×

NMB BANK
NIC ASIA

कित्ता फेरेपछि अर्घाखाँचीमा के छ टोपबहादुरको अवस्था ? पूर्व माओवादी जनमत कता ?

पुस २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशमा नेकपाका प्रभावशाली नेतामध्ये पर्छन्, अर्घाखाँचीका टोपबहादुर रायमाझी । पूर्व माओवादीबाट २०६४, २०७० र २०७४ का तीनवटै चुनाव लगातार जितेर ‘ह्याट्रिक’ गरेका रायमाझी नेकपा विभाजनपछि नेकपा केपी शर्मा ओली समूहमा लागेर ऊर्जा तथा जलस्रोत मन्त्री भइसकेका छन् । 

Muktinath Bank

नेकपा विभाजसँगै अर्घाखाँचीको नेकपाको दिशा र दशालाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी शुरू भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी जनयुद्धका बेला र शान्ति प्रक्रियामा आइसकेपछि पनि डा. बाबुराम भट्टराई निकट मानिने रायमाझी बाबुरामले अलग पार्टी खोलेपछि प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रमा बसे । अहिले उनी प्रचण्डलाई छाडेर ओली खेमामा लागेका छन् ।


Advertisment
Nabil box
Kumari

केही व्यक्तिहरू अर्घाखाँचीमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह कमजोर रहेको ठानेर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न रायमाझी ओली समूहमा लागेको चर्चा गर्छन् ।

Vianet communication
Laxmi Bank

रायमाझी ओली समूहमा लागे पनि अर्घाखाँचीका पूर्व माओवादी नेताहरू नेकपा जिल्ला सचिव ठाकुरकुमार विक, केन्द्रीय सदस्य सुशीला श्रीपाली, प्रदेश सदस्यद्वय छमकुमारी खनाल, धर्म भुसाल, छत्रदेव गाउँकमिटी अध्यक्ष रामलाल पराजुली नेकपा (प्रचण्ड–नेपाल) समूहमै छन् । पूर्व एमालेका प्रदेश कमिटी सदस्य पिताम्बर भुसाल, पिताम्बर सारू, कुलदीप भुसाल, सरोज भुसाल लगायतका नेताहरू पनि प्रचण्ड–नेपाल समूहमा खुलेका छन् ।

रायमाझीसँगै राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, क्षेत्र नम्बर १ का अध्यक्ष प्रकाश ज्ञवाली, कार्यालय सदस्य जाकिर हुसेन ओली समूहमा लागेका छन् । 

त्यस्तै नेकपा जिल्ला अध्यक्ष तथा प्रदेशसभा सांसद चेतनारायण आचार्य, अर्का प्रदेशसभा सांसद रामजी घिमिरे र प्रदेश सभाकी समानुपातिक सांसद जाल्पा भुसाल पनि ओली समूहमै छन् । जिल्लामा नेकपाको राजनीतिक विभाजन हेर्दा पूर्व एमालेका ८० प्रतिशत ओली समूहमा र पूर्व माओवादीका ६० प्रतिशत प्रचण्ड–नेपाल खेमामा लागेको दाबी नेताहरूको छ ।

नेकपाका अर्घाखाँचीका सचिव ठाकुरकुमार विक कुनै व्यक्तिले आफ्नो स्वार्थपूर्ति गर्न कित्ता बदले पनि अर्घाखाँचीका पूर्व माओवादी नेता/कार्यकर्ता उसको पछि नलाग्ने दाबी गर्छन् ।

‘जनताले व्यक्ति हेर्दैनन्, विकास र कार्यदिशा हो । अहिले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटन ‘कु’ हो भन्ने जनताले राम्रोसँग बुझेका छन् । टोपबहादुरसँग निष्ठावान नेताहरू लागेका छैनन् । पार्टीका सबै कार्यकर्ता प्रचण्ड–नेपाल समूहमै छन् । हामी जिल्लामा बलियो छौं,’ ठाकुरले लोकान्तरसँग भने ।

राजमो पृष्ठभूमिका डिलाराम आचार्य पनि अहिले अर्घाखाँचीमा प्रचण्ड–नेपाल समूहबाट जिल्लामा सक्रिय रहेका छन् । तर, रायमाझीनिकट जिल्ला नेताहरू जुनसुकै समूहमा लागेपछि टोपबहादुरले अर्घाखाँचीमा चुनाव जित्ने दाबी गर्छन् ।

देशलाई सही दिशा दिने दुरदर्शी नेता ओली भएकाले रायमाझी ओली समूहमा लागेको नेकपा अर्घाखाँचीका जिल्ला कमिटी सदस्य शोभाखर पन्थीको दाबी छ ।

उनले भने, ‘नेकपा विभाजन भएपछि ओली समूहले देशभर चुनाव हारे पनि अर्घाखाँचीमा टोपबहादुरले चुनाव जित्नुहुन्छ । उहाँले अर्घाखाँचीमा धेरै विकास गर्नुभएको छ । पूर्व माओवादीका नेता रायमाझीसँगै ओली समूहमा नआउँदा पनि उहाँलाई केही फरक पर्दैन ।’ 

रायमाझीले २०६४ मा कांग्रेसका मानबहादुर विकलाई पराजित गरेका थिए । 

त्यस्तै २०७० र ०७४ को निर्वाचनमा कांग्रेसका पुराना नेता रामबहादुर बीसीलाई ठूलो मतान्तरले पराजित गरेका थिए । २०७४ को निर्वाचनमा रायमाझीले  ५१ हजार र बीसीले जम्मा ३१ हजार मत ल्याएका थिए ।

अर्घाखाँचीका सबै स्थानीय तहमा सडक पुर्‍याउने श्रेय रायमाझीलाई जाने र उनलाई व्यक्तिगत भोट दिनेहरू पनि धेरै रहेको उनीपक्षीय नेताहरूको दाबी छ ।

तर, उनको चुनौती भनेको आफ्नै जिल्लाबाट बहुमत पूर्व सहकर्मीहरूको साथ नपाउनु हो ।

अर्घाखाँचीका माधव नेपाल निकट नेता प्रेमनारायण गैरे नेता रायमाझी व्यक्तिगत स्वार्थमा लागे पनि नेता कार्यकर्तामा कुनै ढुलमुलमा नभएको दाबी गर्छन् । 

‘उहाँ मन्त्री खानका लागि असंवैधानिक कदम सही हो भन्दै लाग्नुभएको छ, उहाँ नजिकका वडाध्यक्षदेखि कोही पनि ओली समूहमा गएका छैनन्,’ गैरेले लोकान्तरसँग भने ।

मन्त्री भएपछि रायमाझीले अर्घाखाँचीका विभिन्न ठाउँ, कपिलवस्तु र बुटवलमा नेकपा ओली समूहको भेलामा सहभागी भएर सम्बोधन समेत गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x