पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
विगत केही दिनयता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सार्वजनिक रूपमा देखा परेका छैनन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आयोजना गरेको भेलामा देखा परेका थिए।
उनी हुलमुलमा थिए । त्यतिखेर उनको चेहरामा एक प्रकारको डर, मौनता, खिन्नता प्रकट भएको देखिन्थ्यो । आफू अहिले बोल्न नसक्ने अवस्थामा रहेको भन्दै उनले कोरोनाभाइरससँग जोगिनका लागि मुखमा लगाएको मास्क आँखामुनि नै पुग्नेगरी तानेका थिए।
आफूलाई चिन्ने मानिसहरूसँग उनले अरू बेलामा भन्दा निकै असहज महशुस गरेको कुरा उनको शारीरिक हाउभाउबाट नै प्रस्ट हुन्थ्यो।
पानीमाथिको ओभानो बन्नका लागि मान्छेले केसम्म गर्छन्, त्यो उनको अनुहारमा देखिन्थ्यो । खाउँ भने दिनभरिको शिकार, नखाउँ भने कान्छा बाउको अनुहार भन्ने उखान उनले दिमागमा घुसाएरै हिँडेका छन् कि जस्तो लाग्थ्यो।
उनको शारीरिक हाउभाउको परिवर्तन देख्दा लाग्थ्यो, उनी निकै ठूलो तनावका बीचमा गुज्रिरहेका छन्। उनी केही भन्न चाहन्छन् तर त्यो भन्न नसक्ने परिस्थितिबाट गुज्रिएका छन् । यस्तो लाग्थ्यो कि उनको मुखमा हजारौँ कुरा आएर बसेका छन् तर अभिव्यक्त गर्नका लागि एउटा कुरा पनि लायक छैनन् । हो, नेम्वाङ काका विचलित मुद्रामा देखिन्थे।
प्रतिनिधि सभा विघटन भइसकेपछि कोही सडकमा 'हामी यहाँ छौं' भन्दै गए । कोही तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर जिल्ला दौडाहा गरेजस्तो ७ नम्बर गियर दबाएर हिँडिरहेका छन्। ती सिधै समुन्द्रमा हाम फाल्नुहोस् भन्ने अर्ति उपदेश दिन्छन् ।
कोही पृथ्वीनारायण शाहको जस्तो दिव्य उपदेश बाँडिरहेका छन् । तर हँसमुख चेहराका, फरासिला र मनमा लागेका कुरा निर्भीकताका साथ भन्न नडराउने, नियम कानून सबै जानेका, शक्ति र सत्ताको प्रभावमा झुक्न, रोकिन नजानेका नेम्वाङ काका अचानक कता हराए त ?
कतै उनलाई दैवी शक्तिको अनुकम्पा प्राप्त भएर उक्त शक्तिले साधनाका लागि रहस्यमय ढंगले बिलिन हुन पो भन्यो कि, कतै दुर्गम ठाउँको यात्रामा निस्किँदा बाटो बिराए कि, कतै झरी बादलमा पो परे कि, कतै कसैको चालमा फसेर धर्म संकटमा पो परे कि, कतै कसैले लोभ देखाएर बन्धक बनाएर पो राख्यो कि, कतै ग्रहदशामै उल्का भएर घना जंगलको बीचमा शिकार खेल्न गएका बेला बादल/कुहिरो लागेर उतै हराए कि, कतै कसैले टुनामुना मोहनी लगाएर बेसुरमा जता पायो त्यतै हिँड्ने बनायो कि … ! यस्तै अनेकौं शंका-उपशंका भइरहेका छन्।
पूर्वकै सुन्दर जिल्ला इलामको सुन्तलाबारी घर भएको, होचोहोचो तर कोट पाइन्ट लगाएको निकै सुहाउने, अलिअलि पहिचानविरोधी स्वभाव भएको तर नेपाली टोपी लगाउन नबिर्सिने, उमेर अन्दाजी ७० वर्ष भएको, गहुँगोरो, आँखाको परेलीको धर्सो अलिक बाक्लो किसिमको भएको, बोली वचन कुनै संस्कृत भाषा पढेको पण्डितको जस्तो मीठो भएको, कानूनमा स्नातक (बीएल) सम्मको अध्ययन गरेको, २०४४/४५ सालतिर ल क्याम्पसमा ‘क्रिमिनल ल’ विषय पढाउने गरेको र पूर्व सभामुख भइसकेको राष्ट्रिय हुलिया भएको एक मान्छे चौबाटोमा कतै देखिएका छन् ?
उनले आफ्नो परिचय अन्य धेरै थोक पनि बताउछन् सक्छन्। माथि उल्लेखित हुलिया भएका मानिस विगत केही दिनयता काठमाडौं शहरबाट नै हराएका हुन्। उनी बालुवाटार इलाकामा निकै आउजाउ गर्ने गरेको सीसीटीभी फूटेजमा समेत देखिएको छ। अहिले उनले प्रयोग गर्ने नम्बर कहिले अन त कहिले अफ हुने गरेको छ। यदि झुक्किएर फोन उठ्यो नै भने पनि उनी नबुझ्ने गरी विस्तारै बोल्ने गरेका छन् र झर्को मानेर बाइ पनि नभनी एकदमै छिटो फोन काट्ने गरेका छन्। अहिले आफू बोल्न नसक्ने अवस्थामा रहेको र सबैकुरा समयक्रमसँगै पछि बताउनेछु भनेर उनी मोबाइल सम्पर्कमा पनि गायब हुने गरेका छन्।
एउटा राष्ट्रिय व्यक्तित्व देशलाई संकट परेका बेला, त्यो पनि संवैधानिक संकट आएको बेला, जनताहरूलाई के गर्ने कसो गर्ने अन्योल भएका बेला, संविधानको निर्मम बलात्कारको प्रयास भइरहेका बेला संविधान सभा अध्यक्ष तथा व्यवस्थापिका संसद्मा सभामुख भइसकेको मान्छे, यति मात्र हैन २०४८ र २०५२ मा गरी दुईपटक राष्ट्रिय सभाको अध्यक्ष, २०५६ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसकेको मान्छे कसरी हराउन सक्छ ? कतै राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्र त भएको छैन? छिमेकी देश चीनमा पनि एकजना व्यापारी हराएको समाचार सार्वजनिक भएका बेला नेम्वाङ काका पनि एकाएक हराउनु संयोग मात्र मान्न सकिन्छ र ?
उनी हराउनु अगाडिको घटना विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको दिन नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ काका अब मलाई अप्ठ्यारो हुने भयो मौन व्रत बस्नुपर्यो त्यसका लागि शिव भगवानको रूप धारण गर्नुपर्यो भन्दै आफू निकटका साथीहरूसँग थिए भन्ने सुनिन्छ । आफ्ना साथी जस्तै नेता प्रचण्डसँग बालुवाटारमा भेट हुँदा उनले केही हुँदैन, सबै ठीक हुन्छ, प्रतिनिधि सभा विघटन हुँदै हुँदैन उहाँ त अर्कै कामले पो जानुभएको हो, आइहाल्नुहुन्छ भनेर निकै आशावादी कुरा गरेको स्रोत बताउँछ। तर त्यसको केही समयपछि उनी कता गायब भए त्यो रहस्यमय रहेको छ ।
संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङ काकाले आफ्ना परिवारका सदस्यहरूलाई भने म कतै हराएको छैन, कुनै चिन्ता नलिनु, नआत्तिनु सबै ठीक हुन्छ, दुईचार दिन गाह्रो भएपनि विस्तारै सबैकुरा लाइनमा आउँछ भन्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । मेरो मोबाइल अफ हुँदैमा अथवा म टेलिभिजन , पत्रिका तथा रेडियोमा नदेखिँदै/नसुनिँदैमा, केही समय नबोल्दैमा हराएको भन्न नमिल्ने तर्क तर्क समेत उनले गर्ने गरेको अस्ति मात्रै उनलाई नजिकबाट देखेका एकजना बटुवाले बताएका थिए। उनका अनुसार आफू हराएको भनेर खोज्नु केबल समयको बर्बादी मात्र भएको र आफूलाई खोज्नुको साटो उत्पादनमूलक काममा लाग्नुपर्ने नेम्वाङ काकाको उपदेश थियो रे !
आफू आफ्नो घनिष्ठ मित्र केपी ओलीसँग रहेको र साथीलाई अप्ठ्यारो पर्दा अरू सबै माया मारेर भएपनि साथीसँग उभिएको र आफ्नो साथीका बारेमा आएका राम्रा-नराम्रा हल्ला घाममा सुकाइदिनुपर्ने भन्दै उनले साथीसँग बसेको मान्छे कहिल्यै हराउन नसक्ने र हराएको नै हो भनेर ठोकुवा गर्न नमिल्ने भनेर वकिलको जस्तै भाष्यमा तर्क गरेका थिए रे ! साथीलाई संकट परेको छ, यस्तो बेलामा म खुशी भएर कसैको समर्थन र विरोधमा प्रतिक्रिया दिनु बडो घातक भएको उनको निचोड छ रे !
यसरी सार्वजनिक रूपमा हराइरहेका नेम्वाङ काका हिजो मात्रै झुलुक्क सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा देखा परेका थिए भन्ने सुनिन्छ। हावाको झोक्का जस्तो झुलुक्क देखा परेका उनले सञ्चारकर्मी र शुभेच्छुक कार्यकर्तासँग अनौपचारिक रूपमा प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले ठीक गरे कि बेठीक त्यसबारे प्रतिक्रिया दिनै मान्दैनन् भन्ने बुझिएको थियो। संसद् विघटन भएको तीन साता हुन लाग्दा पनि संविधान निर्माणको नेतृत्व गरेका संविधान सभा अध्यक्ष नेम्वाङ काका आश्चर्यजनक रूपमा मौन रहँदा, लोकवासीका नजरमा चिरपरिचित अनुहार एकाएक हराउँदा उनको भूमिकालाई लिएर मानिसहरूले अनेक कोणबाट प्रश्न गरिरहेका छन्।
नेम्वाङ काका सामान्य कारणले यसरी हराउने मनुष्य नै हैनन् । २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष भइसकेका उनी २०३३ सालमा राजकाज मुद्दामा जेल परेका मान्छे हुन्। नियम, कानून र संविधान अक्षरश: जानेका र केबल जानेका मात्र हैन पालना समेत गर्ने/गराउने सफल भूमिकामा रहेका उनको संविधान सभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत निकै ठूलो भूमिका छ। यस्तो होनाहार क्षमता भएको मान्छे देशमा संवैधानिक संकट उत्पन्न हुँदा आफ्नो विचार राखेर देशवासीलाई सम्झाउनु पर्ने बेला अचानक हराइरहेका छन् ।
हिजो मात्रै उनको पुरानो भिडियो सार्वजनिक भएको छ। शायद उनी नहराएको भए त्यसरी पुरानो भिडियो सार्वजनिक हुनुपर्ने आवश्यकता नै थिएन ।
काभ्रेको धुलिखेलमा खिचिएको भनिएको त्यो भिडियोमा उनले भनेका छन्- 'प्रधानमन्त्रीलाई रिस उठ्दैमा संसद् विघटन हुँदैन । चुनाव ठ्याक्कै ५ वर्षमा नै हुन्छ ।' नेम्वाङ काकाले उक्त भिडियोमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी हरेक दिन संसद् जाने गरेको स्मरण गर्दै संसदप्रति सरकारको दायित्वबारे पनि स्मरण गराउँदै भनेका छन्- ‘तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी हरेक दिन संसद्मा जानुहुन्थ्यो । उहाँ हरेक दिन संसद्मा पुगेर कुरा सुन्नुहुन्थ्यो। एक डेढघण्टा संसद्मा ढ्यापढ्याप गरेर कांग्रेस सांसद बोल्थे। यो कांग्रेसको आविष्कार हो भन्थे ।’ तर पुरानो भिडियोमा उनले जे बोलेपनि उनलाई नजिकबाट चिन्नेहरू भन्छन्- अहिलेको अवस्थामा नेम्वाङ काकाको आधिकारिक धारणा त्यो हुँदै हैन।
के नेम्वाङ काका हराएको नाटक गरेर तुलसी गिरीको लाइनमा गएकै हुन् त ? वा हराएकै हुन् ? तुलसी गिरी जो पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिपरिषद्को उपाध्यक्ष हुँदै राजाको मतियार बन्दै पटक-पटक सत्ता र शक्तिको स्वाद लिँदै गुमनाम मृत्युवरण गर्न पुगेका थिए। आफ्नो पद पाउन अनि जोगाउन वा शक्तिको नजिक बसिरहन रामबहादुर थापा 'बादल', प्रदिप ज्ञवाली, टोपबहादुर रायमाझीहरूले जे जस्ता कुतर्क गर्दै आइरहेपनि संविधान जानेबुझेका नेम्वाङ काका असंवैधानिक कदमको दोस्रो राधाकृष्ण मैनाली नहुने हो कि ?
नेम्वाङ काका, यदि तपाईं हराएकै हो भने कृपया माइतीघर मण्डलामा उपस्थित हुनुहोला। उहाँलाई देख्नु हुने जो केहीले नजिकको प्रहरी कार्यलय त नभनौं माधव नेपाल वा उनकै जिल्लावासी झलनाथ खनालको घरसम्म पुर्याइदिनुहोला है ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...