कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
मानवसत्ता विवशताको शिकार बन्दै गएको छ । उसको अन्तर ‘स्व’ ह्रासोन्मुख छ ।
विविध नियति र विडम्बनाका कारण मानव सत्ताले सुखलाई क्षणिक आवेगका रूपमा लिन थालेको छ । उ खुशीको यात्रामा भए पनि वास्तविकतामा त्यो छैन । त्यसैले प्रशन्नता बकवास र क्षणिक आदर्श सिवाह केही हैन भन्ने प्रतिभाष छ, विश्व दिन प्रतिदिन यही आवृत्तिमा दोलायमान छ ।
मानवका यावत कार्यहरू एउटै परिमितिको धिमा उद्वेलनमा छन्, उद्वेलनको मनोगत यात्रा निषिधात्मक ‘स्व’मा छ । कला पनि उसको अन्तर ‘स्व’को प्रत्यक्ष धर्काचित्र भएकाले उसका अनुभूति र भावावेगहरू उही रूपमा प्रतिबिम्बित हुँदै जान्छन् । संगीतका सन्दर्भमा पनि यही नियम लागू हुन्छ ।
मानवजाति र उसको सभ्यताको सन्दर्भमा उन्नाइसौं शताब्दी उत्तराद्र्धदेखि सम्पूर्णतः दुःखत्तर नै रहे । मानवसत्ता विचार र भावनाको पिँजडामा रहे, कार्य र गति मानव ‘स्व’ विषयान्तर रहे । बिसौं शताब्दीको प्रारब्धबाटै मानस जगतले नरसंहारका २ बेमिसाल महासमरहरू भोग्नुपर्यो ।
अनेकन गृहयुद्ध, सामाजिक विग्रह र तनावले निजत्व र स्वायत्तता आभ्यान्तरिक रूपमा नै खुम्चिन पुग्यो । त्यसैले उसको जगत र सृष्टिप्रतिको दृष्टिमा शून्यबोध, निस्सारता र आस्थाहीनताको विजांकुरण हुनपुग्यो । सुखदुःखको अभिव्यक्ति हुने एउटै बाटो कलामा अन्तरप्रस्टता भित्रिँदै गयो । यसै क्रममा बिसौं शताब्दीको शुरूतिर ब्रिटेनका ब्रायन स्यामुएल एप्सटाइन नामका युवकले संगीतमा छुट्टै जीवन्त कलाको श्रीगणेश गरे, जसलाई हामी बिटल्स परम्पराबाट चिन्दछौं । एप्सटाइनले आफ्नो कलाकर्मलाई दी बिटल्सको नामले छोटो समयमै युवा ढुकढुकी बनाए र युवावस्थामा नै जीवन यात्रालाई पनि दुःखद रूपमा नै अन्त्य गरे ।
बिटल्स अंग्रेजी शब्द ‘बिट’ (नेपाली ‘ताल’) को समूहगत नाम हो । बिटल्सका अनुयायीहरू नामझै ‘लय’भन्दा ‘ताल’ (बिट) लाई अघि सार्दै गए । समाजमा रहेको कष्ट, मोहभङ्ग, निराशा, कुण्ठा जस्ता निरिस्वरताका अनुभूतिलाई अभिव्यक्ति दिँदै गए । अर्को क्लाइमेक्सीहीन कलासँग पनि यसले नाता जोड्दै गयो । मानव आभ्यान्तरका अव्यक्त असहज भावावृत्तिहरू क्यान्भाषमा अवतरण गर्न नसक्दा अमूर्त र क्लाइमेक्सहीन चित्रपृष्ठ बन्दछ, संगीतको वास्तविकता पनि त्यस्तै बन्यो ।
जीवन आस्था र संगतिहीन समयचक्रका पारवत्र्यभावहरू झुमझुम्ती पोखिन थाल्यो । एप्सटाइन समूहको यो युवास्वर प्रत्यक्ष दर्शन र भौतिक आस्थाप्रति आफूलाई सिधै सम्प्रेषित गर्न ड्रम र सेक्सोफोन, पियोनो र गितारमा सन्दर्भहीन, मानव ‘स्व’हीन रियाज दिन थाल्यो । यो नितान्त नौलौ तर जैवनिक संगीत आन्दोलन थियो ।
जीवन स्वतः सिलसिलावद्ध छैन, क्षतविक्षत छ । रंगरश्मिको संगतिमा पाउन सकिँदैन । फेरि आभ्यान्तर सम्प्रेषणमा पनि छैन । अतः आदर्श भन्ने प्रश्न एकातिर लत्याएर वस्तुगत जीवनको अनुभूति पक्ष मात्र लिँदै संगीत कलामा भौतिकवादको स्थापना गर्यो । शास्त्रीय विचारविदबाट उसले ‘एन्टीएकेडेमिक’ भएको लाञ्छाना पनि पायो । तर उसले अविराम गतिले जीवनलाई गीतात्मक मुक्ति र प्रत्यक्ष अनुभूतिको विस्तृतिमा पुर्याउँदै रह्यो । बिटल्स प्रतिष्ठाता एप्सटाइन ३२ वर्षमै परवास भए तर पप, जान उसकै शाखाको स्थापित गरिसकेका थिए । हलिउडबाट जीवन्त गतिशीलताको उचाइ पाएपछि युरोप र अमेरिकी सीपबाट छिट्टै एसियासम्म फैलिँदै आयो । यसले विश्वलाई नै फन्को मार्यो ।
जीवनको अधोगामी मनोस्थितिलाई चित्रित गर्ने आस्थाहीन स्वर भएकाले शुरू शुरूमा बिटल्स परम्पराले आरोप प्रत्यारोप पनि सामना गर्नुपर्यो । आरोप र लाञ्छाना यसको यथार्थभित्र पस्न नसक्नेहरूबाट भएको थियो । एप्सटाइन परम्परा वा बिटल्स संगीत बुझ्न यसको केही वस्तुतथ्यमा बुझ्न आवश्यक छ ।
प्रथमतः यो वस्तुवादीतामा रहन्छ, त्यसैले आध्यात्म र परिणति मूल्यलाई यसले वास्तै गर्दैन । दोस्रो, यसमा सामाजिक दायित्वबोध परै रहेको हुन्छ । अस्वीकृत स्वरको अभिव्यक्ति भएकाले सामाजिक दायित्व र चरित्रलाई त्यति वास्ता नगर्नु स्वाभाविक हो ।
तेस्रो, यसले प्रत्यक्षवादी दर्शनलाई मात्र आत्मसात गरेकाले वर्तमानको क्षण र तातो अनुभूतिबाहेक भावावृत्ति, सम्प्रेषण तथा अनुभूति, मानव ‘स्व’ जस्ता विचार प्रगाढतालाई वास्तै गर्दैन । पूर्ण भौतिकवादी भएर लयहीन समीकरणमा आफूलाई समाहित गर्दछ ।
यस परम्पराको संगीत युवाआभ्यान्तर प्रवृत्तिको नशामूलक प्रयोग हुने हुनाले स्वतः नै कामुकतामा रहन्छ । कवितामा आएको छन्दहीन स्वच्छन्दता, चित्रकलाको क्लाइमेक्सहीन भावसंगठन, नाटकको निरर्थक वृत्तात्मकता र संगीतको बिटल्स परम्परा समकालीन विश्वसापेक्ष निराशा, कुण्ठा र निषद्धावृति ओकल्न सक्षम थियो । त्यसैले तत्कालीन समाजमा यसले युवा मन जितेको थियो । होमरभन्दा इलियट आजमा सत्य सावित छन्, नाङ्गोपनको नार्गिस हामीलाई राम्रो लागे पनि हाम्रै सन्दर्भका कैयन सिर्जना अन्तरङ्ग एव्स्ट्रक्सन आजकै प्रतिकृति हुन् । सिंगलिएर प्रभावोत्पादक नै थिए र पनि गादोको प्रतीक्षा आजकै शास्वततामा रहन्छ । अनि विथोभान जति प्यारा छन्, बिटल्स र जान गर्मागर्मी मन र अनुभूतिमा उत्तिकै प्रभावमूलक छन् । त्यसैले आज प्रतिस्थापन भएका कलागत मूल्य, मान्यता र तत्सापेक्षिक वस्तुविधानको अव्यक्तमक ध्वनीशैली स्वाभाविक भैकन बैशिष्ट्य पनि छ । उसले आफैं अवधारण गरेको छ, त्यसैले त जीवन्त शास्वत छ भनिएको हो ।
यस परम्पराको प्रयोगले स्थायी अनुभूति र मनोगत संवेग जस्ता कलासूत्रलाई मौलिक रूपमा नै साँघुर्याउँदै लगेको किन नहोस्, आवेग उष्णता र ऐन्द्रिक उत्सर्गलाई तत्परिवेशमा चरम रूप प्रदान गर्दछ । हार्दिक वा मस्तिष्कजन्य कलाबोध पृथक ऐन्द्रिक स्फूर्तिमा पुर्याइदिने भएबाट नै यो छिट्टै विश्वव्यापी बनेको थियो । तर आजको परम्परामा दिनानुदिन परिवर्तन र परिस्कृत हुँदै गएको छ ।
नयाँ उद्गमन र अनुभूति थपिँदै गएका छन् । सुन्दरता र सत्य सिर्जनाका कलागत मूल्यलाई भौतिक आस्था र मान्यताले परित्याग गरेकाले स्थायी संवेग र चीर अनुभूतिको रुमानी बज्र्य नै रहन्छ ।
निराशाजनक विश्वको कारण अन्तरङ्गलाई निजात्मक स्वतन्त्रतामा प्रकाशन गर्न चाहनेहरूको मन र वृत्तिलाई बिटल्सले बेस्सरी समाउन पुग्छ । अझ मनका आकस्मिक, क्षणिक आवेगको अभिव्यञ्जना, हीनताबोधी मानवसत्ताको विवशपना र गिर्दै गएको मानव अभ्यान्तर ‘स्व’बाट क्षणिक भए पनि मुक्तिको उद्देश्यले नै यस प्रवृत्तिमा संवेग होइन आवेग, हार्दिकता होइन ऐन्द्रिक उत्सर्ग, लयरञ्जन होइन, लयहीन समीकरण अनि लघुतावादी मानवसत्ताको सूक्ष्म भौतिक अभिव्यक्ति भएबाट एप्सटाइन परम्पराको महत्त्व दिनानुदिन बढ्दो छ ।
फेरि आजको युवा जगत कला सिर्जनामा ‘प्रोजेयक वर्स’को आत्मिक समीपतामा रहेकाले यसको प्रतिष्ठा स्वतः प्रस्टिन्छ । फरक कति त भने एप्सटाइन परम्पराका नयाँ–नयाँ भर्सनहरू दिनदिनै प्रयोगमा आएका छन् । महाव्याधि र मानव दुःखका दिनमा त युवा जगत निरिस्वर स्वरमा नरिमितिइकनै रमितेको छ, विन्दास विन्दास ।
जीवन पूर्णतवरले जिउनका लागि प्रतिफल मर्नुपर्छ । दैहिक मरण होइन, बल्की उसका जीजिविषा, उन्मेद र उत्साहहरू आफैंभित्र उत्सर्ग भएका हुन्छन् । निजत्वको कैद गरेर व्यक्ति बाचेको देखिन्छ । यसको मतलव आफैबाट च्यूत भएर बाँचेको हुन्छ । यही वास्तविक सांगत सत्यमा नै कला विधान देखिएको छ । एप्सटाइन परम्परा र यसका नयाँ स्वरूपहरू संगीत संरचनामा बेस्सरी गढेको छ । प्रोजेयक वर्स तिरको सम्मोहन यो साहित्य समीप र चित्रात्मक छ । कारणतः यस प्रवृत्तिको कला सिर्जना युवावयको दृदयस्थली बनेको छ । स्थिति विपर्ययका शिकार बनेर त्यसलाई पूर्ण गीतात्मक/गेयात्मकताबाट मुक्ति दिएर पनि स्रोता–द्रष्टाबीच सम्बन्धको सूत्र बनेको छ । अझ भनौं, वेगल गेयमूल्यको परम्परा बनेको छ । शास्त्रीय मूल्यहरू भत्काएको छ । तत्कालीन स्थितिका युवा भत्कोसहरू उठाउन सफल भएको छ । त्यसैले एप्सटाइन परम्परा स्थितिको सत्य र सापेक्ष स्वर हो ।
एब्साटाएन परम्पराले खण्डित अनुभूतिको सोलोडोलोहीन कथा गाउँछ । खण्डित अनुभूति र निराश बयसन्धिको स्वर भएकाले भत्कोस, दुःखेसा र संगीतको मनोगत मूल्यलाई वास्ता नगरी केवल क्षणावेगमा पुग्दछ । पूर्वको परिवेशमा उनीहरू अनुभूत हुनै चाहँदैनन् भने भविष्य त अझै पृथक रहन्छन् । एप्सटाइनवादीका दृष्टिमा जीवन शायद ‘इम्पल्स’का रूपमा लिइन्छ होला र कलाकरण यस बीचको नशा ।
अतः यसो भनौं बिटल्स परम्पराबाट थालिएको यस किसिमको कला सिर्जना सुसांस्कृत बन्दै नयाँ प्रकरणमा पुग्दै गए पनि प्रारव्धमा स्थितिको विषयबाट मानव सत्तालाई शून्य दृष्टिमा राख्दै पलायनको गतिलाई मुक्तिका लागि ‘प्रोजेयक वर्स’का रूपमा कलामा स्थानापन्न हुँदै गएका हुन्, जसका प्रत्यक्ष ऐन्द्रिक प्रभाव र उत्सर्ग अनुभूति ल्याउन मूल्यको एकै विशेषता र विशिष्ठता छ ।
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...