×

NMB BANK
NIC ASIA

बैकिङ ठगीको जालो : ४ वर्षमा २ अर्ब ५६ करोड ठगी, अधिकांश बैंकले लुकाउँछन् अपराध !

पुस २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो ४ वर्षमा नेपालको बैंकिङ क्षेत्रमा २ अर्ब ५६ करोड २३ लाख रुपैयाँभन्दा धेरैको आर्थिक अपराध भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ को मंसिर महिनासम्म नेपाल राष्ट्र बैंकबाट सम्बन्धन प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थामा २ अर्ब ५६ करोडभन्दा धेरै रुपैयाँको आर्थिक अपराध भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७४/७५ मा यति डेभलपमेन्ट बैंक, नेपाल बैंक, कृषि विकास बैंकको न्युरोड शाखा, एनआईसी एसिया बैंक, सिभिल बैंक, मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन, सिभिल बैंक, माछापुच्छ्रे बैंक, तत्कालीन एपेक्स बैंक र सामुदायिक लघुवित्त वित्तीय संस्था गरी ९ वटा बैंक तथा वित्तीय संस्थामा आर्थिक अपराध गरेको आरोपमा कर्मचारीदेखि पदाधिकारीसम्म पक्राउ परेका छन्    


Advertisment
Nabil box
Kumari

९३ वटा मुद्दामा १० जना पदाधिकारी, ३० जना कर्मचारी, १२ जना भ्यालुएटर (जग्गा हेर्ने व्यक्ति) र ऋणी गरी ५३ जना पक्राउ परेका थिए, जसमा १ अर्ब ६८ करोडभन्दा धेरै ठगी भएको थियो । 

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०७५/०७६ मा  सिटिजन्स बैंक, सनराइज बैंक, तत्कालीन किष्ट बैंक, देव विकास बैंक, राष्ट्रिय विकास बैंक, धुलिखेल शाखा र कृषि विकास बैंक गरी ८ वटा बैंकमा बैकिङ ठगी भएको थियो । 

६० वटा मुद्दा दर्तामा ७ जना बैंकका कर्मचारी, २० जना भ्यालुएटर (जग्गा हेर्ने व्यक्ति) र २ जना अन्य गरी २९ जना पक्राउ परेका थिए जसमा ६६ करोड ५७ लाखभन्दा धेरै ठगी भएको सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले बताए ।

आर्थिक वर्ष २०७६/०७६ मा बैंक अफ काठमाडौं र नेपाल बैंक लिमिटेडमा ३ करोड भन्दा धेरै ठगी भएको थियो जसमा कर्मचारी र भ्यालुएर गरी १३ जना पक्राउ परेका थिए ।

यसको पछिल्लो उदाहरण महालक्ष्मी विकास बैंकमा ७ करोड ४२ लाखभन्दा धेरैको ठगी भएको खुलासा हो । 

बैंकको लकरमा साढे १७ किलो सुन भएको तमसुक गरी ऋण प्रवाह गरिएको थियो तर बैंकको लकरमा ५ किलो २२८ ग्राम मात्र सुन भेटिएपछि महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा भएको अनियमितता खुलासा भएको थियो । 

बैंकको केन्द्रीय कार्यालयबाट गएको टोलीले सुन धितो राखी प्रवाह भएको कर्जाको विवरण र लकरमा भएको सुन जाँच्दा १२ किलो ३२ ग्राम सुन कम देखिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी परेको थियो । 
बैंककै म्यानेजर, कर्मचारी तथा सुन जाँचकीको मिलोमतोमा ठगी भएको थाहा पाएपछि ऋणी समेत गरी ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक पिंकु पालिखे र स्मृति राणा, शाखा प्रबन्धक अनिशसिंह सिजापति, तत्कालीन सुन जाँचकी पदमचन्द्र ज्ञवाली र ऋणीहरू पूर्ण राई, देवानन्द राई र सन्दीप लिम्बू पक्राउ परेका छन् । 
प्रहरीले तत्कालीन शाखा प्रबन्धक, शाखा प्रबन्धहरूलाई पुष ९ गते पक्राउ गरेको थियो भने सुन जाँचकी र ऋणीहरूलाई पुस १३ गते पक्राउ गरेर सीआईबीले सार्वजनिक गरेको थियो ।

सीआईबीका प्रमुख डीआईजी सहकुल थापाका अनुसार ८ वर्षदेखि बैंकको लकरमा सुन जाँच्ने कर्मचारीको करार अवधि बैंकले नथपेपछि र ग्राहकले बैंकको पैसा नतिर्दा बैंकको केन्द्रीय कार्यालयले अनुसन्धान गरेपछि ठगी गरेको खुलेको थियो । 

अहिले सीआईबीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यसभन्दा अगाडि २०७६ सालको भदौमा बैंक अफ काठमाडौंका तत्कालीन क्षेत्रीय म्यानेजरसहित १६ जनाले २ करोड ५० लाखभन्दा धेरै ठगी गरेको प्रमाणित भएको थियो । 

जसमध्ये १२ जनालाई पक्राउ गरेर कानूनी दायरामा ल्याएको छ भने ४ जना अझै फरार रहेको सीआईबीले जनाएको छ । 

ऋणी स्वर्णिम एन्ड श्रीजन कम्पनीका सञ्चालक सुरेन्द्र श्रेष्ठले बैंकमा झापाको ४ कठ्ठा १० धुर जग्गा राखेर ऋण लिएका थिए । तर देखाउँदा भने अर्कै ठाउँको धेरै मूल्य पर्ने जग्गा देखाएको खुलेको थियो ।

त्यसमा म्यानेजर मुख्य दोषी भएको भन्दै जिल्ला अदालत काठमाडौंले बिगो र जरिवानासहित कारागार पठाएको थियो तर पछि सर्वोच्च अदालतमा मुद्दा हालेर १ करोड बिगो जरिवाना तिरेर छुटेको सीआईबी प्रमुख थापाले बताए ।
अन्य १२ जना पनि बिगो जरिवाना र सजाय भुक्तान गरेर छुटिसकेको सीआईबीले जनाएको छ । 

बैंकले लुकाउँछन् कर्मचारीको अपराध

आफ्नो संस्थाको रिपुटेसन (इज्जत)सँग जोडिएको विषय भएको भन्दै धेरै बैंकले आर्थिक अपराधहरू लुकाउने गरेका छन् । 

‘बैंकको इज्जतसँग जोडिएको विषय भन्दै धेरै बैंकले कर्मचारीहरूलाई निलम्बन गर्ने र उनीहरूको तलबबाट पैसा असुल गर्ने गरेको पाइन्छ,’ सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले भने, ‘त्यसैले गर्दा पनि धेरै आर्थिक अपराधहरू बाहिर आउँदैनन् ।’

यसकारणले गर्दा आर्थिकसँग हुने अपराधका घटना बाहिर नआउने गरेको डीआईजी थापाले बताए ।

के छ कानून ?

बैंकिङ कसूर तथा सजाय ऐन २०६४ दफा ७ मा अनधिकृत रूपमा कसैले पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन नहुने व्यवस्था गरिएको छ । 

‘अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने कसैले पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा लिँदा वा दिँदा देहायको कार्य गर्नु हुँदैन । गलत, झुट्टा वा नरहे नभएको वित्तीय विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी कर्जा लिन वा दिन, धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गरी कर्जा लिन वा दिन, झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई बढी कर्जा लिन वा दिन, आफूलाई प्राप्त भएको अख्तियारी वा स्वीकृत सीमाभन्दा बाहिर गई कर्जा, सुविधा वा सहुलियत प्राप्त गर्न वा उपलब्ध गराउन, बैंक वा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीले सो बैंक वा वित्तीय संस्थाको प्रचलित कर्मचारी प्रशासनसम्बन्धी विनियमावली वा प्रचलित कर्मचारी सापटी वा सुविधासम्बन्धी विनियमावलीबमोजिम पाउने कर्मचारी सुविधाअन्तर्गतको कर्जा वा सापटीबाहेक अन्य तवरले आफ्नो बैंक वा वित्तीय संस्थाबाट कर्जा वा सापटी लिन,’ लगायतका व्यवस्था गरिएको छ ।
यदि कसैले बैंकिङ कसूर गरेको खण्डमा १० देखि १२ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।

‘दश लाख रुपैयाँसम्म बिगो भए एक वर्षसम्म कैद, दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भए दुई वर्षदेखि तीन वर्षसम्म कैद, पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए तीन वर्षदेखि चार वर्षसम्म कैद, एक करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयाँसम्म बिगो भए चार वर्षदेखि छ वर्षसम्म कैद, दश करोड रुपैयाँभन्दा बढी पचास करोड रुपैयाँसम्म बिगो भए छ वर्षदेखि आठ वर्षसम्म कैद, पचास करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए आठ वर्षदेखि दश वर्षसम्म कैद, एक अर्ब रुपैयाँभन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद,’ हुने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x