×

NMB BANK
NIC ASIA

कोरोना संक्रमण नदेखिएपछि पर्यटकीय क्षेत्रका होटल पुनः सञ्चालन

पुस २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हिमाली क्षेत्रमा कोभिड–१९ को संक्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् ।

Muktinath Bank

बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय फाट्टफुट्ट रूपमा आन्तरिक पर्यटक आउन थालेकाले लामो समय बन्द रहेको पर्यटकीय एवं व्यापारिक मार्गका होटल तथा लजले आफ्ना नियमित सेवा दिन थालेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धुञ्चेदेखि लाङटाङ तथा गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग, नेपालको उत्तरी नाकाको रसुुवागढी लगायत हेलम्बु, डाडेपाटी लगायतका स्थानमा सञ्चालित करीब २०० पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आइसकेको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

हिमाली जिल्ला रसुवामा कोरोनाको खासै प्रभाव नपरेको र पर्यटकीय क्षेत्रको बढी हिस्सा ओगटेको गोसाइँकुण्ड गाउँपालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयले समेत बालबालिकाकोे नियमित पठनपाठन निर्वाधरूपमा पुनः सञ्चालन गराइसकेकाले रोगप्रति आशंका गर्ने ठाउँ नभएको होटल तथा पर्यटन व्यवसायी संघले स्पष्ट पारेको छ ।
        
पर्यटकका लागि सेवा दिन अहोरात्र तल्लीन व्यवसायीले कोरोनाको संक्रमण शुरू भएयता मासिक ६ करोड ७० लाख रुपैयाँ घाटा व्यहोर्दै जानुपरेको अवस्थामा पाहुनाको आगमनले केही आशा पलाउँदै गएको होटल तथा लज सञ्चालकले बताएका छन् । 

Vianet communication
Laxmi Bank

कोरोनाको असरले यस भेकमा पर्यटनसँग जोडिएका ७० भन्दा बढी पथ प्रदर्शक एवं करीब ४०० मजदुर समेत बेरोजगार बन्न पुगेको संघका पदाधिकारीले निचोड निकालेका छन् ।

माओवादी द्वन्द्व र विक्रम संवत् २०७२ सालको विनाशकारी भूकम्पभन्दा अहिलेको कोरोनाको असरले पर्यटन व्यवसायी जटिल रूपले धरासायी मोडमा पुगेको उनीहरूको ठूलो गुनासो बढेको पाइन्छ । १०० को हाराहारीमा रहेका ससाना साधारण होटल पनि कोरोनाको असरले ठूलो मर्कामा परेका छन् ।
          
व्यवसायमार्फत पर्यटकलाई प्रदान गरेको सेवाबाट प्राप्त आयले बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाई जीविकोपार्जनमा सरलता ल्याउने ठूलो अभिलाषाका साथ होटल तथा लज सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था र गाउँघरका साहुबाट लिइएका ऋणको साँवा तथा ब्याजका किस्ता समेत तिर्ने उपाय नभएको होटल तथा पर्यटन व्यवसायी संघले जनाएको छ ।
         
पाहुनालाई खाने–बस्ने सुविधा पुर्‍याउन भाडामा घर लिने व्यवसायीले मासिक ५० हजारदेखि डेढ लाखसम्म घरधनीलाई तिर्नुपर्ने बाध्यता भएकाले आन्तरिक पर्यटनको प्रवद्र्धनलाई बढावा दिन माग गरिएको लाङटाङका व्यवसायीले बताएका छन् । काबुभन्दा बाहिरको परिस्थितिले उत्पन्न गराएको आर्थिक संकट समाधान गर्न राहत वा निश्चित अवधिका लागि निब्र्याजी ऋण उपलब्ध गराई नेपालको दोस्रो पर्यटकीय क्षेत्रका व्यवसायीलाई उत्थान गरिदिन सरकारसमक्ष आग्रह गरिएको संघका अध्यक्ष गजुरेलले बताए ।

पर्यटकको आगमन बन्द भएपछि कृषि तथा फलफूलका साथै करेसाबारीमा सागसब्जी उत्पादन गराउने, चौंरी पालेर दुग्ध उत्पादन गर्ने किसान समेत ठूलो मर्कामा परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x