×

X
Nic Asia
Marvel

हृदयघात हुँदैछ भनी सचेत गराउने यस्ता संकेतहरू शरीरले पहिल्यै दिन्छ

काठमाडाैं | असोज ७, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ ।

DHARA
LAxmi BAnk


तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न कुनै किसिमको संकेत भने दिन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सचेत हुनु जरूरी छ । यहाँ दिइएकामध्ये कुनै पनि लक्षण देखिएमा तत्काल चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

१ थकान
कहिलेकाहीँ थकित हुनु त सामान्य हो । बेस्सरी काम गर्ने सबैलाई थकान त लागिहाल्छ । तर ससानो काम गर्दा पनि थकाइ लाग्न थाल्यो भने बुझ्नुस्, मुटुलाई दबाब पर्दैछ । मुटुले पर्याप्त मात्रामा रगत पाइरहेको छैन र हृदयघात हुन सक्छ भन्ने लक्षण हो यो ।


२ छातीमा दबाब
छाती बाउँडिएर आउनु भनेको हृदयघातको चेतावनी हो । मुटु बेस्सरी धड्किने र छाती, पिठ्युँ, दाह्रा, घाँटी, पाखुरा वा माथिल्लो पेट दुख्ने गरेमा पनि हृदयघात हुन सक्छ ।


Advertisment
Bizbazar
Saurya island

३ सास फेर्न अप्ठेरो
सास फेर्न गाह्रो हुनु भनेको तपाईंको फोक्सोमा पर्याप्त अक्सिजन नपुगेको हो र धमनी ब्लक भएको संकेत हो । सास फेर्न गाह्रो हुने काम नियमित भइरह्यो भने खतराको घन्टीका रूपमा बुझ्नुपर्छ ।

४ कमजोरी
तपाईं कमजोर र ऊर्जाहीन महसूस गरिरहनुभएको छ भने तपाईंका मांसपेशीले पर्याप्त अक्सिजन नपाएको लक्षण हो । हृदयघातको पहिलो चेतावनी हो यो ।

Vianet communication
IME BANK INNEWS

५ चक्कर र चिसो पसिना
यस्तो लक्षण देखियो भने तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ । बेस्सरी पसिना चुहिनु हृदयघातको प्राथमिक लक्षण हो र दिमागमा अक्सिजन नपुग्दा यस्तो हुन जान्छ ।

६ रुघा र ज्वरो
जाडोमा रुघा लाग्नु र ज्वरो फुट्नु स्वाभाविक हो । तर धेरै मान्छेलाई हृदयघातको एक महिनाअघि यस्ता लक्षण देखिन्छन् भन्ने थाहै छैन । खोक्दा शरीरको रक्तसञ्चार सहज हुन्छ ।

मुटुरोगबाट बच्नका लागि सात्विक आहार गर्ने, चुरोट नपिउने, रक्सी नपिउने, पर्याप्त सुत्ने र नियमित अभ्यास गर्ने गर्नुपर्छ । साथसाथै चिन्ता र तनाव नलिने गर्नुभयो भने पनि हृदयघात हुँदैन

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेंगु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित अस्पतालबाट अहिले दैनिक निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेक...

असोज ९, २०७९

काठमाडौं- गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ । शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने हुन्छ । त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर ...

असोज ९, २०७९

गर्मीको मोसममा धेरै मानिसलाई भोक नलाग्ने र निद्रा नआउने समस्याले सताउँछ । गलत खानपान पनि यसको कारण हुन सक्छ । पोषणयुक्त आहारको कमीले पाचन प्रक्रियामा गडबडी आउँछ अनि यही कारण निद्रा बिग्रिन्छ । भिटामिन, मिनरल्...

असोज १०, २०७९

अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।  टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन । ...

असोज १०, २०७९

रूपन्देहीको देवदहमा १० शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ । देवदहको खैरनीमा रहेको साविक स्वास्थ्य चौकीलाई पूर्वाधार थपेर अस्पताल बनाइएको हो । अस्पतालको सोमवार नगरप्रमुख धुब्र खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङल...

असोज १०, २०७९

काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।&n...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x