माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पुस २२, २०७७
महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ चेकजाँचका क्रममा बरामद गर्यो ।
चन्द्रागिरि नगरपालिका– २ मा रहेको उपत्यका छिर्ने मुख्य नाका नागढुंगामा चेकजाँच गर्ने क्रममा कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३ –०१–०२३ च २२५९ नम्बरको ह्युन्डाइ क्रेटा कारको डिकीमा स्पेयर टायरमुनि ३ वटा कालो झोलामा राखेको अवस्थामा १ करोड ४७ लाख रुपैयाँ फेला परेको थियो ।
प्रहरीले कपिलवस्तु वाणगंगा नगरपालिका–४ का २२ वर्षीय चालक संगम थारूको साथबाट थप ८६ हजार रुपैयाँ बरामद गरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारतबाट नेपाल पैसा ल्याइएको खुलेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब निरीक्षक (डीएसपपी) प्रमेस विष्टका अनुसार उनीहरूले भारतीय रुपैयाँलाई नेपाल र भारतको सीमा नाकामा केही दिन लगाएर साटेपछि नेपाल भित्र्याएको देखिएको छ ।
उनीहरूले भारतीय रुपैयाँलाई ३/४ लाखका दरले स्थानीय व्यापारीसँग साट्ने र नेपालमा ल्याएर एक ठाउँमा जम्मा गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरूलाई त्यो पैसा साट्नका लागि लगभग एक हप्ता लागेको थियो ।
‘उनीहरूले एक हप्तामा त्यो पैसा स्थानीय व्यापारीसँग साटेको देखिन्छ,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।
नेपाल राष्ट्र बैंकले दिनमा ५ हजार भारतीय रुपैयाँभन्दा धेरै पैसा साट्न अनुमति दिँदैन, त्यसैकारण उनीहरूले स्थानीय व्यापारीसँग साटेको देखिएको प्रहरीले जनाएको छ ।
पैसा लिएर आउने चालक संगम थारू र भारतको गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमितकुमार गुप्ता यसअघि नेपालमा कुनै अपराधमा संलग्न रहेको रेकर्ड नभेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले बताए ।
‘यसभन्दा अगाडि कुनै पनि अपराधमा संलग्न भएको देखिँदैनन,’ एसपी राठौरले लोकान्तरसँग भने, ‘हामीले त्यस विषयमा अनुसन्धान गर्यौं । अगाडि अपराधमा संलग्न नपाएपछि सम्पत्ति शुद्धीकरणमा पठाएका छौं ।’
अब सम्पत्ति शुद्धीकरणले स्रोत नखुलेको पैसा र उक्त पैसा के कारण भित्रिएको हो भन्ने अनुसन्धान गर्नेछ ।
त्यति धेरै पैसा के कामका लागि आयो भन्ने कुरा स्पष्ट हुन बाँकी छ ।
के का लागि आयो ? कसले पठायो ? स्रोत के भन्ने कुरा त सम्पत्ति शुद्धीकरणले पत्ता लगाउला, तर कुनै अपराधका लागि आएको हो कि होइन भन्ने विषय भने प्रहरीले अनुसन्धान गर्न सक्छ ।
विना स्रोतको पैसा लागूऔषध, चोरी, तस्करी, अपहरण जस्ता आपराधिक गतिविधिमा लगानी हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्ट बताउँछन् ।
प्रहरी स्रोतका भनाइलाई आधार मान्ने हो त्यो पैसा तस्करहरूले सुन तस्करीका लागि ल्याएको हुनसक्ने देखिन्छ । केही समयअगाडि तस्करी भएको सुनको पैसा भुक्तानी स्वरूप आएको पनि हुनसक्ने प्रहरीको बुझाइ छ ।
‘त्यो पैसाको हिसाब हेर्ने हो भने २ किलो सुनको पैसा हो,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘नेपालमा भन्दा भारतमा सुन महंगो हुँदा सुन तस्करहरू सक्रिय हुने गर्छन् ।’
आज (बुधवार) नेपालमा भन्दा भारतमा सुन ५ सय रुपैयाँ प्रतितोला महंगो छ ।
नेपालबाट भारततर्फ तस्करी हुँदा किलोमा नै तस्करी हुने र तोलामा २ रुपैयाँ मात्र मूल्य फरक हुँदा पनि धेरै फरक पर्ने गर्छ ।
नेपालमा समय–समयमा सुन तस्करीको घटना बाहिरिन्छन् ।
कात्तिक १ गते प्रहरीले वीरगञ्ज महानगरपालिका ५, रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट २३ किलोभन्दा बढी सुन बरामद गरेको थियो ।
त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र साना बिस्कुट १०० ग्रामका १० थान –एक केजी) बरामद गरेको थियो । सुनका गरगहना ६८१ ग्रामसहित त्यसको कुल तौल २३ किलो थियो ।
त्यो भन्दा अगाडि साउन १४ गते उपत्यका प्रहरीकै संलग्नतामा १५ किलो सुन फेला परेको थियो तर पछि परीक्षण गर्दा १ किलो मात्रै सुन भएको पुष्टि भएको थियो ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...