×

NMB BANK
NIC ASIA

उपकुलपतिमा डा. माकजूको विकल्प खोजी– किन गिर्दैछ काठमाडौं विश्वविद्यालयको साख ?

पुस १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सर्च कमिटी गठन भएदेखि विश्वविद्यालयभित्र नयाँ सरगर्मी बढेको छ । 

Sagarmatha Cement
Muktinath Bank

अहिलेकै उपकुलपति डा. रामकण्ठ माकजूलाई तेस्रो कार्यकालका लागि भीसी बनाउने तयारी भएको भन्दै विश्वविद्यालयका बहालवाला र भूतपूर्व प्राध्यापकहरूले विरोध जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माकजू २०६९ सालमा पहिलो र २०७३ सालमा दोस्रो पटक काठमाडौं विश्वविद्यालयको उपकुलपति भइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

पहिलोपटक प्रधानमन्त्री डा. बाबुराम भट्टराई र दोस्रोपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको समयमा माकजू उपकुलपति बनेका थिए । 

Vianet communication
Laxmi Bank

विश्वविद्यालय हाँक्न सक्ने अन्य काबिल व्यक्ति हुँदाहुँदै एउटै व्यक्तिलाई तेस्रो कार्यकालका लागि भीसी नियुक्त गर्न लागिएको भन्दै सरोकारवालाहरूले विरोध जनाएका छन् । 

भीसी छनौटका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी बनाइएको छ ।

कमिटीमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका अलावा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. सुरेशराज शर्मा र संरक्षक दमननाथ ढुंगाना सदस्य छन् ।

माकजू दोस्रो कार्यकालका लागि नियुक्ति हुने समयमा विश्वविद्यालयका डीन र सरोकारवालाले विश्वविद्यालयको सभा बोलाउन माग गरेका थिए । 

विश्वविद्यालयका पदाधिकारीको विरोधका बावजुद तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०७३ सालमा माकजूलाई उपकुलपति नियुक्त गरेका थिए । 

काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्ट्सका पूर्व डीन प्रोफेसर टंकनाथ शर्मा विश्वविद्यालयको अहिलेको नेतृत्वले विश्वविद्यालयको साख गिराउने काम गरेको टिप्पणी गर्छन् ।

‘काठमाडौं विश्वविद्यालय सुरेशराज शर्मा लगायतले मेहनत गरेर बनेको नेपालको शैक्षिक धरोहर हो । उनको अवकाशपछि जुन नेतृत्व चयन भयो, त्यो दिनदेखि नै विश्वविद्यालयको दुर्दशा शुरू भयो,’ शर्माले लोकान्तरसँग भने, ‘विश्वविद्यालयको उपकुलपति छान्न त्यतिबेला पनि सर्च कमिटी बनेका थियो र सुरेशराज शर्मा सदस्य हुनुहुन्थ्यो, किन उहाँ (डा. रामकण्ठ माकजू)लाई छान्नुभयो ? उहाँ भन्दा धेरै क्वालिफाइड मान्छे विश्वविद्यालयमा थिए । आफूले स्थापना गरेको, विकास गरेको विश्वविद्यालयको माया त हुनुपर्ने हो । जसले यसको नाम विश्वमा स्थापित गर्न सक्यो । आफू सर्च कमिटीमा भएका बेला किन योग्य मान्छे छान्नुभएन ?’

प्रोफेसर शर्मा उपकुलपति रामकण्ठ माकजूको असहिष्णुताका कारण डा. विपिन अधिकारी, आफू र अन्य डीन तथा प्रोफेसरले विश्वविद्यालय छाड्नुपरेको बताउँछन् ।

‘रामकण्ठ राम्रो डाक्टर हो, अस्पतालका लागि राम्रो हो । तर युनिभर्सिटी चलाउने नेतृत्व क्षमता उहाँमा छ जस्तो लागेको छैन । आफ्नो ग्रुपको साथमा काम गर्न चाहनुहुन्छ । आफ्नो कसैले आलोचना गर्‍यो भने अगाडि बढ्न नै दिनुहुन्न,’ शर्माले अगाडि भने, ‘विदेशी युनिभर्सिटीबाट नयाँ–नयाँ कार्यक्रम ल्याउनु पर्ने ठाउँमा भएका राम्रा प्रोफेसरलाई समेत हतोत्साहित गर्ने काम भएको आरोप छ ।’

पूर्व डीन शर्माले थपे, ‘प्रोफेसर भनेका पढेलेखेका विद्वान हुन्, उनीहरू चाकडी जाँदैनन् । उनीहरूलाई नेतृत्व दिने भन्ने ज्ञान त युनिभर्सिटी नेतृत्वमा हुनुपर्ने हो नि ! भीसी एरोगेन्ट भएर निस्कनुभयो । राम्रो रायसुझावअनुसार काम गरे त राम्रो भइहाल्थो नि !’ शर्माले भने । 

माकजू दोस्रो कार्यकालका लागि भीसी भएर आएदेखि विश्वविद्यालयको गरिमा घट्दै गएको अर्का एक पूर्व प्राध्यापकले बताए । 

‘सुरेशराज शर्मा छँदा संकायका डीनलाई अधिकार सम्पन्न बनाइएको थियो, त्यसैकारण विश्वविद्यालयले राम्रो ढंगले काम गरिरहेको थियो । माकजूले सबै अधिकार आफूमा केन्द्रित गर्नुभयो, फलस्वरूप विपिन अधिकारी, टंकनाथ शर्मा जस्ता विश्वविद्यालयमा योगदान दिएका व्यक्तिहरू अलग्गिने अवस्था सिर्जना भयो,’ ती प्रोफेसरले भने । 

काठमाडौं विश्वविद्यालय स्कूल अफ लका संस्थापक डीन डा. विपिन अधिकारीले राम्रो भीसीको खोजी र सर्च कमिटीको आशीर्वादले विश्वविद्यालयको दिन फर्किने विश्वास व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेखेका छन् । 

‘काठमाडौं विश्वविद्यालयको सभाले प्रधानमन्त्रीलाई नयाँ भीसी नियुक्तिको सिफारिश गर्न शिक्षा मन्त्रीको संयोजकत्वमा सर्च कमिटि (खोजबिन तथा सिफारिश गर्ने समिति) बनाएको सार्वजनिक भएको छ । यसको काम कारवाहीले अवश्यै परिणाम दिनेछ । यसमा हामीले सधैँ आदर गर्ने दुई सदस्य संस्थापक उपकुलपति प्रा. सुरेशराज शर्मा तथा विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना हुनुहुन्छ । विश्वविद्यालयको विजोगको उहाँहरू प्रत्यक्षदर्शी हुनुहुन्छ । अतः राम्रो भीसीको खोज र उहाँहरू समेतको आशीर्वादले विश्वविद्यालयको दिन फर्किने छ । नयाँ भीसीको चयन प्रतिस्पर्धाशील पूर्वघोषित योग्यताका आधारमा तथा विश्वविद्यालयका पूर्व तथा वर्तमान पदाधिकारी, डीन तथा प्राध्यापकहरू समेतको सल्लाह लिएर होस् भन्ने विश्वविद्यालय समाजको चाहना छ,’ अधिकारीले शुक्रवार फेसबूकमा लेखेका छन् । 

काठमाडौं युनिभर्सिटी प्रोफेसर एसोसिएसनले विश्वविद्यालयका पूर्व तथा वर्तमान पदाधिकारीहरूसँग सल्लाह गरेर मात्र उपकुलपति नियुक्तिको सिफारिश गर्न सर्च कमिटीसँग आग्रह गरेको छ । 

अर्का एक पूर्व प्राध्यापकका अनुसार काठमाडौं विश्वविद्यालयको साख गिर्नुमा पाँच कारण छन् ।

पहिलो–माकाजु प्राज्ञिक व्यक्ति थिएनन्, अहिले पनि छैनन् । उनी पढ्ने पढाउने विधाबाट आएकै होइनन् । उनी एक कुशल चिकित्सक मात्र हुन् ।

‘उनलाई अस्पतालको मात्र जिम्मा दिइनुपर्छ । विश्वविद्यालयको भारी बोक्ने क्षमता उनको हुँदै होइन । उनका कारणले विश्वविद्यालयको शैक्षिक स्तर तथा अनुसन्धान कार्यहरू पछाडि पर्न गएका छन्,’ ती प्राध्यापकले अर्को कारण खुलाए, ‘निर्णयकर्ताका रूपमा पनि आफ्नो किचेन क्वाबिनेटबाट चल्न चाहने भएकाले विश्वविद्यालयको आन्तरिक संरचनाहरू लगभग निष्क्रिय र शिथिल हुन पुगेका छन् ।’

विश्वविद्यालयका प्राध्यापक, प्रशासक तथा छात्र–छात्राहरूको गुनासोलाई उचित रूपमा तथा समयमै सम्बोधन गर्न नचाहेका कारण विश्वविद्यालयभित्र विभिन्न स्तरमा युनियनबाजीको विकास भएको माकजूमाथि तेस्रो आरोप छ । 

‘आन्तरिक गुनासाहरू सम्बोधन गर्ने परिपाटी समाप्त भएको छ । विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा रहेको धुलिखेल अस्पताल तथा स्कूल अफ मेडिकल साइन्सेजबाहेक सबै स्कूलहरूको स्तर घट्दै गएको छ । आफूसँग विमति राख्ने सबै वरिष्ठ प्राध्यापक, रजिष्टार तथा डीनहरूलाई बिदा गरेका छन् । उनीहरूलाई पठनपाठनमा कुनै किसिमले पनि संलग्न गराइएको छैन,’ अहिलेको नेतृत्वका कारण विश्वविद्यालय खस्किनुको कारणबारे ती पूर्व प्राध्यापकले भने ।

स्कूल अफ म्यानेजमेन्टका डीन प्राध्यापक विजय केसी तथा स्कूल अफ साइन्सेजका वरिष्ठ प्राध्यापक सञ्जय खनालका लेख पछिल्लो उदाहरण भएको उनले बताए । 

अन्तिम कारण खुलाउँदै ती प्राध्यापकले भने, ‘ विश्वविद्यालय खस्किनुको पाँचौ कारण चाहिँ विश्वविद्यालयको लगानी तथा सम्बर्द्धन सम्बन्धमा उपकुलपतिको आफ्नो दृष्टिकोण छ यसले गर्दा विश्वविद्यालयको वित्तीय स्थिति निरन्तर खस्किँदो छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x