×

NMB BANK
NIC ASIA

जेठ पहिलो सातासम्ममा नयाँ जनादेशसहितको सरकार बन्छ– अर्थमन्त्री पौडेल

पुस १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले आगामी जेठ महिनाको पहिलो सातासम्ममा नयाँ जनादेश अनुसारको सरकार बन्ने बताएका छन् । 

Muktinath Bank

प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नरहेको र चुनाव अहिलेको एकमात्र राजनीतिक निकास भएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा रूपन्देही जिल्लाका अगुवा कार्यकर्ता भेलालाई आइतवार बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले चुनाव हुन्छ कि हुँदैन भनेर अलमलमा नबस्न कार्यकर्तालाई निर्देशन समेत दिए ।


Advertisment
Nabil box
Kumari

‘निर्वाचन हुन्छ कि हुँदैन भनेर नसोध्नुस् । कुरा बुझ्ने राजनीतिक दलहरू चुनावमा लागिसके । निर्वाचन आयोग चुनाव गराउन तयार छ, पार्टीहरू चुनावको तयारीमा छन्, आर्थिक स्रोत जोहो गर्न अर्थ मन्त्रालय तयार छ,’ अर्थमन्त्री समेत रहेका पौडेलले भने, ‘वैशाख १७ र २७ गते चुनाव हुन्छ । मतगणना सकिएर जेठको पहिलो हप्तासम्ममा नयाँ जनादेशका आधारमा सरकार बनाएर गतिशील ढंगले सरकार सञ्चालन हुन्छ ।’ 

Vianet communication
Laxmi Bank

आफूहरूले स्वतन्त्र न्यायालय र शक्तिपृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने भएपनि प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नरहेको जिकिर उनले गरे ।

‘प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ, अदालतको निर्णयलाई हार्दिकतापूर्वक स्वीकार गर्छौं, यो निष्ठाको विषय हो,’ पौडेलले भने, ‘तर हामी पनि संविधान र कानून निर्माता भएकाले अलिअलि बुझ्छौं । प्रतिनिधि सभा पुनःस्थापनाको संवैधानिक आधार छैन । ६४ प्रतिशतको समर्थन लिएर प्रधानमन्त्री बन्दा त प्रतिनिधि सभाले समस्यको समाधान गरेन, अल्पमतले गर्न सक्छ ? बहुमतको विकल्पमा अल्पमत छ, त्यसले सरकार गठन गर्न सक्दैन ।’

महासचिव पौडेलले आसन्न निर्वाचनमा आफूहरूले दुईतिहाइ बहुमत ल्याउने दाबी गरे ।

‘हिजोको जस्तो होइन अनुशासित प्रतिनिधि सभा दिनुस् भनेर जनतामा जान्छौं, बहुमत होइन दुईतिहाइ बहुमत ल्याउने गरी चुनावमा जान्छौं,’ पौडेलले भने । 

महासचिव पौडेलले केन्द्रमा असर देखिएपनि नेकपा विभाजनको प्रभाव रुपन्देहीमा नपरेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x