि अप्ठ्यारोमा परेका कोही नागरिक छन् भने म सक्दो सहयोग गर्न तयार छु, गर्छु ।’ 

थोरैथोरै १०–२० हजार रुपैयाँ सहयोग गरेको उनलाई सम्झना नै छैन । उनी आफ्नो पसलमा दैनिक माग्न आउनेलाई पनि मन खुशी बनाएर पठाउँछन् । व्यापारी पाण्डेको परिचय मनकारी पाण्डेको रुपमा बदलिएको छ । आपतविपद् पर्दा, कुनै रोग लागेर उपचार खर्च नहुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा मान्छेले भगवान्का साथै पाण्डेलाई पनि सम्झिने दिन आउन थालेको छ । रुपन्देहीका विभिन्न ठाउँमा सञ्चालित अपाङ्ग, अनाथ र मानवसेवा आश्रममा पनि उनले सहयोग गरिरहेकै हुन्छन् । 

बिहीबार पाण्डेको जन्मदिनको अवसरमा धनपति अनन्तराम स्मृति प्रतिष्ठान गठन गरी २५ लाख रुपैयाँको अक्षयकोष बनाएका छन् । अक्षयकोषको ब्याजबाट प्राप्त रकम शैक्षिक र असहायहरूलाई सहयोगका लागि खर्च गरिने छ । कोषमा रकम पनि थप गर्दै लैजाने पाण्डेले बताए । 

‘धन हुनेको मन हुँदैन, मन हुनेको धन’ भनिन्छ । तर सुरज पाण्डेसँग धन मन दुवै छ, उनी अपवादमा पर्छन् ।

पाण्डेलाई समाजसेवा गर्ने प्रेरणा आफ्नै ठूलोबुवा दूर्गादत्त पाण्डेबाट मिलेको हो । दूर्गादत्तले रुपन्देहीको तिलोत्तमा रहेको एक सामुदायिक विद्यालयलाई २१ लाख रुपैयाँ दान गरेर विद्यालयको नाम दूर्गादत्त मावि राखिएको छ । दूर्गादत्तले २०६० सालमा विद्यालयको विकासको लागि रकम सहयोग गरेका थिए । 

गुल्मीको हर्मिचौर–७ बाट पाण्डेको परिवार बसाइसराई गरी २०४४ सालमा बुटवल–८ सुख्खानगरमा झरेको थियो । हर्मिचौरकै विद्यालयमा पढाउने पाण्डेका बुवा पिताम्बरलाई घरबाट ६ घण्टा टाढा पूर्तिघाट सरुवा भयो । घरबाट दैनिक हिँडेर विद्यालय जान सक्ने अवस्था रहेन । पिताम्बर २ वर्ष बेतलबी बिदा बसे ।

पाण्डे परिवार बुटवल झरेपछि पिताम्बरले बुटवलको ज्ञानोदयमा प्रधानाध्यापक भएर फेरि पढाउन शुरू गरे, सुरज पनि ज्ञानोदय माविमै भर्ना भएर पढ्न थाले । त्यहीँ विद्यालयबाट २०४७ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे पनि । उनले काठमाडौंको त्रिचन्द्र कलेजमा आईएस्सी गरेका छन । व्यवस्थापन विषयबाट स्नातक अध्ययन गर्दैगर्दा पाण्डे व्यापारतिर लागेपछि पढाइ त्यतिकैमा रोकियो । पढाइ रोकिए पनि पाण्डेको सबै काम अगाडि बढाएका छन् । 

सुरज ४ दाजुभाइ हुन् । ४ भाइमध्ये सुमन पाण्डे काठमाडौंमा रहेको आरोग्य भवन वर्क प्रालि औषधि उद्योग सञ्चालन गर्दै आएका छन् । लक्ष्मण पाण्डे अमेरिकामा छन । अर्का भाइ सुशील पाण्डे एनसेल नेपालको इन्जिनीयरको रूपमा कार्यरत छन् । 

पाण्डे दर्जनभन्दा बढी संघसंस्थासँग पनि जोडिएका छन् । उनी रूपन्देही व्यापार संघको सल्लाहकार, रोटरी क्लब अफ सेन्टर बुटवलको डाइरेक्टर पनि हुन् । सामान्य परिवारमा हुर्किएका पाण्डे वेस्टर्न नेपाल अटो ट्रेडर्समा २०५१ सालमा कर्मचारीको रूपमा प्रवेश गरेका थिए । ट्रेडर्स हाल उनको एकल नेतृत्वमा छ । 

व्यवसायबाट सफलताको उकालो चढ्दै गरेका पाण्डेले एक्लैमाथि पुगेर हुँदैन, तल्लोतल्लो तहका व्यक्तिलाई पनि हात र साथ दिएर सँगै लैजानुपर्छ भन्ने मान्यता राखेका छन् । झलक्क हेर्दा गम्भीर देखिने सुरजको मन र स्वभाव कोमल छ । 

‘जन्मनु र मर्नु जीवनको नियम नै हो । खाने, लाउने, घरपरिवार चलाउने, सन्तानका लागि धन सम्पत्ति कमाउने र शिक्षादीक्षा दिने यी काम गृहस्थ जीवनका कर्तव्य हुन्,’ उनी भन्छन्, ‘यसका साथसाथै एक सचेत व्यक्तिका लागि सामाजिक र देशप्रतिको दायित्व पनि उत्तिकै हुन्छ ।’ सुरजका १ छोरा र १ छोरी छन् । 

पाण्डेले काठमाडौंको आरोग्य औषधि उद्योगलाई पाल्पामा स्थानान्तरण गर्ने योजनामा छन् । त्यसको लागि जग्गाको व्यवस्थापन पनि भएको छ । पाण्डेको उद्यममा अहिले १०० जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x